अन्तर्राष्टि्रय दबु

सावधान ! भारतको नयाँ सरकारसित घातक भाइरस–१

बलदेव पदम ९द्यबमिभख एबमब्क०
    भारतको संविधानअनुसार भारत  धर्मनिरपेक्ष समाजवादी प्रजातान्त्रिक गणतन्त्र हो र त्यस देशका नागरिकहरू जाति, रङ्ग र वर्णको भेदभावविना कानुनका अगाडि सबै समान छन्। तर मई १९१४ मा नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकार बनेपछि भारतको त्यस धर्मनिरपेक्षताको विशेषता सङ्कटमा परेको छ। 
    प्रजातान्त्रिक तवरबाट शासकहरू परिवर्तन हुनुमा कुनै अवस्वाभाविकता छैन तर यसपटक शक्ति हिन्दू कट्टरपन्थीहरूको राजनीतिक संगठन राष्ट्रिय स्वयम्सेवक सङ्घका एक राष्ट्रिय स्वयम्सेवकको हातमा गएको छ। उनको मन्त्र भारतलाई हिन्दू राष्ट्र बनाउनु हो। राष्ट्रिय स्वयम्सेवक  सङ्घका संस्थापकहरूले धर्मनिरपेक्ष राज्यको अवधारणालाई विरोध गरेका थिए र  हिटलरको जातीय शुद्धताको सिद्धान्तको प्रशंसा गरेका थिए। 
    लामो समयसम्म राष्ट्रिय स्वयम्सेवक सङ्घका अध्यक्ष रहेका गुरु गोल्वाल्कर ९न्गचग न्यधिबपिबच० ले आफ्नो पुस्तक 'हामी र हाम्रो राष्ट्रियताको परिभाषा' ९ध्भ बलम यगच ल्बतष्यलजययम म्भाष्लभम–ज्ञढघड० मा लेखेका छन्: जडदेखि नै भिन्नता रहेका जाति र संस्कृतिहरू एउटै सिङ्गोपनमा मिलेर रहन कसरी असम्भव छ भन्ने कुरा जर्मनीले पनि देखाइदिएको छ। त्यो हामी हिन्दुस्तानीहरूले पनि सिक्नैपर्ने पाठ हो र त्यसबाट फाइदा उठाउनुपर्छ।' यही विचारधाराबाट मोदीजस्तै राष्ट्रिय स्वयम्सेवक सङ्घका अनुयायीहरूलाई दिक्षीत पारिएको छ र भाजपालाई भारतका गैरहिन्दूहरूलाई विशेषगरी मुस्लिमहरूलाई तारो बनाउन उक्साइएको छ। तसर्थ खबरदार रहन जरुरी छ।
मोदी किन सफल भए ९ध्जथ ्कयमष् कगअअभभमभम०
    किन धर्म निरपेक्ष भारतले आगामी पाँच वर्षको भाग्य सैद्धान्तिक रुपले धर्म निरपेक्ष राज्यको विरोध गर्ने व्यक्तिको हातमा सुम्प्यो? यसको जवाफ खोज्नैपर्ने गरी टाढा छैन। भारतीय काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारको पालामा भएका जीविका खर्चको निरन्तर वृद्धि, बेरोजगारी, भ्रष्टाचार र जनताको समस्या बुझ्नमा सरकारको वितृष्णाले गर्दा नरेन्द्र मोदीलाई सत्तामा पुर्‍यायो र काङ्ग्रेसलाई बाहिर निकाल्यो। एक चलाख भाजपा राजनीतिज्ञ मोदीले ठूलो पुरानो पार्टी (भारतीय काङ्ग्रेस पार्टी) प्रतिको जनवितृष्णालाई सिपालु तवरले उपयोग गरे। राम्रा दिन (अच्छे दिन) ल्याउने वाचा गरी उनले निर्वाचन जिते।
    मोदीको निर्वाचन प्रचारका क्रममा भारतका गरिबहरूलाई माथि उठाउने आह्वान गरिएको थियो। तर विडम्बना उनको निर्वाचन प्रचार अभियानलाई ठूला ठूला व्यापारिक घरानाले प्रायोजन गरेका थिए र तिनीहरूका छापा र इलेक्ट्रोनिक सञ्चारमाध्यमले समर्थन गरेका थिए। मोदीले राम्रा दिन (अच्छे दिन) को नारा बेच्नुका अतिरिक्त सञ्चारमाध्यमहरूले मोदीको शासनमा गुजरात प्रान्तमा 'विशेष वृद्धि' (विकास) हासिल गरेको खुब प्रचार गरेका थिए। अन्य केही प्रान्तका मुख्यमन्त्रीहरूले मोदीले भन्दा बढी विकास गरेको तथ्य र तथ्याङ्कलाई लुकाएर मोदीको मात्र गुणागान गाएका थिए। भारतका करोडौं गरिब जनताको समर्थन लिन मोदीलाई एक चिया बेच्ने केटाको रुपमा चित्रण गरेका थिए। जो युवक अवस्थामा आफ्नो परिवारलाई आर्थिक रुपले मद्दत गर्न रेल्वे स्टेशनमा चिया बेच्ने गर्दथे रे। सत्य, अर्ध सत्य र झूटमा आधारित सञ्चारमाध्यमहरूको प्रचारको मद्दतले मोदीले भारतीय समाजको सबै क्षेत्रको समर्थन बटुले र भारतको पन्ध्रौं प्रधानमन्त्री बने। 
    अरु पार्टीहरूले अझ भारतको स्वतन्त्रतादेखि नै अधिकांश समय सरकारमा रहेको भारतीय  काङ्ग्रेस पार्टीले पनि मोदीको नाटकीय मानवता प्रदर्शन वा उनका कयौं निर्वाचन–र्‍यालीहरूमा उनको धाराप्रवाह भाषणहरूको जवाफ फर्काउन सकेनन्। 
मोदीले जनतालाई धुव्रीकृत गरे ९ःयमष् एयबिचष्कभम उभयउभि०
    फेरि पनि भारतभित्रै र अन्तर्राष्ट्रिय स्तरमा पनि मोदी विवादास्पद नै छन्। किनभने गुजरातमा २००२ मा भएको हिन्दू मुस्लिम दङ्गा नियन्त्रण गर्न उनको सरकराले गर्नुपर्ने काम गरेको थिएन। त्यस दङ्गामा सयौं पुरुष, महिला र केटाकेटीसमेत मारिएका थिए, मर्नेमध्ये अधिकांश मुस्लिम थिए र हजारौंहजार आफ्ना घरबाट विस्थापित भएका थिए। मोदीका दाहिने हात र उनका तत्कालीन गृहमन्त्री अमित शाहले दङ्गाकारीहरूको समर्थन गरेका थिए। उनका प्रहरीहरू अत्याचारप्रति मूकदर्शक बनेका थिए र आम नरसंहार रोक्न दङ्गामाथि हस्तक्षेप नगरी बसेका थिए। 
    भाजपाले तल्लो सदन लोकसभामा आफ्नो बहुमत सुनिश्चत गर्न भारतको सबैभन्दा बढी जनघनत्व भएको उत्तर प्रदेश प्रान्तमाथि विशेष दृष्टि लगएको थियो। उत्तर प्रदेशबाट सबैभन्दा बढी सङ्ख्यामा विधायकहरू निर्वाचित हुने गर्छन्। निर्वाचन अगाडि भाजपा नेताहरूले गुजरातको मुज्जफरनगर र उत्तर प्रदेशका सहरहरूमा हिन्दू र मुस्लिम समुदायबीच दङ्गाको अवस्था सिर्जना गरेका थिए। त्यसले भारतीय जनतालाई धर्मका नममा धुव्रीकृत गराएका थिए र बहुमत  हिन्दूहरूको मत आफ्नो पक्षमा पारेका थिए। उत्तर प्रदेशमा मुख्यमन्त्री अखिलेश यादवको सरकारले कयौं भाजपा नेताहरूलाई सो अभियोगमा पक्राउ गरी मुद्दा पनि चलाएको थियो। 
    उत्तर प्रदेशमा भाजपाको निर्वाचन प्रचार अभियानको प्रबन्धकका रुपमा अमित शाहले आफ्ना भाषणहरूमा मानिसहरूलाई (हिन्दूहरूलाई मुस्लिमविरुद्ध) बदला लिने र पाठ सिकाउने समय आइसकेको छ भनी बोलेका थिए। उत्तर प्रदेशका लोकसभाको ८० मध्ये ७१ स्थान भाजपाले जित्यो। पछि शाहलाई आधुनिक चाणक्य (चाणक्य–मध्यकालीन भारतका शिक्षक, राणनीतिज्ञ र शाही सल्लाहकार) को रुपमा प्रशंसा गरियो र सत्तारुढ भाजपाको राष्ट्रिय अध्यक्षमा बढुवा गरियो। 
    मोदीको विजयको सन्ध्यामा भारतका वरिष्ठ पत्रकार चर्चित कम्युनिष्ट कुलदीप नायरले लेखेका थिए–'विचाराधारात्मक कारणले नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेको म चाहन्न। देशलाई धुव्रीकृत गर्ने उनको प्रयास राष्ट्रको हितमा छैन।...'
    मोदीको शासनमा एक धर्मनिरपेक्ष राज्यका रुपमा भारतको भविष्य कस्तो होला त्यो सबैले अनुमान गर्न सक्ने कुरा हो। उनी एक प्रतिबद्ध राष्ट्रिय स्वयम्सेवक सङ्घका अनुयायी हुन्। जसको मूलमन्त्र भनेकै भारतलाई हिन्दू राष्ट्र बनाउनु हो। राष्ट्रिय स्वयम्सेवक सङ्घको शाखाको गर्मी र धूलोमै मोदीले परिचय बनाएका थिए। स्वयम्सेवकका रुपमा आबद्ध भएका थिए र त्यसैको दर्शनशास्त्रमा दिक्षीत भएका थिए। 
    गुरु गोल्वाल्करले लेखेका छन्: हिन्दू राष्ट्र बनाउने धारणा स्पष्ट छ। हिन्दुस्तानका गैरहिन्दू मानिसहरूले हिन्दू संस्कृति र भाषा अपनाउनुपर्छ, हिन्दू धर्मका सम्पूर्ण कुरा थाहा पाउनु, सिक्नु र आदर गर्नुपर्छ।... होइन भने तिनीहरू हिन्दुस्तानमा बस्न त सक्छन्, हिन्दू राष्ट्रलाई पूर्णतया समर्थन गरे। तिनीहरूले केही पनि दाबी गर्न पाउने छैनन्। कुनै सुविधा, कुनै विशेषाधिकार या नागरिक अधिकारसम्म पनि अपेक्षा गर्न पाउनेछैन। 
    आफ्नो पुस्तक 'ज्योतिपुञ्ज' मा नरेन्द्र मोदीले गोल्वाल्करले आफूलाई प्रेरित गरेको उल्लेख गरेका छन्। 
    राष्ट्रिय स्वयम्सेवक सङ्घका वर्तमान प्रमुख मोहन भागवतले भनेका छन्: 'हिन्दुस्तानका प्रत्येक नागरिकलाई हिन्दू भनिनुपर्छ। तिनीहरूले मान्ने धर्मको नाममा मुस्लिम, शिख, क्रिश्चियन वा अरु कुनै नाममा परिचय गरिनुहुँदैन।' उनको हिन्दूको यसखाले भद्दा परिभाषाप्रति चौतर्फी आलोचना निम्त्यायो। प्राज्ञहरूले हिन्दुस्तानका नागरिकहरूलाई हिन्दुस्तानी भनिनुपर्ने न कि हिन्दू भन्ने विचार राखे। भारतीय काङ्ग्रेस, समाजवादी पार्टी र भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) लगायत राजनीतिक पार्टीहरूले त्यस अभिव्यक्तिलाई भारतमा हिन्दू बहुमतको फासीवादी शासन लाद्ने योजना हो भने। कतिपयले भागवतलाई हिटलरसँग तुलना गरे। क्रान्तिकारी शिख सङ्गठन दल खाल्साले आफूले राष्ट्रिय स्वयम्सेवक सङ्घलाई पञ्जाबमा त्यस फासीवादी योजना लागू हुन नदिने घोषणा गरे। 
    जीतको उन्मादमा भाजपाका समर्थक गोवाका निगम मन्त्री दीपक धबलिकरले मोदीले आफ्नो शासन कालको अन्त्यसम्ममा भारतलाई हिन्दू राष्ट्र बनाई छाड्ने बताए। अर्का एक मन्त्रीले विदेशी पर्यटकहरूसित भने: गोवाका समुद्र तटमा विकनी लगाउन प्रतिबन्ध लगाइने छ... र युवतीहरूलाई छोटो लुगामा पब्सह (मदिरालय)हरूमा छिर्न प्रतिबन्ध लगाइनुपर्छ किनकि यो गोवाको संस्कृतिविपरीत छ।'
    राष्ट्रिय स्वयम्सेवक सङ्घ आबद्ध विश्व हिन्दू परिषद्का अध्यक्ष अशोक सिङ्घले हालै भने:'अयोध्यामा रहेको बाबरी मस्जिद त गयो, मुस्लिम समुदायले पवित्र सहरहरू वाराणसी र मथुरामा रहेका दुईटा मस्जिदहरू इच्छापूर्वक भत्काउन दिनुपर्छ।' अर्काे शब्दमा मस्जिदलाई ध्वस्त पार्न दिनुपर्छभन्ने हो। 
    यस्तो स्थितिलाई देखेर पत्रकार इन्दर मल्होत्राले इण्डियन एक्सप्रेसमा लेखका छन्,' भारत कहिल्यै हिन्दू पाकिस्तान बन्नुहुँदैन। मोदी भागवत र अरुहरूबाट (हिन्दू कट्टरपन्थीहरूबाट अलग्ग रहनुपर्छ।'
    ९द्यभधबचभ १ क्ष्लमष्बुक लभध चभनष््कभ अबचचष्भक  मभबमथि ख्ष्चगक०
एभयउभिु ख्यष्अभ ९ऋबलबमब०
 
 
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी