अन्तर्राष्टि्रय दबु

पिपुल्स डेलीको टिप्पणी चीन जागेको शेर तर तर्साउनेखाले छैन


    बेइजिङ्ग। फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले दुई शताब्दीअघि जतिबेला चीनलाई सुतिरहेको शेर भने त्यतिबेला ती विख्यात विजेतालाई डर थियो जब त्यो शेर जाग्नेछ तिनले विश्वलाई थर्काउने छ। 
    फ्रान्सका ती दिवंगत सम्राट आफ्नो भविष्यवाणीमा केही हदसम्म सही थिए किन कि चीन जागिसकेको शेर हो। तर चिनियाँ राष्ट्रपति सि जिनपिङले अप्रिल २०१४ मा युरोप यात्राको क्रममा घोषणा गर्नु भएबमोजिम उनी (नेपोलियन) उनको त्रासको सन्दर्भमा गलत छन्। 
    एक अर्ब ३० करोड जनसङ्ख्यासहित चीनसित विश्वमा तेस्रो ठूलो अर्थतन्त्र छ। तसर्थ चीनको हरेक कदमले विश्वव्यापी प्रभाव पार्छ। तर विश्वलाई थर्काउनुभन्दा त्यस जागेको शेर विश्वसित एकाकार भइरहेछ र विश्वव्यापी शान्ति र समृद्धिमा आफ्नो उदयीमान आर्थिक शक्तिको माध्यमले योगदान पुर्‍याइरहेको छ। 
     विश्वसित यस एसियाली महाशक्तिको बढ्दो सम्बन्ध उच्च चिनियाँ नेताहरूको पटक पटकको विदेश भ्रमणले पनि सङ्केत गर्छ। यस वर्षको चिनियाँ नेताहरूको व्यस्त कूटनीतिक तालिका राष्ट्रपति सि जिनपिङको सात पटक र प्रधानमन्त्री लि खछयाङ्गको पाँच पटक मुख्य विदेश भ्रमणले पनि पुष्टि गर्छ। 
    मार्च २०१३ मा उहाँहरू शक्तिमा आउनुभएपछि वास्तवमा ती दुई उच्च चिनियाँ नेताहरूले जम्माजम्मी १९ पटक विदेश भ्रमण गर्नुभयो र पाँच महादेशका ५० भन्दा बढी देशहरूमा पुग्नुभयो। 
    चीनको विस्तारित विश्वव्यापी पहुँचसित सम्बन्धलाई परिमार्जित गर्ने, व्यापार विस्तार गर्ने सौहार्द्धता छर्ने, जनतासित जनताको सम्बन्धलाई विकास गर्ने, मजबुत राजनीतिक इच्छाशक्ति र सबभन्दा महत्त्वपूर्ण त विश्वसित सम्बन्ध गाँस्ने चीनको दृढ आकाङ्क्षा प्रतिविम्बित गर्दछ। 
    'चिनियाँ सपना' र 'साझा भाग्यका समुदाय' जस्तो नयाँ अवधारणा अगाडि सारेर चीनले कूटनीतिको क्षेत्रमा नयाँ दर्शन प्रतिपादन गर्दैछ। त्यस्तै 'नयाँ ढङ्गको मुख्य देशहरूको सम्बन्ध' मार्फत नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्दैछ र 'एउटै क्षेत्र र एउटै बाटो' को अवधारणामार्फत चीनले हरेक देशलाई फाइदा हुने नयाँ विश्व निर्माण गर्ने प्रयास गर्दैछ। 
    अरु मुख्य देशहरूसित विशेषगरी संरा अमेरिकासित चीनले उदयीमान शक्तिहरूबीच नयाँ ढङ्गको सम्बन्ध निर्माण गर्ने उद्देश्यले 'शून्य योग खेल' को ऐतिहासिक धारालाई विच्छेद गर्न खोज्दैछ। शून्य योग खेल सिद्धान्तले एउटालाई स्थापित गर्छ र मानवतामाथि नै विपत्ति निम्त्याउँछ। 
    'एउटै क्षेत्र र एउटै बाटो' सिद्धान्त अगाडि सारेर चीनले आफ्नो बृहत निर्माण क्षमता र विकासको एउटै चरणमा रहेका देशहरूको साझा समृद्धिका लागि विदेशी कोषको प्रस्ताव गर्दैछ। 
    यथार्थमा बेइजिङ्गले झन् सक्रिय विश्वव्यापी भूमिका निर्वाह गर्दैछ र अन्तर्राष्ट्रिय मामलामा चीनको भनाइको ठूलो महत्त्व भएको छ। तर, यसको अर्थ यसले पूर्व र पश्चिमबीच शक्ति सङ्घर्ष हुन्छ भन्ने होइन। चीनको नयाँ कूटनीतिक सक्रियताको लक्ष्य शान्ति र विकास रहने छ। 
    एक जिम्मेवार खेलाडीको रुपमा चीनले फाइदाको सन्तुलनको सम्बन्धबारे सही धारणालाई बढावा दिंदै अन्तर्राष्ट्रिय सम्बन्धमा न्यायमा जोड दिइरहेको छ र राम्रो विश्वका लागि व्यक्तिगत फाइदाभन्दा सामूहिक हितलाई प्राथमिकता दिइरहेको छ। राष्ट्रपति सिले हालै भन्नुभएजस्तै जागेको शेर चीन एक शान्तिप्रिय, आनन्ददायी र सभ्य प्राणी हो, जसको कसैलाई धम्क्याउने नियत छैन र कहिल्यै हुने पनि छैन। 
९ऋय्क्कभलतबचथ स् ऋजष्लब ष्यिल बधबपभ दगत लयत कअबचष्लन०
एभयउभिुक म्बष्थि इलष्लिभ
प्रस्तुतिः प्रकाश
 
 
 
 
 

चिनियाँ र अमेरिकी विदेशमन्त्री फोनवार्ता
जापानीहरू रेलमा निदाएको भिडियो बन्यो युट्युवमा भाइरल
पाकिस्तानमा ५ सय जनालाई फाँसी दिइने
युक्रेन: सङ्कटका पछाडि पुटिनलाई उक्साहट
मेक्सिकोको लागूऔषध युद्धः अमेरिकामा निर्मित
अमेरिकी नाकाबन्दी हुँदाहुँदै पनि क्युवाली अर्थतन्त्र प्रगतिमा
मोदी सरकारको महत्त्वाकाङ्क्षी हतियार व्यापार
प्रहरी आतङ्कविरुद्ध फ्रान्सेली जनता
सावधान ! भारतको नयाँ सरकारसित घातक भाइरस–२



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी