अन्तर्राष्टि्रय दबु

कोरियाली अर्थतन्त्रको पुनर्संरचना र विकास

प्रजग कोरियाको आर्थिक विकासबारे नेपालमा मात्रै होइन विदेशमा पनि भ्रमहरू छन्। यसकारण प्रजग कोरियाको आर्थिक विकासबारे नेपालसँग तुलना गरेपछि साधारण जनताले सजिलैसित बुझ्ने अनुमान छ। कोरियाली प्रायःद्वीपको क्षेत्रफल झण्डै २,२०,००० वर्ग किलोमिटर छ र टापूहरूको क्षेत्रफलमात्रै ६००० वर्ग किलोमिटर छ। त्यस्तै १९५६ को कोरियाको जनसङ्ख्या ३ करोड २० लाख थियो भने १९७७ मा ५ करोड ३० लाख थियो।
    तर प्रजग कोरियाको क्षेत्रफल १,२०,००० वर्ग किलोमिटर छ भने दक्षिण कोरियाको क्षेत्रफल १ लाख वर्ग किलोमिटर छ। १९७७ मा उत्तरको जनसङ्ख्या पुगनपुग १ करोड ७० लाख थियो। १९९०–९५ तिर प्रजग कोरियाको २ करोड थियो भने ७० प्रतिशत भूमि पहाडी र ३० प्रतिशत भूमि मैदानी वा उर्वर भूमि थियो।
    प्रजग कोरियाको आर्थिक विकासबारे अध्ययन गर्दा १९५०–५३ को संयुक्त राज्य अमेरिकी आक्रमणविरोधी देशभक्तिपूर्ण लडाइँमा एउटा सिङ्गो इँटा र एउटा किल्ला पनि बाँकी रहेको थिएन। सारमा उत्तर कोरिया खरानीको थुप्रो थियो। तर त्यस्तो ध्वस्त देशलाई १९८० सम्ममा अर्थात् २७ वर्षभित्र उद्योगधन्दाको कसरी विकास गर्‍यो भन्नेबारे अध्ययन गर्नु उपयुक्त हुन्छ।
    भनिन्छ– युद्धिपछि प्रजग कोरियामा सबभन्दा पहिले सीसाकलमको कारखाना बनेको थियो। राष्ट्रपति किम इल सङको आर्थिक निर्माण तत्कालीन नीतिको थियो – 'हलुका उद्योग र कृषिको विकास सँगसँगै भारी उद्योगको पुनःस्थापना र विकासमा प्राथमिकता दिनु हो।' कोरियाली मजदुर पार्टीको नीति थियो– भारी उद्योगको निर्माण आफ्नै देशको खँदिलो आधारमा भारी उद्योग निर्माण गर्ने तथा त्यसको निम्ति आफ्नै देशमा अधिकांश कच्चा माल, ऊर्जा, शक्ति, मेसिनहरू र यान्त्रिक औजारहरू उत्पादन गर्न सक्षम बन्नेछ र आफ्नै देशको प्राकृतिक स्रोतहरू र कच्चा मालहरूको स्रोतमा भर पर्नुपर्छ।
    सन् १९७८ मा प्रजग कोरियामा नारा दिइयो–फलाम यन्त्रहरूको राजा हो !' र 'एक यान्त्रिक ज्यावलले यन्त्रको ज्यावलको आन्दोलन चलाऔं।' उत्तर कोरियाको गर्भमा नरम कोइलाको अथाह भण्डार छ। उच्च गुण भएको मिश्रित कोइला ९ब्लतजचबअष्तक० छ तथा अरबौं टन फलामको धाउको खनिज छ। कालो नरम जातको ढुङ्गा वा सीसाकलम बनाउने ढुङ्गा ९न्चबउजष्तभ०, अभ्रख ९ःबनलभकष्तभ०, एक प्रकारको कडा धातु ९तगलनकतभल०, निकेल ९ल्ष्अपभ०ि, तामा, सिसा ९ीभबम०, बाराइट ९द्यबचष्तभ०, चाँदी, सुन आदि खनिजले उत्तर कोरिया सम्पन्न छ।
खनिज उत्पादन
    सन् १९७५ मा प्रजग कोरियाले ५ करोड उत्पादन गर्‍यो भने १९७८ मा ६ करोड टन उत्पादन गर्‍यो। त्यस्तै १९७५ मा फलामे धाउ ७२ लाख टन उत्पादन गर्‍यो भने १९७८ मा ८० लाख टन  उत्पादन गर्‍यो। इस्पातको उत्पादन १९७५ मा ४० लाख टन उत्पादन गर्‍यो भने १९७८ मा ४५ लाख टन उत्पादन गर्‍यो।
यन्त्र उद्योग निर्माण
    सन् १९७८ सम्मका प्रजग कोरियाले ३५,००० यन्त्र बनाउने औजारहरू उत्पादन गर्‍यो। त्यस्तै २५ हजार ट्रकहरू ९ीयचचष्भक०, ५ हजार बुल्डोजरहरू, १००० ठूलो आकारको खन्ने मेसिनहरू ९भ्हअबखबतयचक०, १०० वटा डिजेल र विद्युतीय रेल इन्जिन ९ीयअय्कयतष्खभक० उत्पादन गर्‍यो।
    ५००० मिटर जमिनको गहिराइसम्म प्वाल पार्ने मेसिन, १० क्युविक मिटरको एक्स्क्याभेटरहरू, १०, २५ र ४० टन बोक्ने ट्रकहरू, २० मिटरको किसिम किसिमको ज्यावल बनाउने मेसिन ९ीबतजभक०, २०,००० टनको पानी जहाज तथा धातुसम्बन्धी, रसायनिक र सिमेन्ट उद्येागसम्बन्धी किसिम किसिमका औजारहरू उत्पादन गरियो।
रसायनिक उद्योग
    सन् १९७५ मा प्रजग कोरियाले ३० लाख टन रासायनिक मल उत्पादन गर्‍यो भने १९७८ मा ४० लाख टन उत्पादन गर्‍यो। त्यस्तै १९७८ मा एक लाख टन सिन्थेटिक धागो उत्पादन गरियो।
कपडा उद्योग
    १९४५ मा जापानको कब्जामा रहँदा कोरियाको उत्तरको आधा भागमा १५ हजार धागोको लटाइँको कपडा उत्पादन हुन्थ्यो। त्यसको अर्थ हो– प्रतिकोरियाली जनताको निम्ति १४ सेन्टिमिटर कपडा अर्थात् एक हात जत्तिमात्रै उत्पादन हुन्थ्यो।
    १९८० मा पुग्दा प्रजग कोरियामा ३५० ठूला–साना कपडा कारखाना स्थापना गरियो र कपडा उद्योगमा १० लाख कपडा बुन्ने लटाईं पुग्यो, वर्षमा राष्ट्रिय उत्पादनको हिसाबले प्रतिव्यक्ति ४० मिटर कपडा उत्पादन गरियो। त्यस उत्पादनले सारा जनताको लुगा, पर्दा र तन्नाजस्ता घरेलु आवश्यकताको निम्ति समेत पुग्थ्यो। देशलाई उपभोगभन्दा बढी भएको ठूलो मात्रामा कपडा निर्यात गर्नसमेत प्रजग कोरिया सफल भयो। ती कपडा उत्पादन असाध्य राम्रो प्रकारको मात्र होइन, केही उत्पादन त अत्यन्त उम्दा पनि थियो।
विद्युत् उत्पादन
    १९७५ मा विद्युत उत्पादन २८ अरब किलोवाट ९पधज० उत्पादन प्रजग कोरियाले गर्‍यो भने १९७८ मा ३५ अरब किलोवाट ९पधज० अर्थात् ३५,००० मेगावाट विद्युत उत्पादन गर्‍यो। त्यसबेला देशभरमा विभिन्न क्षमताका १३० वटा विद्युत् उत्पादन केन्द्र थियो। (नेपालको हालसम्मको जम्मा ७५८ मेगावाट उत्पादन रहेको छ।)
    कोइला वा डिजेलले उत्पादन गरेको विद्युत र जलविद्युत् आधा–आधा थियो। देशका सबै नगर, वस्ती र गाउँमा वितरण गरियो। १९६९ मै गाउँमा विद्युतीकरण गरिएको थियो।
यातायात
    १९७८ मा राष्ट्रपति किम इल सुङले 'यातायातमा क्रान्ति ल्याउन २०० दिनको अभियान' चलाउन जनतालाई आह्वान गरेका थिए। त्यस अभियानले अर्को वर्षमा पहिलो वर्षको चालू रेलमार्गभन्दा बढी निर्माण गरियो र सडक यातायात पनि चालूभन्दा बढी निर्माण गरियो। समुद्री र नदी यातायातमा २.३ दोब्बर विकास गरियो।
    देशको अर्थतन्त्रलाई विकास गर्न कच्चा माल, इन्धन र औद्योगिक औजारहरू ढुवानी गर्न सन् १९७७ मै राम्रो बन्दोबस्त गरियो। त्यही समयमा रेलको मार्गलाई विद्युतीकरण गरियो र राजधानी प्योङयाङबाट चोङ्गचिन ९ऋजयलनवष्ल०, मुसान ९ःगकबल०, सिन्युइजु ९क्ष्लगष्वग० सारिउवोन ९क्बचष्धयल० सम्म जोडियो।
    त्यसै अवधिमा ठूलो केन्द्रीय हलुका उद्योगका कारखानाहरू र स्थानीय कच्चा सामानको स्रोतमा आधारित हजारौं स्थानीय माछाको टीनमा बन्द गर्ने र फलफूलको रक्सीको कारखाना बनाइयो। त्यसरी नै दैनिक उपयोगमा आउने रेडियो, टिभी, रेफ्रिजेरेटर, कपडा सिउने मेसिन, लुगा धुने मेसिन, हरेक घरमा पुग्ने गरी आदि ठूलो मात्रामा उत्पादन गरियो। देशको विभिन्न भागमा जुत्ता कारखानाहरू खोलए, छालाका, कृत्रिम छाला र चुन ढुङ्गाको रासायनिक छालाका सामानहरू बनाउने कारखानाहरू पनि स्थापित भए।
कृषि
    प्रजग कोरियाको भूमि मलिलो छ र सो अनुसार सिँचाइ हुने खेतमा धान, मकै, गहुँ, जौ र भटमास आदि राम्रो उत्पादन हुन्छ। १ करोड ८० लाख जनतालाई खुवाउनुपर्ने हुँदा ३००–५०० वर्ग किलोमिटर भएका उपत्यका र घाटीहरूलाई ठूला ठूला सिँचाइ योजना लागू गरियो। यन्त्रीकरणलाई अगाडि बढाइयो, गहिरो जोताइ, नजिक नजिक रोपाइँ, मलको प्रयोगमा वृद्धि आदिले सघन कृषि बन्दोबस्तलाई लागू गरियो।
    चार अंगुलको भूमि पनि बाँझो राखिएन, स–साना गराहरूसमेत खेतीमा परिणत भए, बुल्डोजर र अरु मेसिनहरू प्रयोग गरेर खेतीयोग्य भूमि बढाइयो र ट्रकहरूबाट जैविक र मलिलो माटोले उर्वरयोग्य खेतहरू बनाइयो। त्यसलाई मानिस र प्रकृतिको सङ्घर्ष भनियो र पशुपालन र हाँस–कुखुरा पालनलाई पनि अगाडि बढाइयो।
कृषिसम्बन्धी केही तथ्य तथ्याङ्क
    प्रजग कोरियाको सम्पूर्ण भूमिमा २ करोड हेक्टर अर्थात् १५ प्रतिशत क्षेत्र खेतीमा प्रयोग भएको थियो र २५ लाख जनता त्यसमा संलग्न थिए। १९७५ मा अन्नको उत्पादन ७० लाख टन थियो भने १९७७ मा ८५ लाख टन उत्पादन भयो। त्यसमध्ये ४४ लाख टन धान र ३९ लाख टन मकै थियो। त्यसै वर्ष प्रतिहेक्टर धान ७ टन र मकै ६ टन उत्पादन भएको थियो।
    सन् १९७८ मा प्रजग कोरियाको फलफूल उत्पादन ८ लाख टन थियो र त्यसमध्ये स्याउ र नासपाती अत्यन्त राम्रो र त्यसमध्ये केही विदेशमा निर्यात हुन्थ्यो। आरु, खुर्पानी वा अंजिर, अंगुर, भूइँकाफल, तर्बुजा आदि फलफूल ठूलो मात्रामा उत्पादन हुन्थ्यो।
    १९७३ मा प्रतिहेक्टर खेतीमा ४ वटा ट्रयाक्टर र पहाडी खेतीमा ३ वटा ट्रयाक्टर लगाइन्थ्यो। सन् १९७८ मा कृषि सेवाको निम्ति बाली लागेको खेतको प्रति १०० हेक्टरमा ६ वटा ट्राक्टर बढाइयो र पहाडी खेतीमा ५ वटा ट्रयाक्टर लगाइयो।
    उच्चस्तरीय मेसिनको प्रयोग, सिँचाइको राम्रो बन्दोबस्त अर्थात् दसौंहजार किलोमिटर नहरको निर्माण गरियो। नाइट्रोजन, फोस्फेटिक, पोटाशिक र अन्य रासायनिक मलको प्रयोग सालाखाला प्रतिहेक्टर खेतमा एकटन प्रयोग गरियो। जल, मल, हल र राम्रो बीउविजन अर्थात् वैज्ञानिक खेतीले कृषि उत्पादनमा ठूलो सुधार भयो।
    तेल उत्पादन गर्ने खेती, सूर्ती र अन्य औद्योगिक खेतीमा पनि विकास गरियो। विभिन्न जातका माछा र मत्स्य उद्योगको निम्ति आवश्यक मेसिन र साधन उपलब्ध गराइयो। तीनतिर समुद्र भएको कोरिया प्रायःद्विपको निम्ति मत्स्य उद्योग पनि एक महत्त्वपूर्ण क्षेत्र हो। ठाउँ–ठाउँमा शीत भण्डार र चिस्यानको बन्दोबस्त भएका गाडीहरूको व्यापक बन्दोबस्त गरियो।
विदेश व्यापार
    सन् १९७८ को सरकारी दस्तावेजअनुसार विदेशसँगको आयात र निर्यातमा ५ अरब डलरको कारोबार भएको थियो।
    सन् १९७५ को निर्यातमा ६५ प्रतिशत कच्चा माल र ३५ प्रतिशत तयारी सामान थियो। प्रजग कोरियाको द्रूततर औद्योगिक विकासको प्रवृत्ति विस्तारै तयारी सामान निर्यातमा गयो। मुख्य मुख्य निर्यातमा कोइला, इस्पात, सिमेन्ट, अलौह धातु ९ल्यलभ ाभचचयगक:भतबकि०, मेसिन औजार, उपकरण, विद्युतीय उपकरण, धागोबाट बनेका कपडा, माटाका भाँडाहरू, समुद्री उत्पादन खाद्यान्न, फलफूल र तरकारी थिए।
    मुख्य मुख्य आयातमध्ये एकप्रकारको पत्थर कोइला ९ऋयभि०, तेल, कच्चा रबर, सीसासग मिलाउने पहेंलो रङ्गको धाउ, म्यागनिज, गन्धक, प्लास्टर केही किसिमको यान्त्रिक सामान थिए।
    त्यसबेला प्रजग कोरियाको विदेश व्यापार धेरैजसो समाजवादी देशहरूसँग र खास गरेर सोभियत संघ र चीनसँग थियो। तर पनि जापान, स्वीडेन र अन्य गैरकम्युनिष्ट वा तेस्रो विश्वका मुलुकहरूसँग पनि भयो।
राज्यको आम्दानी र खर्च
    सन् १९७८ को प्रजग कोरियाको राज्यको आम्दानी १५ अरब ६५ करोड ७० लाख कोरियाली मुद्रा वन ९ध्यल० थियो र खर्च १४ अरब ७४ करोड ३० लाख वन थियो। दुई वनको एक अमेरिकी डलर हुन्छ।
    १९६० मा सालाखाला प्रतिवर्ष उत्पादन वृद्धि १८ प्रतिशत थियो भने सात वर्षे योजना ९त्जभ क्भखभल(थभबच(एबिल(ज्ञढटज्ञ(टठ० को औद्योगिक उत्पादन १९७० मा हेर्दा ३.१ गुणा वृद्धि भएको थियो।
    १९७१–७६ को ६ वर्षे योजनाको औद्योगिक उत्पादन वर्षको सालाखाला वृद्धि दर १६ प्रतिशतको थियो भने कूल मूल्य पहिलेको योजनाको भन्दा २.५ गुणा बढी थियो। ६ वर्षे योजनामा उपभोक्ताको सामान उत्पादनमा ध्यान दिइएको थियो। १९७८–८४ को सप्तवर्षीय योजनामा पहिलेको योजनाको तुलनामा औद्योगिक उत्पादनको वृद्धि २.२ गुणा थियो।
    सन् १९८४ को वर्षको विद्युत्को पूर्वअनुमान ५६ देखि ६० अरब किलोवाट ५६००० मेगावाटदेखि ६०,००० मेगावाट थियो र कोइला ७ देखि ८ करोड टन, इस्पात ७४ लाखदेखि ८० लाख टन, रासायनिक मल ५० लाख टन, सिमेन्ट १ करोड २० लाखदेखि १ करोड ३० लाख टन हुने, धागो ८० करोड मिटर, अन्न १ करोड टन, फलफूल १५ लाख उत्पादनको वृद्धि पुगनपुग १२ प्रतिशत अनुमान गरिएको थियो।
–शिक्षिका बुलेटिन वर्ष २, अङ्क ३

क्युवाली युवाद्वारा चेप्रति श्रद्धाञ्जली र पाँच क्युवालीको रिहाइ माग
राष्ट्रिय पुनर्एकीकरणमा किम इल सुङ र किम जोङ इलको योगदानबारे स्मरणपत्र जारी
चिनियाँ विदेशमन्त्री यीद्वारा चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी
६५ वर्षमा चीनको विकास प्रशंसनीय
स्कटेली राष्ट्रवादः कमजोर बनाउँदै श्रमिक वर्गीय आन्दोलन–२
सीआईए एजेन्ट: हामीले युगोस्लाभियामा जातीय विद्वेष फैलाएका हौं
स्कटेली राष्ट्रवादः कमजोर बनाउँदै श्रमिक वर्गीय आन्दोलन–१
देश हितमा प्रस्ट विदेश नीति आवश्यक
स–साना राष्ट्रमाथिको थिचोमिचो अन्त्य हुनुपर्छ



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी