अन्तर्राष्टि्रय दबु

अमेरिकी राष्ट्रपति ओबामाको कदमको क्युवाद्वारा स्वागत

हवाना। अमेरिकी राष्ट्रपति बराक ओबामाले क्युवालाई आतङ्क प्रायोजन गर्ने मुलुकको सूचीबाट हटाउन चाल्नुभएको पाइलालाई हवानाले प्रशंसा गरेको छ र यसले दुई मुलुकबीच गत पाँच दशकदेखि चिसिएको सम्बन्ध पुनर्स्थापना गर्नेतर्फ मार्ग खोल्ने अपेक्षा गरिएको छ।  

राष्ट्रपति ओबामाले मङ्गलबार क्युबालाई कालोसूचीबाट हटाउने आफ्नो मनसायको विषयमा संसद कङ्ग्रेसलाई जानकारी दिनुभएको छ। गत वर्षदेखि वासिङ्टनले शीतयुद्धकालीन शत्रु क्युवासँग खुला रूपमा मैत्रीभाव देखाउन थालेको छ। यस विषयमा लामो पुनरावलोकनको प्रक्रिया अगाडि बढेको छ।  

यस विषयमा विरोध गर्न अमेरिकी सांसदहरूसँग अब ४५ दिनको समय छ। संसदले यस विषयमा विरोध नगरे कम्युनिष्ट राज्य क्युवासँग अमेरिकाले कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्ने प्रमुख बाधा हटेको मानिन्छ।  

अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो निर्णयको औचित्य प्रदर्शन गर्न क्युवाको सरकारले गत छ महिनाको अवधिमा कुनै पनि अन्तर्राष्ट्रिय आतङ्कवादलाई समर्थन नदिएको उल्लेख गर्नुभएको छ। अमेरिकी प्रशासनका अधिकारीहरूले हरेक विषयमा सावधानी लिइएको, हरेक विषयलाई ध्यान दिइएको र यसमा कडा प्रक्रिया अगाडि बढाइएको बताएका छन्।  

क्युवाले आफू यस सूचीमा कहिल्यै पर्नुनपर्ने दाबी गरेको छ। क्युवा आफै आतङ्कवादसित निरन्तर लड्दै आएको छ।  

अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युवाली समकक्षी राउल क्यास्ट्रोसँग तीन दिनअगाडि एक घण्टा लामो ऐतिहासिक वार्ता गर्नुभएको थियो। दुई मुलुकका राष्ट्रपतिबीच करिब ५० वर्षको अवधिमा प्रत्यक्ष रूपमा वार्ता भएको थियो। उहाँहरूबीच पानामा आयोजित शिखर बैठकको समयमा उक्त भेट भएको थियो।  

क्युवाले ल्याटिन अमेरिकामा सशस्त्र क्रान्तिलाई समर्थन गरेको भनी अमेरिकाले उसलाई आतङ्क प्रायोजन गर्ने मुलुकको सूचीमा सन् १९८२ मा राखेको थियो। यस मुलुकलाई यस सूचीबाट हटाएपछि अब यस सूचीमा इरान, सुडान तथा सिरिया बाँकी रहनेछन्।  

क्युवा यस सूचीबाट हटे उसले अमेरिकी बैङ्किङ प्रणालीमा पहुँच प्राप्त गर्नेछ। यसैगरि ऊमाथि सहयोग तथा हतियार निर्यात तथा बिक्रीमाथि लागेको प्रतिबन्ध पनि हट्नेछ।  

क्युवाले उक्त निर्णयलाई व्यापक रूपमा स्वागत गरेको छ।  

अमेरिकाले लगाएको अन्य आर्थिक प्रतिबन्ध कायमै रहने भएकाले क्युवाली अधिकारीहरूले भने सावधानी लिएका छन्। क्युवाले अन्य प्रतिबन्धहरू अन्त्य हुनुपर्ने माग दोहोर्‍याएको छ।  

तीन चरणको वार्ता भइसकेपछि हालसम्म नयाँ वार्ताको मिति तय भएको छैन।  

वासिङटनले आफ्ना कूटनीतिज्ञहरू स्वतन्त्र रूपमा यस मुलुकमा भ्रमण गर्न पाउनुपर्ने तथा कुनै अवरोध नभइकन प्रतिपक्षीसँग भेट गर्न पाउनुपर्ने माग गरेको छ।  

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले विश्वका अन्य मुलुकमा झैं क्युवामा पनि दूतावास सञ्चालन हुन पाउनुपर्ने र यो आवश्यकतामा आफूहरू लागिपरेको बताएका छन्।  

क्युवा भने अमेरिकी बैङ्कसँग सम्बन्ध स्थापना गर्ने अन्तिम प्रक्रियामा रहेको अनुमान गरिएको छ।  

रिपब्लिकनहरू भने अमेरिकी राष्ट्रपति ओबामाको क्युवासँगको कूटनीतिक सम्पर्कको विरोधमा देखिएका छन्।  

ह्वाइट हाउसले भनेको छ राष्ट्रपति बराक ओबामाले क्युवालाई आतङ्कवादको प्रायोजक राष्ट्रको सूचीबाट हटाउँदैछन्। 

अमेरिका र क्युवाको सम्बन्ध सुधारका प्रयत्नहरूका माझ उक्त कदम चाल्न लागिएको छ। 

आतङ्कवादको प्रयोग गर्ने संगठनहरूलाई सहयोग पुर्‍याएको भन्दै अमेरिकी विदेश मन्त्रालयले क्युवालाई सन् १९८२ मा पहिलोपटक उक्त सूचीमा राखेको थियो। दुवै देशमा दूतावास खोल्नेबारे वार्ता हुँदै गर्दा आफूलाई सिरिया, इरान र सुडानसँगै सो सूचीमा राखिरहेकोप्रति क्युवाले आपत्ति जनाएको थियो। 

राष्ट्रपति ओबामाले भनेका छन् –''हाम्रो नीतिप्रति अमेरिकाभित्र अधिकांशको समर्थन रहेको छ। त्यस्तै क्युवामा यस नीतिप्रति पूरै समर्थन छ। मलाई लाग्छ मानिसहरूले यो प्रस्ट बुझेका छन् कि यदि पचास वर्षदेखि तिमीले कुनै कार्य गर्दा पनि सफल हुँदैन भने त्यसलाई नयाँ तरिकाबाट गर्नुपर्छ।' 

क्युवालाई आतङ्कवादको सूचीबाट हटाउन लागिएको प्रयत्नको फ्लोरिडा राज्यका सिनेटर तथा रिपब्लिकन पार्टीका तर्फबाट आगामी चुनावमा राष्ट्रपति पदका आकाङ्क्षी मार्को रुबियोले निन्दा गरेका छन्। 

तर ओबामाले कङ्ग्रेसलाई एक पत्र लेख्दै भनेका छन् बितेका ६ महिना यता क्युवाले अन्तर्राष्ट्रिय आतङ्कवादको समर्थन गरेको छैन र भविष्यमा पनि नगर्ने आश्वासन आफूलाई दिएको बताए। 

ओबामाले भनेका छन् क्युवासँगको सम्बन्ध सुधारको नीतिप्रति देशभित्र र बाहिर ठूलो समर्थन छ। उनले भने, 'हाम्रो नीतिप्रति अमेरिकाभित्र अधिकांशको समर्थन रहेको छ, त्यस्तै क्युवामा यस नीतिप्रति पूरै समर्थन छ, मलाई लाग्छ मानिसहरूले यो प्रस्ट बुझेका छन् कि यदि पचास वर्षदेखि तिमीले कुनै कार्य गर्दा पनि सफल हुँदैन भने त्यसलाई नयाँ तरिकाबाट गर्नुपर्छ।” क्युवासँगको सम्बन्ध सुधारको दिशामा आफूले चालेका कदमहरूप्रति अमेरिकाभित्र ठूलो समर्थन रहेको राष्ट्रपति ओबामाले बताएका छन्। 

बीबीसी सम्वाददाता थोमस स्प्यारो भन्छन् ओबामाको सो घोषणापश्चात् अमेरिकाले क्युवालाई सन् १९८२ देखि हेर्दै आएको दृष्टिकोणमा औपचारिक परिवर्तन ल्याउनेछ। सम्वाददाताहरू भन्छन् यसपछिको कदम भनेको दुवै देशमा दूतावासहरू स्थापना गर्ने हुनेछ।   

– एजेन्सी 

विभिन्न देशमा किम इल सुङको योगदानको प्रशंसा
सम्पादकको ध्यान कता छ?
चिनियाँ–भियतनामी सम्बन्ध स्थिर रुपमा अघि बढ्दै
क्युवा–अमेरिका सम्बन्ध सुधारतर्फ
प्रजग कोरियासँग सम्बन्ध सुधार गर्न कोरियाली अमेरिकीहरूको आह्वान
विकासमा केन्द्रित पोआओ एसिया मञ्चको वार्षिक सम्मेलन
अमेरिकी सैन्य टुकडीको परेडविरुद्ध चेक गणतन्त्रका जनताको र्‍याली
चीन, जापान तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच वार्ता
थोमस सङ्काराको हत्याबारे अनुसन्धान थाल्न बुर्किना फासो अदालतको आदेश



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी