अन्तर्राष्टि्रय दबु

संरा अमेरिकी जनतालाई चिठी: भेनेजुयला कुनै खतरा होइन

 निकोलस माडुरो तथा बोलिभारियाली गणतन्त्र भेनेजुयलाको सरकार्
मार्च १७, २०१५
    हामी सिमोन बोलिभारका जनता हौं, हाम्रा जनता शान्तिमा विश्वास गर्छन् र सबै राष्ट्रको उचित आदर गर्छन्।
स्वतन्त्रता र स्वाधिनता:
    दुई शताब्दीभन्दा पहिले हाम्रा पिता पूर्खाले सबै व्यक्तिहरू स्वतन्त्र र कानुनको अन्तर्गत समान छन् भन्ने आधारमा एक गणतन्त्रको स्थापना गर्नुभयो। 
    दक्षिण अमेरिकी जनताले आफ्नो शासक आफै चुन्ने र आफ्नो देशमा आफ्नै कानुन लागू गर्ने अधिकार सुनिश्चित गर्न हाम्रो देशका जनताले अत्यन्त ठूलो बलिदान गरे। हाम्रो संस्थापक पिता सिमोन बोलिभारको विरासत सधैं हामीलाई याद रहन्छ। 
    बोलिभार ती व्यक्तित्व थिए, जसले आफ्नो जीवन बलिदान गरे, ताकि हामीले न्याय र समानताको राष्ट्रलाई अगाडि बढाउन सकौं। 
हामी शान्ति, राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनमा विश्वास गर्छाैं: 
    हामी शान्तिप्रिय जनता हौं। दुई शताब्दी लामो स्वाधिनतापछि हामीले कहिल्यै अर्काे देशमाथि आक्रमण गरेका छैनौं। हाम्रा जनता शान्ति क्षेत्रमा बस्छन्, आम नरसंहारकारी अस्त्रशस्त्रबाट स्वतन्त्र छन् र सबै धर्म अपनाउन स्वतन्त्र छन्। हामी अन्तर्राष्ट्रिय कानुन र सबै देशको सार्वभौमिकतालाई उच्च आदर गर्छाैं।
हामी खुला समाज हौं:
    हामी कामदार वर्गका जनता हौं, हामी आफ्नो परिवारको हेरचार गर्छाैं र हामीकहाँ धार्मिक स्वतन्त्रता छ। विश्वभरिका आप्रवासीहरू हाम्रैमाझ बसेका छन्, उनीहरूको विविधतालाई आदर गरिन्छ। हामीकहाँ प्रेस स्वतन्त्रता छ र सामाजिक सञ्चारमाध्यमको हामीकहाँ उत्साहपूर्ण प्रयोग छ।
हामी अमेरिकी जनताका मित्र हौं:
    हाम्रो जनताको इतिहास हाम्रो स्वाधिनताको लडाइँको सुरुवातदेखि एक आपसमा गाँसिएको छ। एक भेनेजुयाली नायक फ्रान्सिस्को डे मिराण्डा अमेरिकी जनताको स्वाधिनताका लागि अमेरिकी जनताको साथमा रहेर लडेका थिए। हामी हाम्रो देशको विकासका निम्ति स्वतन्त्रता र स्वाधिनता आधारभूत तत्त्व हो भन्ने समानता राख्छौं। 
    हाम्रा दुई देशका जनताबीचको सम्बन्ध सधैं नै शान्तिपूर्ण र आदरपूर्ण रहँदै आएको छ। ऐतिहासिक रुपमा, हामीले राजनीतिक क्षेत्रमा व्यवसायिक सम्बन्ध कायम गरेका छौं। भेनेजुयला सधैं नै अमेरिकी जनताका लागि जिम्मेवार र विश्वासिलो ऊर्जा निर्यातकर्ता रहँदै आएको छ। सन् २००५ देखि भेनेजुयलाले संरा अमेरिकाका कम आयका जनसमुदायका निम्ति हाम्रो सीआइटीजीओ कम्पनीमार्फत अनुदानसहितको सस्तो तेल उपलब्ध गराउँदै आएको छ। यस कार्यक्रमले कठिन अवस्थामा  बाँचिरहेका कम आय भएका लाखौं अमेरिकी जनतालाई बाँच्नका लागि मद्दत पुगेको छ र तिनीहरूलाई राहत पुगेको छ। त्यस्तै आवश्यक भेलामा भेनेजुयाली जनताले अमेरिकी जनतालाई सधैं सहयोग र समर्थन गरेको छ, सिमानापरसम्म कसरी अन्तर्राष्ट्रिय ऐक्यबद्धताले शक्तिशाली मोर्चा निर्माण हुनसक्छ भनी देखाइदिएको छ। 
    विडम्बना, संरा अमेरिकी सरकारको हाम्रो देशलाई त्यसको राष्ट्रिय सुरक्षा र विदेश नीतिका लागि खतरा घोषणा गरेको छ:
    एक अनुचित कदमको रुपमा ओबामा प्रशासनले भेनेजुयलालाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा घोषणा गर्दै 'राष्ट्रिय आपत्' (कार्यकारिणी अध्यादेश–०३–०९–०१५) घोषणा गर्‍यो। संरा अमेरिकी सरकारले हाम्रो देशका जनताविरुद्ध एकपक्षीय र आक्रामक कदम चाल्नु आधारहीन, अन्तर्राष्ट्रिय कानुनअनुसार सार्वभौमिकता र आत्म निर्णयको आधारभूत सिद्धान्तको उल्लङ्घन त्यसलाई ल्याटिन अमेरिकी र क्यारिवियाली राज्यको समुदाय–सेलाकका सबै ३३ सदस्य राष्ट्रले एकमतले अस्वीकार गरिसकेको छ। त्यस्तै दक्षिण अमेरिकी राष्ट्रहरूको सङ्घ–युनासुरका १२ वटै राष्ट्रले विरोध गरिसकेको छ। मार्च १४, २०१५ का दिन जारी आफ्नो विज्ञप्तिमा युनासुरले हाम्रो क्षेत्रको शान्ति, स्थिरता, प्रजातन्त्रलाई सहयोग नपुर्‍याउने द्वेषपूर्ण संरा अमेरिकी कदमप्रति अडिग अस्वीकारलाई दोहोर्‍याएको छ। साथै अमेरिकी राष्ट्रपति ओबामालाई भेनेजुयलाविरुद्धको आफ्नो कार्यकारिणी अध्यादेश फिर्ता लिन आह्वान गरेको छ। 
हामी एकपक्षीयतावाद र हस्तक्षेपवादको विरोध गर्छाैं:
    राष्ट्रपति ओबामाले हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुनै अधिकारविना नै हाम्रो आन्तरिक मामिलालाई बहाना बनाएर भेनेजुयाली अधिकारीहरूविरुद्ध प्रतिबन्धको सेट नै घोषणा गर्‍यो। त्यसले दूरगामी असर पार्ने सम्भाव्यता छ र त्यसले हाम्रो संवैधानिक प्रणाली र हाम्रो न्याय प्रणालीमाथि हस्तक्षेप भएको छ। 
हामी बहुधु्रवीय विश्वको वकालत गर्छाैं:
    हाम्रो विश्वमा अन्तर्राष्ट्रिय कानुनमा आधारित शासन हुनुपर्छ, कुनै देशको आन्तरिक मामिलामा अर्काे देशको हस्तक्षेप हुन नहुने दृढ धारणा राख्छौं। हामी सबै राष्ट्रहरूबीच एक अर्कालाई आदर गर्ने सम्बन्ध नै विश्वमा शान्ति र सह–अस्तित्व कायम गर्ने एउटै बाटो भएको र त्यसले मात्र झन् बढी न्यायपूर्ण विश्व सुनिश्चित गर्नेमा विश्वस्त छौं। 
हामी आफ्नो स्वतन्त्रतालाई सम्मान गर्छाैं र हाम्रो अधिकारलाई अक्षुण्ण रार्ख्छौ:
    हाम्रो देशको इतिहासमा पहिले कहिल्यै नभएझैं संरा अमेरिकी राष्ट्रपतिले अध्यादेशमार्फत भेनेजुयलामा शासन गर्न खोजेका छन्। यो निरङ्कुश र साम्राज्यवादी घोषणा हो र त्यसले संरा अमेरिका र ल्याटिन अमेरिका तथा क्यारिवियाली क्षेत्रको सम्बन्धलाई अँध्यारो दिनहरूमा पछाडि धकेलेको छ। 
    हाम्रो लामो अवधिको मित्रताको नाममा हामी अमेरिकी दाजुभाइ दिदीबहिनीहरूलाई न्याय र स्वतन्त्रताप्रेमीहरूलाई तपाईंहरूको सरकारले चालेको अवैध आक्रामक कदमबारे सचेत पार्दछौं। हामी राष्ट्रपति ओबामाको संवेदनहीन र आधारहीन निर्णयले संरा अमेरिकी जनतासितको हाम्रो मित्रतालाई असर पार्न दिने पक्षमा छैनौं। 
हामी माग गर्दछौं:
    १) संर अमेरिकी सरकारले भेनेजुयाली जनता र प्रजातन्त्रविरुद्धको शत्रुतापूर्ण कदम अविलम्ब बन्द गर्नुपर्छ।
    २) राष्ट्रपति ओबामाले भेनेजुयलालाई 'राष्ट्रिय सुरक्षाको लागि खतरा' मान्ने कार्यकारिणी अध्यादेश अविलम्ब खारेज गर्नुपर्छ। यो दक्षिण अमेरिकी राष्ट्रहरूको सङ्घ–युनासुरको माग पनि हो। 
    ३) संरा अमेरिकी सरकारले हाम्रो देशको कानुन संविधान पालना गरिरहेका अधिकारीहरूविरुद्ध दिएका झूटा आरोप र बद्नामपूर्ण वक्तव्यहरू सच्याउनुपर्छ। 
हाम्रो सार्वभौमसत्ता पवित्र छ:
    संरा अमेरिकाका संस्थापक पिताहरूका सिद्धान्तलाई सिमोन बोलिभारका जनताहरू उत्तिकै सम्मानसाथ अवलम्बन गर्छन्। राष्ट्रिय स्वाधिनताप्रतिको हाम्रो आपसी प्रेमको नाममा हामी राष्ट्रपति ओबामाको सरकारले आफ्नो खतरनाक अध्यादेशबारे पुनर्विचार गरोस् भनी हामी चाहन्छौं। 
    हाम्रो स्वतन्त्रता रक्षाको अधिकार हामीले कहिल्यै त्याग्न नसिकने अधिकार भएकोमा हामी विश्वस्त छौं किनभने हाम्रो देशमा मानवताको भविष्य रहेको छ।         सिमोन बोलिभारले भन्नुभएझैंः'नयाँ विश्वको स्वतन्त्रता ब्रम्हाण्डका लागि नयाँ आशा हो'     
'भेनेजुयला कुनै खतरा होइन बरु आशा हो'
'स्वाधिनता वा शून्य'
'सिमोन बोलिभार अमर रहून्'
    ९ ीभततभच तय तजभ उभयउभि या तजभ ग्लष्तभम क्तबतभकस् ख्भलभशगभबि ष्क लयत ब तजचभबत०
ख्भलभशगभबिबलबथिकष्क।अय्क
प्रस्तुतिः प्रकाश
 
 
 
 
 
 

बार्‍हौं चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको तेस्रो अधिवेशन सम्पन्न
अफगानी महिला शान्तिको पक्षमा छन् तर आफ्नो अधिकारको मूल्यमा होइन
शोषणविरुद्ध बङ्गलादेशका महिला
चीनको रक्षा बजेट वृद्धिले अरु देशमाथि कुनै खतरा छैन: विज्ञ
युक्रेन सङ्कट रुसविरुद्ध पश्चिमा युद्ध
ग्रीसको निर्वाचन सम्बन्धमा
इक्वेडरमा आर्थिक प्रगति
संरा अमेरिकी 'मानव अधिकार' दुष्प्रचारको प्रजग कोरियाद्वारा खण्डन
भेनेजुयलामाथि अन्तर्राष्ट्रिय दक्षिणपन्थी हमला



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी