अन्तर्राष्टि्रय दबु

प्रहरी आतङ्कविरुद्ध फ्रान्सेली जनता

 जी. डन्केल
    फ्रान्सको उत्तरपूर्वी ताउलोजीको ग्रामीण क्षेत्र टार्नमा निर्माण गरिएको एउटा बाँधविरुद्ध गएको अक्टोवर २६ मा भएको विरोध प्रदर्शनीमा फ्रान्सेली प्रहरीको 'आक्रामक ग्रिनेड' आक्रमणमा परी रेमी फ्रान्से मारिए। 'जबसम्म श्वास रहन्छ तबसम्म बाँध बन्न दिइने छैन' नारा बोकेर स्थानीय सङ्घर्ष समूहले थालेको आन्दोलनका एक जना सक्रिय कार्यकर्ता थिए एक्काइस वर्षका फ्रान्से। 
    सो आन्दोलनप्रति फ्रान्सका वाम पार्टी र नयाँ पूँजीवादविरोधी पार्टीलगायत धेरै वामपन्थी समूहहरूले समर्थन गरेका छन्। यी पार्टीहरूले गएको २०१२ को राष्ट्रपति निर्वाचनमा झण्डै १५ प्रतिशत मत हासिल गरेका थिए। फ्रान्सेको हत्या लगत्तै तत्कालै आन्दोलनको डढेलो देशैभरि फैलियो। फ्रान्सेको बलिदानप्रति सम्मान गर्दै फ्रान्सभरिका उच्च माविका विद्यार्थीहरूले प्रदर्शन गरे। उनीहरू प्रहरीले फैलाएको आतङ्कप्रति आक्रोशित थिए। 
    फ्रान्सका प्रहरी काला र अरबी आप्रवासी समुदाय अनि सबै जातिका श्रमिक वर्गका युवाहरूप्रति निर्मम र दमनकारी दुर्व्यवहार गर्ने गर्छन्। आन्दोलनमा नहिंडेका मानिसहरूलाई समेत त्यस्ता दुर्व्यवहार हुने गरेको छ। 
    टार्नको आन्दोलन डबाउन परिचालित दङ्गा नियन्त्रण प्रहरी अर्ध सैनिक दलका सदस्यहरू हुन्। गृहमन्त्रालयअन्तर्गतका उनीहरू सैनिक प्रहरी नै हुन्। उनीहरू हलुका हतियार प्रयोग गर्न तालिम प्राप्त हुन्छन्। टार्नमा परिचालित दस्तासँग रात्रीकालीन दुरविन पनि छन्। 
    फ्रान्सेको हत्यापछि फ्रान्सेली संसदमा केही वाम पार्टीका सांसदहरूले गृहमन्त्री बनार्ड काजेन्युभाको राजीनामा मागे। उनीहरूले 'आक्रामक ग्रिनेड' प्रयोगमा रोक लगाउन र फ्रान्सेको हत्याबारे अनुसन्धान गर्न पनि माग गरे। उनीहरूका आरोपहरू फ्रान्सेली टेलिभिजनमार्फत व्यापक प्रचारप्रसारमा आए।
    वाम पार्टीका नेता जिन–लुक मेलेनचोन, हरियाली पार्टीका नेताहरू, बाँध निर्माणविरुद्ध लागेको एउटा किसान संगठनका नेता जोसे बोभे र एक जना युरोपेली संसदका सदस्यमाथि नकाबधारी मानिसहरूले हमला गरेको विषयमा संसदमा उठेको कुरा थप चर्चाको विषय बन्यो। अक्टोवर २४ र २५ मा बाँध नजिकको टेस्टेट गाउँमा भएको एउटा जुलुसको क्रममा उनीहरूमाथि आक्रमण भएको थियो। 
    गृहमन्त्री काजेन्युभाले तत्काल 'आक्रामक ग्रिडेन' प्रयोगमा रोक लगाएका छन् भने वातावरण तथा आर्थिक विकास मन्त्री सिगोलेने रोयलले बाँध निर्माण अनिश्चिकालका लागि स्थगित गरेका छन्। सो बाँध बनाउँदा जम्मा २० जना किसानमात्र लाभान्वित हुने बुझिएको छ। 
    फ्रान्सेको हत्याजस्ता प्रहरी दमन र दक्षिणी फ्रान्समा सो बाँधलगायत अन्य परियोजनाले पार्ने पर्यावरणीय परिणामप्रति आवाज उठाउँदै ताउलोजे, नाम्तेस, मर्सिलिज र पेरिसमा ठूल्ठूला प्रदर्शनीहरू भए। तीमध्ये केही जुलुसमा प्रहरीले दमन गरे, केहीमा प्रतिबन्ध समेत लगाइयो। (न्युयोर्क टाइम्स, १ नोभेम्बर)
    विशेषतः विद्यालयका विद्यार्थीहरूको सक्रियतामा नोभेम्बरबाट ठूलो सङ्ख्यामा जुलुसहरू भए। ती सङ्घर्षशील विद्यार्थीहरू ज्यादै ऊर्जाशील छन् र प्रहरीसँग भिड्न पछि परेका छैनन्। उनीहरूले आफ्ना गतिविधिका भिडियो र तस्वीरहरू अष्तष्शभलकष्मभ।अय्कराच जस्ता वेभसाइटमा राखेका छन्। पेरिसजस्तो ठूलो शहरदेखि ला रोछेले र निम्सजस्ता स–साना शहरमा भएका ६९ वटा कार्यक्रमका तस्वीर र भिडियो उनीहरूले त्यहाँ राखेका छन्। ती तस्वीरहरूसँगै एउटा लोकप्रिय नारा पनि समावेश छ –'राज्य जनताको हत्यारा हो।'
    नाम्तेसको एउटा भिडियोमा ३ सयदेखि ५ सय जना युवाहरू ४०–५० जना दङ्गा प्रहरीसँग भिडिरहेका थिए। ती दङ्गा प्रहरीहरूसँग लाठ्ठी, ढाल र खुर्सानीको धुलो छर्किने हाते औजार थिए। प्रहरीलाई देखाउँदै 'हत्याराहरू, हत्याराहरू' भन्दै चिच्याइरहेका युवाहरूतर्फ प्रहरीहरू खनिएका थिए। युवाहरूले फोहोर फाल्ने भाडो बजाइरहेका थिए। विस्तारै युवाहरूको सङ्ख्या बढ्दै गयो र प्रहरीसँग भिड्न थाले। उनीहरू विस्तारै तर आरामसँग प्रहरीविरुद्ध लडिरहेका थिए। तीन चार पटक यताउत छरिएका युवाहरू फेरिफेरि एकै ठाउँमा जम्मा भएर अघि बढिरहे। 
    जब आन्दोलन चर्किरहेको थिए, फ्रान्सेली समाचारपत्र लि मोन्डेले फ्रान्सेको हत्याराको विषयमा प्रहरीको भनाइ र यसले पारेका प्रभावबारे वक्तव्य छापिरहेको थियो। सो वक्तव्यअनुसार आन्दोलनप्रति यति निर्मम दमन गर्न स्थानीय तहबाट निर्देशन भएको थिएन तर फेरि कसको आदेशमा यस्तो भयो, भनी प्रश्न उठाइएको छ। 
    प्रहरी आतङ्कविरुद्ध फ्रान्समा उठेको जनआन्दोलनले फ्रान्सेली सरकारमाथि चर्काे दबाब परेको छ। धनको लोभमा वातावरणलाई सखाप पार्न पनि नहिच्किचाउने र दमनको भाषा बोलिरहने फ्रान्सेली सरकारलाई यो आन्दोलनले आछुआछु बनाएको छ।

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी