अन्तर्राष्टि्रय दबु

सान्डिनिस्टा क्रान्तिको ३५ वर्षपछि आजको निकारागुआ


    निकारागुआले हालसालै मात्र सान्डिनिस्टा क्रान्तिको ३५ औं वार्षिकोत्सव मनायो। सान्डिनिस्टा क्रान्तिले अनास्तासिओ सोमोजाको रक्तपिपासु तानाशाही शासनको दसकौं लामो हत्या र दमनचक्रको अन्त्य गर्‍यो। 
    सोमोजाको तानाशाही शासन अन्त्य गर्न केन्द्रीय अमेरिकी देश निकारागुआका देशभक्तहरूले सान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा आजभन्दा ३५ वर्षअघि एउटा नयाँ युग आरम्भ गरे, जसले निकारागुआका हजारौं छोराछोरीको प्राण अन्त्य गर्ने तानाशाही व्यवस्थालाई समाप्त गर्‍यो।
    त्यही दिनबाट स्वाधिनता र चुस्त सामाजिक एवम् आर्थिक रुपान्तरण आरम्भ भयो। 
    ३५ औं वार्षिकोत्सवसम्म  आइपुग्दा निकारागुआली जनताले आमूल रुपमा रुपान्तरित देश बनाइसके, गत वर्षमात्र निकारागुआ लगातार तीन वर्ष घरेलु आन्तरिक उत्पादनमा ४ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि गर्न सफल देश बनेको छ। निकारागुआको केन्द्रीय बैङ्कका अनुसार उत्पादनमुलक उद्योग, कृषि, व्यापार सेवाका साथै पशुपालन तथा निर्माण क्षेत्रमा प्राप्त सफलताका कारण यो वृद्धि सम्भव भएको हो। साथै शिक्षा, स्वास्थ्य एवम् गरिबी, भोक र बेरोजगारीविरुद्धको सङ्घर्षमा मारेको फड्कोका कारण पनि यो सफलता प्राप्त भएको हो। 
    राष्ट्रपति डानिएल ओर्टेगाले लागू गरेका सामाजिक नीतिहरूले निकारागुआका सबै जनतामा सकारात्मक प्रभाव पारेको छ, विशेषतः गर्भवती महिला, केटाकेटी र ज्येष्ठ नागरिकजस्ता समाजका संवेदनशील जनता ती नीतिबाट प्रभावित छन्। 
    सरकारका दुईवटा कार्यक्रमले गरिबी विरोधी सङ्घर्षमा बलियो टेवा पुर्‍यायो: पहिलो कार्यक्रमले विशेषतः एकल महिलालगायतलाई विनाव्याज ६ लाखसम्म ऋण दिने गरेको छ जसले उनीहरूलाई स–साना व्यापार गर्न मद्दत पुर्‍याएको छ।
    दोस्रो कार्यक्रमको नाम हो– शून्य भोक जसअन्तर्गत गरिब ग्रामीण परिवारलाई खेतीपातीमा सहयोगार्थ घरपालुवा, पशु, बीउ–विजन, कृषि औजार प्रदान गर्ने गरिन्छ। 
    दुवै कार्यक्रममा अतिरिक्त न्युन आय भएको ग्रामीण जनताको जीवन सुधार्न 'छाना योजना' घोषणा गरिएको छ। 
    सन् २००७ देखि २०११ बीच ४ वर्षको अवधिमा जनताको जीवनस्तर वृद्धि गर्न निकारागुआभरि २ लाख ६७ हजार ग्रामीण परिवारलाई घर निर्माण सामग्री प्रदान गरिएको छ। छाना योजनाअन्तर्गत नै आगामी महिना ५० हजार विपन्न ग्रामीण परिवारले सहायता पाउनेछन्।
    साथै सान्डिनिस्टा सरकारले राष्ट्रिय विद्युत् प्रसारण लाइन, पानी तथा ढल निकास प्रणाली विस्तार गर्न अनुसन्धान बढाएको छ। 
    घरका आवश्यकता र समस्याका समाधानतर्फ अघि बढ्दै गर्दा निकारागुआली जनता यतिबेला आफ्नो ध्यान प्रश्ाान्त महासागरलाई क्यारिबियाली सागरसँग जोड्ने प्रमुख अन्तसागर जलमार्ग बनाउनमा केन्द्रित गर्दैछन्। 
    यो जलमार्गले निकारागुआलाई आफ्नो राष्ट्रिय अर्थतन्त्र दोब्बर बनाउन सक्षम बनाउनेछ र सन् २०१९ सम्ममा सो क्षेत्रको सबभन्दा दु्रतगतिमा वृद्धि हुने अर्थतन्त्रको रुपमा स्थापित गर्नेछ। यो जलमार्गले ल्याटिन अमेरिका, क्यारिबियाली क्षेत्र र सम्पूर्ण एसियासँगको दुरीमा उल्लेख्य मात्रामा कटौती गर्नेछ। यदि क्रिस्टोफर कोलम्बस यतिञ्जेल जिउँदै भए निकारागुआको यो अवस्था देखेर ठूलो सन्तोष मान्थे पक्कै !

संरा अमेरिकामा जातिवाद ज्युँदो रहनुको प्रमाण फर्गुसनको ब्राउन हत्याकाण्ड
सच्चा मित्रता
पूँजीवादले बढाउँदैछ इबोलाको खतरा
ब्राजिलः देशको रुपान्तरणलाई निरन्तरता दिन अत्यावश्यक
इभो मोरालेस पुनर्निर्वाचनको मार्गमा
सम्भ्रान्त वर्ग नाफामात्र खोज्दैन, शक्तिको भोको पनि हुन्छ
गाजामा प्यालेस्टाइनी नरसंहार
राष्ट्रपति ओबामा धर्मयुद्धको तयारीमा
अन्तर महासागरीय नहरः निकारागुआ र विश्वका लागि नयाँ मार्ग



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी