अन्तर्राष्टि्रय दबु
|
सावधान ! भारतको नयाँ सरकारसित घातक भाइरस–२ बलदेव पदम ९द्यबमिभख एबमब्क० प्रेम जिहाद (ीयखभ व्ष्जबम) 'प्रेम जिहाद' (ीयखभ व्ष्जबम) शब्दावली राष्ट्रिय स्वयम्सेवक सङ्घका बुद्धिजिवीहरूले हिन्दू महिलाले मुस्लिम पुरुषसित विवाह गर्ने कुराको विरोधमा सिर्जना गरेका हुन्। उनीहरूका अनुसार, हिन्दू महिलाहरूलाई फसाएर विवाह गर्ने र उनीहरूलाई धर्म परिवर्तन गराउने मुस्लिमहरूको रणनीति नै हो। त्यस शब्दावलीलाई साक्षी महाराज र योगी आदित्यनाथजस्ता दिग्गज भाजपा नेताहरूले मुस्लिमविरोधी पार्न प्रयोग गर्ने गरेका छन्। राष्ट्रिय स्वयम्सेवक सङ्घको सोही सरुवा रोग पश्चिम उत्तर प्रदेशमा 'हिन्दू बहन बेटी बचाउ सङ्घर्ष समितिका रुपमा देखिएको। 'लब जिहाद' विरुद्ध स्वयम्सेवकहरूले फोन कलको र फेसबुक सन्देशको जवाफ दिन्छन्, घरघरै जाने अभियान चलाउँछन् र विरोध र्याली गर्छन्। तिनीहरूसित गुगल नक्साहरू, ह्वाट्स एप र वकिलहरूसमेत हुन्छन्। लव जिहादलाई नियन्त्रण गर्न प्रेम गस्ती भएको बताउँछन्। विवेकशील मातापिताहरूले धेरै पहिले नै आफ्ना छोराछोरीहरूको अन्तर धार्मिक विवाह बन्धन स्वीकार गरिसकेका छन्। भारतका पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी (एक हिन्दू ब्राह्मणको र फारसी युवक फिरोज गान्धीसित विवाह भएको थियो। अहिलेको सङ्घीय मानव संशाधन मन्त्री स्मृति इरानी (हिन्दू) को विवाह एक जोराविह्यन जुवान इरानीसित विवाह भएको हो। तर कुनै औंला उठाइएको छैन। त्यसो भए हिन्दू मुस्लिम विवाहमाथि यति धेरै हो हल्ला किन? निश्चय नै काल्पनिक डर तर्क दुई धु्रवमा अलगिएको स्थिति छ। यदि राजनीतिक रुपमा फाइदा हुने देखिए भाजपाका मानिसहरूले मुस्लिमले मुस्लिमसित गरेको विवाहको समेत विरोध गरेका छन्। उदाहरणका लागि भारतकी चर्चित टेनिस खेलाडी सानिया मिर्जाको चर्चित पाकिस्तानी क्रिकेट खेलाडी शोयव मलिकसित भयो। सामियालाई त्यहाँको सरकारले त लाङ्गाना प्रान्तको 'ब्राण्ड एम्वेसाडोर' नियुक्त गरेको थियो। नयाँ सिर्जना गरेको प्रान्त तेलाङ्गानाको राजधानी हैदरावादमा डर्किएकी सानियाले खेलकूदको क्षेत्रमा सहर, प्रान्त र देशकै नाम चम्काउन सफल भइन्। तर विपक्षी भाजपाका प्रदेश नेता के लक्ष्मणले सानिया पाकिस्तानकी बुहारी भएको र तिनले तेलङ्गनाको ब्राण्ड एम्बेसागेर बन्ने योग्यता गुमाइसकेको भन्दै उक्त नियुक्तिको विरोध गरे। मिर्जाले लक्ष्मणको तिनी बाहिरिया भएको भन्ने दाबीप्रति कडा खेद प्रकट गरिन्। अन्तमा ९क्ष्ल तजभ भलम० मोदीले सरकार गठन गरेपछि भारतकी विख्यात लेखिका एवं मानव अधिकारवादी अरुन्धती रोयले भनिन्–'अहिले हाम्रो देशमा प्रजातान्त्रिक तवरले निर्वाचित निरसङ्कुश सरकार छ।' घटना क्रमले शीघ्र समीक्षा गर्दा तिनी सत्यबाट टाढा नरहेको देखिन्छ। मोदी सरकार सर्वाेच्च अदालतका न्यायाधीशहरू नियुक्ति गर्ने विषयमा तुरुन्त नै न्यायपालिकासिट द्वन्द्वमा उत्र्यो र प्रधानमन्त्री तथा उनका मन्त्रीहरूले गरेको भ्रष्टाचारबारे जनताको उजुरीमाथि अनुसन्धान गर्ने आयुक्त नियुक्त गर्ने संवैधानिक समिति बैठकबाट प्रमुख प्रतिपक्ष दलका नेतालाई बाहिर निकाल्यो। देशमा संगठित गुण्डागर्दी पनि देखियो। जहाँ प्रधानमन्त्री मोदीकै उपस्थितिमा भाजपाका कायकर्ताहरूले प्रपतक्ष दल आबद्ध मुख्य मन्त्रीहरूलाई समेत हो हल्ला र ठेलाठेल गरी बाहिर निकाले। हरियाणाका मुख्यमन्त्री भूफिदर सिंह हुदा १९ अगस्टका दिन काइथलमा भएको सरकारी कार्यक्रमबाट निकालिने पहिलो मुख्यमन्त्री हुन्। त्यसपछि महाराष्ट्रका मुख्यमन्त्री पृथ्वीराज चौहानको आयो। उनलाई नागपुरमा प्रधानमन्त्री मोदीसँग संयुक्त रुपमा गर्ने कार्यक्रमबाट अचानक निकालिदिएको थियो। तर झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन संयोगले भाग्यमानी ठहर भए। अगस्ट ८१ का दिन राचीमा प्रम मोदीसँगको संयुक्त कार्यक्रमबाट उनलाई भाजपाका कार्यकर्ताहरूले निकालेनन्। यी घटनाले हामीलाई हिटलरको परलाको जर्मनीको याद ताजा गराउँछ, जहाँ नाजी पार्टीका कार्यकर्ताहरू आफ्ना नेता (हिटलर) का प्रतिपक्षीहरूविरुद्ध जस्तै आक्रमण गर्न स्वतन्त्र थिए। ती घटनाहरूले हजारौं शब्दहरूले भन्दा बढी स्पष्ट रुपमा भाजपाको देशलाई २१ औं शताब्दीको उद्धार विश्वबाट पछाडि धकेल्ने योजनाबारे प्रस्ट पार्छन्। मोदीले वाचा गरेको राम्रा दिन (अच्छे दिन) को उदाहरणका रुपमा ग्यास, पेट्रोलियम दैनिक उपभोग्य वस्तुको र रेलको भाडा वृद्धि भएको छ। संसदमा वार्षिक बजेट पेश हुनु एक दिन अगाडि सरकारलेप ती सबै वस्तुको मूल्यवृद्धि गर्यो। पूर्ववर्ती काङ्ग्रेस पार्टीको सरकारले तयार गरेको बजेटलाई नै केही श्रृङ्गारात्मक परिवर्तन गरेर संसद सामू प्रस्तुत गरियो। भारतको आर्थिक क्षेत्रमा 'द न्युयोर्क टाइम्स अन्तर्राष्ट्रिय साप्ताहिक' ले अगस्ट २३–२८ को अङ्कमा त्यस विषयमा 'मोदी सरकारको धिमा गतिको सुरुवातले जनतालाई निराश बनायो' शीर्षकमा विस्तृत रुपमा लेख्यो। जनताको निराशा मोदी सरकार गठनपछि भएको उपनिर्वाचनको परिणामले स्पष्ट देखायो। उपनिर्वाचनमा गएका ५० सिटमध्ये १८ सिटमा मात्र भाजपा र त्यसको गठबन्धनले जित्यो। उत्तर प्रदेश जसलाई हिन्दूहरूको 'मुटुको भूमि' भनियो, जहाँ भाजपाले लोकसभाका ८० सिरमध्ये ७१ सिट जितेको थियो, उपनिर्वाचन भएका ११ सिटमध्ये ८ वटा त्यहाँको प्रादेशिक सरकार चलाइरहेको पार्टी समाजवादी पार्टी' लाई सुम्प्यो। हुन त समाजवादी पार्टीको मात्र राम्रो छवि/अभिलेख रहको छैन तर जनताले भाजपाभन्दा समाजवादी पार्टीलाई कम दुष्ट सम्झे। आउँदा दिनमा भाजपाले आफैले गरेका कुकार्यका निम्ति मूल्य चुकाउँदै गर्नुपर्ने हुनसक्छ। भारतीय जनताले वर्तमान सरकारबाट त राम्रा दिनको आशा नै गर्न छाडेका छन् र मोदी सरकारको विध्वंसक शासनबाट मुक्तिपछिको राम्रा दिनको आशमा बाँचको छन्। मोदी नेतृत्वको भाजपा सरकार स्वयम् भारतको शान्ति र सौहार्द्धताका निम्ति पहिले कहिल्यै नदेखिएको खताराका रुपमा देखिंदैछ। ९द्यभधबचभ १ क्ष्लमष्बुक लभध चभनष््कभ अबचचष्भक मभबमथि ख्ष्चगक० एभयउभिु ख्यष्अभ ९ऋबलबमब०
बाँकि अन्तर्राष्टि्रय दबु
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|