अन्तर्राष्टि्रय दबु

चीन 'विश्वमै नम्बर एक'?

फेङ ग्वाङग्यान ९ाभलन न्गबलनथगबल०
    देशको वास्तविक आर्थिक शक्तिको हिसाब गर्नु एक जटिल कार्य हो। चीनले आफूलाई 'विश्वको नम्बर एक' को उपाधिको पहुँचमा पुर्‍याउन हतार गर्नुभन्दा आफ्ना आर्थिक कमजोरीहरूमा पर्याप्त ध्यान दिनुपर्छ। 
    स्वीडेनको आर्थिक दैनिक समाचारपत्र स्भेन्स्का डागब्लाडेट ९क्खभलकपब म्बथदबिमभत० का अनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न क्रय क्षमताको आधारमा चीनले आफ्ना समकक्षी संरा अमेरिकालाई कूलगार्हस्थ उत्पादनमा झिनो अन्तरले पछाडि पार्ने अनुमान विश्व बैङ्कले गरेको छ। 
     क्रय शक्तिको तथ्याङ्कको आधारमा मात्र चीनलाई 'विश्वको नम्बर एक' स्थानमा राख्नुपर्छ भन्ने भनाइ त्यति चित्तबुझ्दो छैन। चीन अहिले संयमित छ र यस्तो स्थान विभाजनबारे सचेत छ। यो विशेष स्थान विभाजन क्रयशक्तिको तुलनाको हिसाबबाट मात्र हो। यस्तो अनुमानित हिसाबको सिद्धान्तले वास्तविक तथ्याङ्कलाई बढाइचढाइ गर्ने सम्भावना हुन्छ र हिसाबमा नै पनि गलत ढङ्गले व्याख्या गर्ने व्यापक सम्भावना हुन्छ। 
    अर्थशास्त्रीहरूका अनुसार नयाँ चिनियाँ मुद्रा रेनमिन्बीको क्रय शक्तिको बढाइचढाइ गरिएको छ। क्रय शक्तिको आधारमा मात्र चीनको कूलगार्हस्थ उत्पादन (जीडीपी) विश्वकै पहिलो स्थानमा उक्लने कुरा विश्वसनीय छैन। 
    सन् २०१३ मा चीनको प्रतिव्यक्ति आय ९एभच ऋबउष्तब िन्म्ए० ६,६२९ अमेरिकी डलर थियो। जुन १९८० को तुलनामा ३० गुणा बढी हो। तर त्यो अङ्क संरा अमेरिकाको ५१,२०० अमेरिकी डलरको तुलनामा धेरै नै कम हो। अहिलेकै दरमा चीनको आर्थिक वृद्धि रहने हो भन्ने पनि संरा अमेरिकाको हराहारीमा व्यक्तिव्यक्ति आय पुर्‍याउन कम्तीमा अरु ३५ वर्ष लाग्नेछ। त्यसैले चीनको कूलगार्हस्थ उत्पादन (जीडीपी) ले संरा अमेरिकालाई उछिन्ने तर्क वाहियात हो। 
    आर्थिक लगानीको शक्तिका आधारमा पनि चीन अरु देशहरूभन्दा पछाडि नै रहेको छ। अन्वेषणको क्षेत्रमा चीन, संरा अमेरिका, जापान, जर्मनी, संयुक्त अधिराज्य (बेलायत), इजरायल र दक्षिण कोरिया जतिको अत्याधुनिक भइसकेको छैन। चीनले आफ्नो विज्ञान र प्रविधिको  अनुसन्धान र विकासमा ठूलो खर्च बढोत्तरी गरे पनि त्यो लगानी संरा अमेरिकासँगको तुलनामा ६० प्रतिशतमात्र हो। आर्थिक लगानीको आधारमा पनि चीन र संरा अमेरिकाको बीचमा ठूलो  भिन्नता अझै छ। कसैले विश्वको नम्बर एक' उपाधि दिंदैमा चीन आत्म श्लाधामा रमाएर आरामपूर्वक बस्नुपर्ने कुनै कारण छैन। 
ऋजष्लब 'ल्ग्कदभच इलभ ष्ल तजभ ध्यचमि' रु 
एभयउभि'क म्बष्थि यलष्लिभ
इअतयदभच ज्ञण्, द्दण्ज्ञद्ध
 
 
 
 
 
 
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी