अन्तर्राष्टि्रय दबु

विश्वको आर्थिक वृद्धिमा चीनले संरा अमेरिकाले भन्दा बढी योगदान गर्छ

 चाओ तेङ्गफेइ ९श्जबल त्भलनाभष्०
    चीनका उपअर्थमन्त्री झु ग्वाङग्याओ  ९श्जग न्गबलनथबय० ले हालै विश्व अर्थतन्त्रलाई वर्तमान खराब स्थितिबाट उकास्नमा चीन र संरा अमेरिकाले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। यस वर्ष विश्वको आर्थिक वृद्धिमा चीन सबैभन्दा ठूलो योगदानकर्ता रहेको छ। 
    अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का महासचिव लिन जियानहाइका अनुसार १९९० को दसकमा विश्वका उदीयमान अर्थतन्त्रहरूले विश्व आर्थिक वृद्धिमा २५ प्रतिशत योगदान पुर्‍याउँथे, सन् २००० देखि २००७ सम्म तिनीहरूको योगदान क्रमशः बढ्दै आयो, विश्व आर्थिक मन्दीपछि तिनीहरूको योगदान तीन चौथाई हुन पुग्यो। त्यसमध्ये एक चौथाई वृद्धि चीनले मात्र ओगट्दछ। 
    चिनियाँ अन्तर्राष्ट्रिय व्यापार एवं आर्थिक सहयोग प्रतिष्ठानका अनुसन्धानकर्ता मेह युक्सिनले विश्व अर्थतन्त्रमा चीनको योगदानलाई यसप्रकार संश्लेषण गर्नुभएको छ: प्रथमतः चीनले विश्वलाई ठूलो परिणामको सस्तो वस्तुहरू उपलब्ध गराएको छ, विशेषगरी कम आय भएका गरिब देशहरूका लागि। साथसाथै चीनले उच्च गुणस्तर र क्षमताका र बढी मूल्य पर्ने वस्तु पनि उत्पादन गरेको छ र ती वस्तुलाई संरा अमेरिकालगायत आयात गर्ने देशहरूमा ठूलो माग सिर्जना गरी प्रभावशाली स्थान बनाएको छ। 
    द्वितीय, चीन विश्वकै सबभन्दा दोस्रो ठूलो आयात बजार हो र गत एक दसकमा सबैभन्दा तीव्र वृद्धिदर हासिल गरेको देश हो। यसले धेरै व्यापार साझेदारहरूलाई धेरै धेरै निर्यातको अवसर प्रदान गरेको छ। 
    तृतीय, चीनको बढ्दो विदेशमा लगानीले धेरै देशहरूमा लगानी अभावलाई पूर्ति गरेको छ। बितेको दसकमा केही विकासशील देशहरूको आर्थिक वृद्धि झण्डै पूर्णतया चीनसितको व्यापार र प्रत्यक्ष चिनियाँ लगानीमा आधारित थियो। त्यतिबेलाको नीतिगत दबाबका कारण चीनले ठूलो परिणामको लगानी बाहिर पठाउने नीति लिएन, मौद्रिक नीतिलाई सहज बनाएन वा ठूलो घाता व्यहोर्नुपर्‍यो। आर्थिक सुधारको निम्ति बलियो पाइला चालेपछि चीनले सुदृढ र गतिवान आर्थिक विकास हासिल गर्‍यो। 
    विश्व बैङ्ककमा प्रमुख अर्थशास्त्री कोशिक बसु भन्छन् कि चीनले आफ्नो आर्थिक संरचनाहरूमा सुधार गरेसँगै त्यसको प्रभाव देखिन थालेको हो। 
    चीनमा श्रमको मूल्यमा वृद्धिसँगै उत्पादन उद्योगहरूको अनुपात अर्थतन्त्रमा विस्तारै घटन थालेको छ र सेवा उद्योगहरूले ठूलो भाग ओगट्न थालेको छ। यसले चिनियाँ अर्थतन्त्र उपभोक्ता सञ्चालित संरचनातिर अघि बढिरहेको देखाउँछ। 
    'आर्थिक संरचनागत समायोजनसँगसँगै सेवा उद्योगहरूले यस आर्थिक वर्षको आधीसम्ममा आर्थिक वृद्धिमा ४० प्रतिशत योगदान पुर्‍याएको छ र रोजगारी सिर्जनामा मुख्य भूमिका खेलेको छ। अहिले नै चीनले पूरा एक वर्षमा रोजगारी सिर्जना गर्ने भनी राखिएको लक्ष्य आधारभूत रुपमा पूरा भइसकेको छ। स्वस्थ र दिगो आर्थिक विकासँगै ७.५ प्रतिशतको वृद्धिदर हासिल भएको छ। लक्ष्य पूरा गर्नका लागि चीनले दृढतापूर्वक सम्पूर्ण क्षेत्रमा सुधार गरी अघि बढ्न सक्नुपर्छ। 
    अन्तर्राष्ट्रिय मुद्रा कोषले जारी गरेको पछिल्लो विश्व आर्थिक मूल्याङ्कनमा अधिकांश विकसित अर्थतन्त्र भएका देशहरूको वृद्धि अनुमान ऋणात्मक हुने या कम हुने अनुमान गरिएको छ तर चिनियाँ अर्थतन्त्रको वृद्धिदर २०१४ र २०१५ मा ७.४ प्रतिशत र ७.१ प्रतिशत रहने पूर्वअनुमानलाई कायमै राखेको छ। यसले चीनको अर्थतन्त्र सुदृद्ध र दिगो रहेको सङ्केत गर्छ। 
    ९ऋजष्लब ्कबपभक नचभबतभच अयलतचष्दगतष्यल तय नयिदब िभअयलय्कष्अ नचयधतज तजबल ग्क्०
क्यगचअभस् एभयउभिुक म्बष्थि इलष्लिभ
इअतयदभच ज्ञज्ञ, द्दण्ज्ञद्ध
प्रस्तुतिः प्रकाश

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी