अन्तर्राष्टि्रय दबु

ज्योति बसु: एक रक्षक


गुरुप्रित सिंह ९न्गचउतष्त क्ष्लनज०
    जनवरी २०१० को कुरा हो। म मेरो पहिलो कोलकाता भ्रमणमा थिएँ। पहिले कलकत्ता भनेर चिनिने कोलकाता भारतको पश्चिम बङ्गाल राज्यको राजधानी हो। मेरो मातृभूमिको त्यस भागको यात्रा गरिरहँदा त्यहाँ कम्युनिष्ट शासन थियो। म त्यहाँ मुख्यतया बज बज ९द्यगमनभ द्यगमनभ० भन्ने ठाउँ भ्रमणका निम्ति गएको थिएँ, जहाँ कोमागाता मरु नाउँको जहाजका यात्रुहरूलाई सेप्टेम्बर १९१४ मा गोली हानी हत्या गरिएको थियो। 
    तीन सयभन्दा बढी दक्षिण एसियाली यात्रुहरू बोकेको जापानी पानीजहाजलाई क्यानेडाली सरकारले पक्षपातपूर्ण निरन्तर यात्राको कानुनबमोजिम फिर्ता हुन बाध्य गरिएको थियो। उक्त कानुन ब्रिटिश कोलम्बियामा भारतीय आप्रवासीहरूलाई स्थायी बसोबास गर्नबाट रोक्नका लागि निर्माण गरिएको थियो। बज बजमा ब्रिटिश भारतीय प्रहरीसितको जम्काभेटपछि ती यात्रुहरूमाथि गोली हानियो र तीमध्ये धेरै जना मारिए। ती दिवंगत यात्रुहरूको स्मृतिमा एक शिख मन्दिर (गुरुद्वारा)बनाइएको छ र त्यस नगरमा भ्रमण गर्नेहरू त्यहाँ पुगेपछि श्रद्धाञ्जली दिने गर्छन्। 
    त्यहाँका मेरा आफन्त सोहनसिंह भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का एक प्रखर समर्थक हुन् र उनले नै मलाई मन्दिरभित्रको बाटो देखाए। एक प्रतिबद्ध शिखका रुपमा उनी पवित्र पुस्तकका अगाडि गुरुद्वारा भित्र एक क्षणका लागि हात जोडेर उभिएर, आँखा चिम्ले। अर्का एक मानिस धार्मिक शिख गुरु र त्यस गुरुद्वाराका संरक्षकले उक्त स्थानको इतिहासबारे बताए। तिनीहरू भन्छन्, जत्तिखेर ढुवानी व्यवसाय निकै फस्टाएको अवस्था थियो, त्यस नगरमा शिखहरूको ठूलो  आवादी थियो तर उद्योगहरू आर्थिक मन्दीबाट गुजि्रयो शिखहरू पश्चिम बङ्गालका अरु विभिन्न भागमा बसाइ सरे। त्यस राज्यमा शिखहरू ढुवानी व्यवसायका मेरुदण्ड थिए र छन् र मैले भेटेका पञ्जाबबाट बसाइ सरेर आएका शिखहरूका दोस्रो–तेस्रो पुस्ताले निकै शुद्ध बङ्गाली बोल्न सक्थे।
    बडो अनौठो कुरा ती दुवै शिखहरूले कम्युनिष्ट पार्टीलाई दृढ समर्थन गर्थे। कम्युनिष्टहरू अन्य ठाउँमा भने 'धर्मविरोधी' का रुपमा बद्नाम गरिएका हुन्थे। वर्तमान तृणमूल काङ्ग्रेस सरकारले बङ्गाली शिख समुदायको समर्थन पाए पनि  र एक फेटा बाँधेका शिख मन्त्री भए तापनि त्यस प्रान्तका अधिकांश शिखहरू मुख्यतया कम्युनिष्टहरूलाई समर्थन गर्छन्।
    त्यसको कारण स्पष्ट छ। १९८४ को देशव्यापी शिख नरसंहारका क्रममा कम्युनिष्टहरूले त्यहाँ शिखहरूलाई बचाएका थिए। भारतीय काङ्ग्रेस पार्टीका गुण्डाहरूले शिख समुदायलाई तारो बताइरहेको बेला, शिख अङ्रक्षकबाट प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याको बदला लिइरहेको बेला शिखहरूलाई बचाउने कम्युनिष्टहरूमात्र थिए।
    काङ्ग्रेसको शासन भएका अन्य राज्यमा प्रहरीको सहयोगले नै शिखहरू मारिइरहेको अवस्थामा पश्चिम बङ्गालमा भने शिख समुदायले पूर्ण सुरक्षित अनुभूति गरिरहेका थिए। मेरो भ्रमणका क्रममा सबै शिखहरूले त्यसको मुख्य जस मार्क्सवादी कम्युनिष्ट पार्टीका पूर्वमुख्यमन्त्री ज्योति बसुलाई दिएको पाएँ। उनले शिखहरूको जीवन र सम्पतिलाई पूरा सुरक्षा दिएका थिए। 
    बिरामी नेता बसु त्यतिबेला आफ्नो जीवनका लागि लडिरहेका थिए। त्यतिबेला उनको उपचार भइरहेको अस्पतालमा पुग्ने अवसर पाएको थिएँ तर ती वरिष्ठ कम्युनिष्ट नेतालाई कसैले देख्न पाएका थिएनन्। उनी बजबज हत्याकाण्ड भएको वर्ष नै जन्मेका थिए। उनको अन्तिम दिनहरूभन्दा केही वर्ष पहिले नै मैले रेडियोका निम्ति उनीसित फोन अन्तर्वार्ता लिएको थिएँ। 
    उनले आफ्नो शरीर र शरीरका भागहरू मृत्युपछि वैज्ञानिक अनुसन्धानका लागि दान दिने इच्छा व्यक्त गरेका थिए। उनी धार्मिक संस्कारको विरुद्धमा थिए। मैले त्यस विषयमा आफ्नो रेडियो कार्यक्रममा कुराकानी गर्न चाहेको थिएँ। वृद्धावस्थाका कारण फोनमा केही नसुनिने भएका कारण एक अर्काे व्यक्तिमार्फत उहाँलाई मेरो प्रश्न सुनाउनु परेको थियो। त्यसकारण मेरो प्रश्नका केही हरफहरूमा केही अस्पष्टताहरू सिर्जना भएका थिए र उनले दिक्क मानेर केही बेरा कुराकानी नै बन्द गरेका थिए। बसुले आफ्नो संस्मरणमा लेखेका थिए कि जतिखेर इन्दिरा गान्धीको हत्या भयो उनी चेन्नइ नजिक भएको 'भारतयि खानेपानी ढुवानी मजदुर महासङ्घ'को राष्ट्रिय सम्मेलनमा थिए। अर्काे दिन नै उनी हतारिंदै नयाँदिल्लीमा पुगेका थिए र बसु सरकारले पश्चिम बङ्गालमा सेना परिचालनका लागि माग गर्‍यो र उनी कलकत्ता नफर्केसम्म उनको पार्टीका नेता कार्यकर्ताहरूले शिखहरूको रक्षा गर्न ठूलो मेहनत गरेका थिए र एक 'सद्भाव र्‍याली' निकालिसकेका थिए। आफ्नो संस्मरणमा बसुले भारतीय काङ्ग्रेस पार्टीमाथि दङ्गापछिको संसदीय निर्वाचन जित्न जातीय कार्ड प्रयोग गरेको अर्थात् जातीय नारा दिएको आरोप लगाएका छन्। काङ्ग्रेसले शिखहरूमाथि तारो बनाइरहेको बेला कट्टरपन्थी हिन्दू सङ्गठन राष्ट्रिय स्वयम्सेवक सङ्घले काङ्ग्रेसलाई साथ दिएको उनले औंल्याएका छन्। 
    मेरो अस्पताल भ्रमणका क्रममा अर्काे महत्त्वपूर्ण घटना पनि घट्यो। एक चर्चित सिने अभिनेता अमिताभ बच्चन बसुलाई हेर्न आएका थिए। बच्चनका फ्यानहरूले अस्पतालको प्रवेशद्वार घेरेका थिए र आफ्नो सेलफोनमा उनको तस्विर कैद गर्न खोजिरहेका थिए। मैले बच्चनलाई प्रत्यक्ष देखेको त्यो नै पहिलोपटक थियो। उनी बसुलाई हेरेर बाहिर निक्लेपछि भीड उनलाई देखेर होहल्ला गर्दै खुसी भएको थियो। विडम्बनाको कुरा १९८४ को आमनरसंहारपछि भएको निर्वाचनमा बच्चन काङ्ग्रेस पार्टीका विधायकका रुपमा निर्वाचित भएका थिए। एक शिख आमाबाट जन्मेका भएर पनि बच्चनले शिखविरोधी हिंसाविरुद्ध एक शब्द उच्चारण गरेनन्। आक्रोशित युवाको छविले चर्चित बच्चन र काङ्ग्रेसको बहुमत सांसदहरू शिखविरोधी लहरमाथि चढेर नै विजयी भएका थिए। म अच्चम मानें –वास्तविक नायक को हो? सिनेमामा नक्कली लडाइँ लड्ने नायक हो कि जीवनको यथार्थमा समाजको गलत धारविरुद्ध उभिने?
    निश्चय नै वास्तविक नायकलाई त्यतिखेर अस्पतालभित्र औषधोपचार गरिंदै थियो। उनको विरासतले कम्युनिष्टहरूको कडाभन्दा कडा आलोचकहरूको बोली बन्द गरिदिन्छ। एउटा घटनाले यसलाई स्पष्ट पार्छ। कोलकत्तामा एक शिख ड्राइभरले मलाई विभिन्न ठाउँमा पुर्‍याइदिएको थियो। उनको ट्याक्सीमा जर्नेल सिंह भिण्डारावालेको ठूलो स्टिकर फाटो लगाइएको थियो। पञ्जावमा शिखलाई कट्टरपन्थी शिख धर्मगुरु भिण्डारावालेले सशस्त्र संगठन गर्न थालेका थिए र उनका अनुयायीहरूले पञ्जाबमा ३ सयभन्दा बढी कम्युनिष्टहरूको हत्या गरेका थिए। त्यसो भए तापनि ती शिख ड्राइभरले बसुलाई सधैं एक रक्षकका रुपमा सबैले सम्झने ठोकुवा गरे। 
    जुन दिन म कोलकत्ताबाट नयाँ दिल्ली फर्केको थिएँ, त्यही दिन ९६ वर्षको उमेरमा नेता बसुको निधन भएको थियो। उनको निधनको शोक मनाउन पञ्जाब सरकारले त्यसदिन बिदा दियो। बसु एक राजनीतिज्ञ थिए र उनमा पनि केही कमी कमजोरी र विवाद निश्चय नै थिए तर उनले आफूलाई जातिवादविरोधी एक सच्चा रक्षकको रुपमा प्रमाणित गरे। उनले सङ्कटको घडीमा अल्पसङ्ख्यक समुदायको सधैं रक्षा गरे। 
९ब् क्बखष्यगच ऋबििभम व्थयतष् द्यबकग०
एभयउभिुक ख्यष्अभ, ऋबलबमब
 
 
 
 

बुर्किना फासोको सत्ताकब्जामा पेन्टागनबाट तालिमप्राप्त सैनिक अधिकारी
सावधान ! भारतको नयाँ सरकारसित घातक भाइरस–१
चिनियाँ अर्थतन्त्रलाई बुझ्न नयाँ समझदारी आवश्यक
भेनेजुयला स्वैच्छिक निःशस्त्रीकरण योजनामा सकारात्मक परिणाम
ग्वाटेमालाः क्युवाली चिकित्सकहरूद्वारा नयाँ आँखा अस्पतालमा बिरामीको उपचार
उरुग्वे दोस्रो चरणको निर्वाचनमा बृहत् मोर्चाको अग्रता
नवउपनिवेशवादी शासकलाई पदच्युत गर्न सफल बुर्किना फासोको जनआन्दोलन
सिको 'नयाँ सामान्य' सिद्धान्त
अफ्रिकी महादेशमा इबोला र भोकमरी



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी