अन्तर्राष्टि्रय दबु
|
कर्तव्यको आह्वान फिडेल क्याष्ट्रो ९ाष्मभ िऋबकतचय) पश्चिम अफ्रिकामा फैलिएको महामारी (इबोला) नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अनुरोधप्रति सकारात्मक प्रतिक्रिया दिनमा हाम्रो देश क्युवा एक मिनेट पनि हिच्किचाएन। यस्तो त क्युवाले विना कुनै अपवाद सधैं नै गर्दै आएको छ। अफ्रिका महादेशको त्यस क्षेत्रमा फैलिएको इबोला महामारी नियन्त्रणको लडाइँमा सहयोग गर्न क्युवाली सरकारले यसअघि नै चिकित्साकर्मीहरूलाई अविलम्ब परिचालन गरिसकेको थियो। संयुक्त राष्ट्र सङ्घको अनुरोधलाई यसरी अविलम्ब सम्बोधन गरिएको छ जसरी सहयोगको अन्य अनुरोधहरूलाई पहिले पहिले पनि गर्दैआएको थियो। प्रत्येक सचेत व्यक्तिलाई ज्ञान छ कि त्यस्तो अत्यन्त जोखिमपूर्ण क्षेत्रमा अति दक्ष पेशकर्मीहरू पठाउने राजनीतिक निर्णय पनि कम्ती जोखिमपूर्ण हुँदैन। र त्यस्तो क्षेत्रमा गएर जिम्मेवारी पूरा गर्नु पनि अत्यन्त खतरनाक कार्य हो। यो कार्य सैनिक पठाउनुभन्दा कठिन कार्य हो। सैनिकहरू राजनीतिक उद्देश्यका लागि आफ्नो कर्तव्य पूरा गर्न जान्छन्, लड्छन् र मर्छन्। जीवन बचाउनका लागि महामारीग्रस्त क्षेत्रमा खटिने स्वास्थ्यकर्मीहरूले पनि आफ्नै जीवन गुमाउने जोखिम छ। उनीहरूले पनि ऐक्यबद्धताको धेरै ठूलो उदाहरण मानव जातिको अगाडि प्रस्तुत गरेका छन्। त्यसभन्दा पनि ठूलो कुरा त विना कुनै लोभ र आशा त्यस्तो कार्यमा खट्नु नै हो। उनीहरूका परिवारका सदस्यहरूले पनि त्यस्ता मिशनमा योगदान गरेका छन्, जसले त्यस्तो मिशनलाई सबैभन्दा बढी प्रेम र प्रशंसा गरेका छन्। धेरै धेरै वर्षको सङ्घर्षबाट खारिएको देशले मात्र यस्तो कुरा सजिलै बुझ्नसक्छ। प्रत्येकले बुझेका छन् कि ठूलो योजना र दक्षताका साथ यस्तो कार्य पूरा गरेमा हाम्रा जनता र क्यारिविया र ल्याटिन अमेरिकाका हाम्रा दाजुभाइ दिदीबहिनीहरू सुरक्षित हुनेछन्। उक्त महामारीको विस्तारलाई रोक्न सकिनेछ, जुन महामारी दुर्भाग्यवश यस क्षेत्रमा यसअघि नै भित्रिसकेको छ। संरा अमेरिकाजस्तो विश्वका धेरै देशसित सम्बन्ध र आवतजावत भएको देशमा त यो फैलने झन् ठूलो खतरा छ। त्यस महामारीलाई रोक्ने कार्यमा हामी संरा अमेरिकी अधिकारीहरूसित खुसीसाथ सहयोग गर्न तयार छौं। वर्षाैदेखि जटिल स्थितिमा रहेको हाम्रा दुई देशबीचको सम्बन्धमा शान्तिको खोजीमात्र होइन बरु कुनै पनि राम्रो काममा विश्व शान्तिका निम्ति र प्रयास गर्न सकिने र गर्नुपर्ने कुनै क्षेत्रमा सहकार्य गर्न तयार छौं। अक्टोवर २०, सोमबारका दिन धेरै देशहरूको अनुरोधमा हवानामा एक उच्चस्तरीय बैठक सम्पन्न भयो। उक्त बैठकमा अत्यन्त महत्त्वपूर्ण सरकारी अधिकारीहरू सहभागी थिए र उनीहरूले उक्त महामारी रोकथाम गर्न ठोस उपायहरू लागू गर्नुपर्ने, शीघ्रगतिमा र प्रभावकारी तवरमा त्यसविरुद्ध लडाइँ लड्नुपर्नेमा जोड दिए। क्यारिवियाली र ल्याटिन अमेरिकीहरूले विश्वका जनतालाई उत्प्रेरणा र सङ्घर्षको सन्देश पठाउँदैछन्। कर्तव्यको समय आएको छ। ९म्गतथ अबििक०
बाँकि अन्तर्राष्टि्रय दबु
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|