अन्तर्राष्टि्रय दबु

सोन्गुन र किम जङ्ग इल

    प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष तथा कोरियाली जनसेनाका सर्वोच्च कमाण्डर किम जोङ इलले सन् १९६० अगष्ट २५ का दिन सियोल र्‍यु क्योङ्ग सु १०५ गाईस् ट्याङ्क डिभिजनको निरीक्षण गरी आफ्नो सोन्गुनमा आधारित नेतृत्वको सुरुवात गर्नुभएको थियो।
    त्यतिबेलादेखि उहाँले सोन्गुनको झण्डा फहराउँदै कोरियाली जनता र सेनालाई विजयतर्फ नेतृत्व गर्दै आउनुभएको छ। राष्ट्रपति किम इल सङ्ग (१९१२–१९९४) ले विकास गर्नुभएको सोन्गुनको सिद्धान्तलाई उहाँले अझ अगाडि बढाउनुभयो र त्यसैको आधारमा विश्व राजनीति इतिहासमा अपूर्व किसिमको सोन्गुन राजनीतिको अभ्यास गर्नुभयो।
    अहिले सोन्गुन राजनीति समाजवादको आधारभूत राजनैतिक प्रणालीको रुपमा विकास भएको छ।
    साम्राज्यवादी आक्रमणको खतरा अझ बढिरहेको हालका वर्षहरूमा सोन्गुन राजनैतिक प्रणालीले हामीलाई समाजवादको आजुतर्फ अगाडि बढ्न र राष्ट्रिय स्वतन्त्रता रक्षा गर्न बलियो ढङ्गले साथ दिएको छ।
    किम  जङ्ग इलले कोरियाली जनसेनालाई समाजवादी उद्देश्यको मुख्य शक्तिको रुपमा प्रस्तुत गर्नुभएको छ। जनसेनामा भरपर्दै, सेनाको क्षमतामा उच्चत्तम विकास गर्दै अगाडि बढेको कारण हामी गत शताब्दीका अन्तिम वर्षहरूको अँध्यारो छिचोल्न सफल भयौं र अहिले हामी एउटा शक्तिशाली, समृद्ध र महान् समाजवादी राष्ट्र निर्माणतर्फ लम्किरहेका छौं।
    साम्राज्यवादीहरूले 'समाजवाद अन्त भयो' भनी हल्ला पिटिरहेको समयमा कोरियाली जनताले समाजवादको बाटोमा प्राप्त गरेको विजयको मुख्य कारण हाम्रो सोन्गुन सिद्धान्त हो।
    सोन्गुनमा आधारित नेतृत्वको कारण किम जङ्ग इल कोरिया र कोरियाली जनताको प्रतिष्ठालाई उच्च पार्न सफल हुनुभयो।
    हालका वर्षहरूमा सैनिक शक्ति कमजोर भएकै कारण केही कमजोर देशहरूले आफ्नो सार्वभौमसत्तामा ठूला र शक्तिशाली देशले दख्खल गरेको हामीले देखिरहेका छौं। तर हामी आफ्नो राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानको बलियोसँग रक्षा गर्न सफल भएका छौं। यसको एउटैमात्र कारण कोरियाली जनसेनालाई हरेक पक्षमा सक्षम बनाउने हाम्रो सोन्गुन नीति हो।
    आफूलाई 'शीत युद्धको विजेता' र 'संसारको एउटैमात्र महाशक्ति' दावी गर्ने संरा अमेरिका सामु नझुकी प्रजग कोरियाले राख्दै आएको अडानले प्रजग कोरिया कसैले आक्रमण गर्न आँट नगर्ने अजय शक्ति हो भन्ने प्रमाणित गरेको छ।
    किम जङ इलको सोन्गुन राजनीतिले कोरियाली राष्ट्रको पुनर्एकीकरणको लागि बलियो आधार तयार पारेको छ।
    प्रजग कोरियालाई सैन्य रुपमा शक्तिशाली बनाउने उनको नीतिकै कारण आजसम्म कोरियाली प्रायद्विपमा नयाँ युद्ध सुरु गर्ने संरा अमेरिका र दक्षिण कोरियाको प्रयास असफल हुँदै आएको छ र क्रान्ति र स्थिरता सुनिश्चित गरेको छ।
    कोरियाली प्रायःद्वीपमा शान्ति कायम राख्न सफल भएकोमा दक्षिण कोरियाली जनता पनि सोन्गुन नीतिको प्रशंसा गर्छन्। यसैबीच सन् २००० को जुनमा अन्तर–कोरियाली शिखर बैठक भएको थियो। ५० वर्षको विभाजनको इतिहासमा त्यो आफ्नो प्रकारको पहिलो बैठक थियो। शिखर बैठकले कोरियाली प्रायःद्वीपको पुनर्एकीकरणको निम्ति कोशेढुङ्गा सावित हुने गरी 'जुन १५ को घोषणा' पारित गर्यो। आधा शताब्दीसम्म एक–अर्काको शत्रुको रुपमा रहेका उत्तर र दक्षिण कोरिया 'जुन १५ को घोषणा' सँगै पुनःएकीकरणको युगमा प्रवेश गर्यो र हातमा हात मिलाएर 'हाम्रो आफ्नै राष्ट्रबाट' भन्ने भावनाका साथ एकता र एकीकरणको दिशामा अगाडि बढे। २००७ मा दोस्रो अन्तर कोरियाली शिखर सम्मेलन भयो। उक्त सम्मेलनले 'जुन १५ घोषणापत्र' को कार्यान्वयन पत्रको रुपमा 'अक्टोबर ४ घोषणापत्र' पारित गर्यो। 
    अहिले दक्षिण कोरियाका केही दक्षिणपन्थीहरू समयको बहावको विरुद्धमा उत्तरसँग मुठभेडको दिशामा जान खोज्दैछन्। तर जुन १५ को घोषणापत्रले सुरु गर्रेको पुन:एकीकरणको युगलाई निरन्तरता दिने समग्र राष्ट्रको अभिलाषाले त्यो दुस्साहसलाई मेटाइदिने छ।
    किम जङ्ग इलको सोन्गुन नीतिका कारण आज प्रजग कोरियाको अन्तर्राष्ट्रिय परिचय र स्थान उँचो भएको छ। राष्ट्रिय स्वतन्त्रता, शान्ति र प्रजातान्त्रिक अन्तर्राष्ट्रिय व्यवस्थाको पक्षमा र साम्राज्यवादी र हैकमवादी शक्तिविरुद्ध प्रजग कोरियाले राख्दै आएको अडानलाई विश्व जनमतको समर्थन रहेको छ। प्रजग कोरियासँग सम्बन्ध सुधार्नु अहिले राष्ट्रहरूको  लागि समयको धड्कन पछ्याउनु जस्तै भएको छ। विगतमा वैरभाष राख्ने धेरै पश्चिमेली राष्ट्रहरू अहिले प्रजग कोरियासँग नजिक हुन खोज्दैछन् र कूटनैतिक  सम्बन्ध स्थापना गर्ने दिशामा उन्मुख छन्।
    संसारका प्रगतिशील शक्तिहरूले सोन्गुन राजनीतिको प्रशंसा गरेका छन् र धेरै राष्ट्रका राजनीतिज्ञहरू नवीन किसिमको यो राजनैतिक प्रणालीको उत्सुकताका साथ अध्ययन गरिरहेका छन्।

लिविया युद्धबारे बुझाइहरु – ५
हिरोसिमा दिवस: सम्पूर्ण आणविक अस्त्रहरुमाथि प्रतिबन्ध लगाऊ
नेटो विश्व सुरक्षामाथिको खतरा
लिविया युद्धबारे बुझाइहरु – ४
किभमा भएको मई ९ को प्रदर्शनीबारे मेरो अनुभव




अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी