अन्तर्राष्टि्रय दबु

चिनियाँ अर्थतन्त्रलाई बुझ्न नयाँ समझदारी आवश्यक


    बेइजिङ, नोभेम्बर १४। 'चिनियाँ अर्थतन्त्रले आफ्नो गति उच्चबाट मध्यम तहको वृद्धिमा झारेपछि बढेको निराशालाई रोक्न विश्वले नयाँ समझदारीका साथ चिनियाँ अर्थतन्त्रलाई हेर्न आवश्यक छ।' मिजुहो सेक्युरिटिज्का प्रमुख अर्थशास्त्री शेन जियानक्वाङले शुक्रबार भन्नुभयो। 
    'संरा अमेरिका र युरोपजस्तो विकसित अर्थतन्त्र तथा उदीयमान ब्रिक्स राष्ट्रहरूको तुलनामा चीनको अर्थतन्त्र वृद्धिको हिसाबले अझै चहकिलो केन्द्र नै रहेको छ।' शेनले सिन्ह्वासितको अन्तर्वार्ताका क्रममा भन्नुभयो। 
    'विश्व अर्थतन्त्रमा 'नयाँ सामान्य' कार्यान्वयनको सन्दर्भमा चिनियाँ अर्थतन्त्रले तुलनात्मक रुपले कम जोखिम मोल्दछ। तर विश्वका सबैभन्दा ठूला र उदयीमान अर्थतन्त्रहरूको तुलनामा सबैभन्दा बढी वृद्धिदर चीनसितै छ।' उहाँले भन्नुभयो।
    आधिकारिक तथ्याङकले चिनियाँ अर्थतन्त्र २०१४ को तेस्रो त्रैमासिकसम्ममा ७.३ प्रतिशतमा खुम्चिएको छ, जुन दोस्रो त्रैमासिकमा ७.५ र पहिलो त्रैमासिकमा ७.४ रहेको थियो। 
    यो अल्प अवधिको गिरावट सामना गर्नका लागि चीनले समयानुकूल उपायको प्याकेज नै कार्यान्वयनमा लगिसकेको छ। केही निश्चित बैङ्कहरूको लक्षित रिजर्भ अनुपातको आवश्यकतामा कटौती गरिएको छ। घर किन्नेहरूको कर्जामा थप सहयोग गरिएको छ र त्यसले स्टकमा रहेका आवास (घर) हरू बिक्री भएका छन्। 
    आर्थिक योजनाका लागि चीनको सर्वाेच्च सरकारी निकाय राष्ट्रिय विकास तथा सुधार आयोग ९ल्म्च्ऋ० ले सम्पत्तिको क्षेत्रको लगानी कटौती गरेर अर्थतन्त्रलाई स्थिरता प्रदान गर्न गत महिनाभन्दा अगाडि नै लगानीका अरु परियोजनाहरू स्वीकृत गरिसकेको छ।
    झण्डै ७०० खर्ब युआन (११४ खर्ब अमेरिकी डलर) का २१ वटा लगानी परियोजनाहरू राष्ट्रिय विकास तथा सुधार आयोगले अक्टोवर १६ देखि नोभेम्बर ५ सम्ममा स्वीकृत गरिसकेको छ।
    शेनले आर्थिक वृद्धिदरमा गिरावटविपरीत ई–कमस (विद्युतीय व्यापार) क्षेत्रमा तीव्र वृद्धि हुने बताए। 
    तथ्याङ्कले देखाउँछ कि चीनको ई–कमर्स क्षेत्रको ठूलो कम्पनी अलिबाबाले नोभेम्बर ११ को एकैदिन ५७.१ खर्ब युआनको कारोबार भएको उल्लेख गरेको छ। जुन संरा अमेरिकामा ब्लैक फ्राइडे बिदाको दिन किनमेल हुने रकम बराबर हो। यो २०१३ मा ३६.३ मा ३६.२ खर्ब युआन बराबरको बिक्रीको तुलनामा ठूलो वृद्धि हो। 
    राष्ट्रिय तथ्याङ्क विभागले बिहीबार आर्थिक सूचकहरू आशा गरिएभन्दा कमजोर स्थितिमा पुगेको जनायो। विभागले चिनियाँ अर्थतन्त्र मुक्तितिर फर्केको दबाब देखिएको उल्लेख गर्दै निकट भविष्यमा थप सहज हुनेखाले नीति कार्यान्वयनमा जोड दिएको छ। 
    विभागको तथ्याङ्कअनुसार चीनको औद्योगिक उत्पादन यस वर्षको अक्टोवरसम्ममा ७.७ प्रतिशतले वृद्धि भएको छ, जुन त्यसभन्दा अघि ८ प्रतिशत रहेको थियो। यसैबीच अचल सम्पतिमा लगानी गत दस महिना अवधिमा निरन्तर कम हुँदै गएको छ र निरन्तर पाँचौं महिनाका रुपमा अक्टोवरमा पनि खुद्रा बिक्रीको परिणाममा गिरावट आइरहेको छ।
    'यी उपलब्ध तथ्याङ्कले अन्तिम त्रैमासिकमा लक्ष्यित कूलग्रार्हस्थ उत्पादन र वृद्धिदर हासिल गर्नका लागि ठूलो सङ्घर्ष आवश्यक देखिएको छ।'–शेनले भन्नुभयो। 
    बार्कले कम्पनस्का प्रमुख चिनियाँ अर्थशास्त्री चाङ. जियानले आफूले सामान्यतः ब्याजदरमा कटौती गर्नुपर्ने विचार दुईपटक राखिसकेको बताउँदै त्यसमा आफू कायम रहेको बताउनुभयो। उहाँका अनुसार उक्त व्याजदर कटौती २०१४ को अन्तिम त्रैमासिक र २००५ को पहिलो त्रैमासिकमा लागू गरिनुपर्छ। आगामी चीनको मौद्रिक र वित्तीय नीतिमा थप सहजताको आशा गरिएको छ। 
९ल्भध ्कष्लमकभत लभभमभम तय यदकभचखभ ऋजष्लभकभ भअयलय्कथ०
एभयउभिुक म्बष्थि
प्रस्तुतिः प्रकाश

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी