अन्तर्राष्टि्रय दबु

जापानीहरू रेलमा निदाएको भिडियो बन्यो युट्युवमा भाइरल


    टोकियो, ७ पुस। जापान र जापानीहरूको बारेमा आजसम्म धेरै समाचार र लेखहरू बाहिर आएका छन्। तीमध्ये कुनै अर्थतन्त्र र विकासका बारेमा हुन्छन भने कुनै जापानीहरूको स्वभावको बारेमा हुन्छन्। 
    हाल फेरी जापानीहरूको बारेमा एक यस्तो भिडियो सार्वजनिक भएको छ जसले तपाईलाई हाँस्न बाध्य बनाउने छ।
    जापानको रियल इस्टेटसम्बन्धी वेभसाइट 'होम्स'ले जापानीहरूको स्वभावबारे बनाएको भिडियोमा उनीहरू काम प्रति कित्तको केन्द्रित हुन्छन् भन्ने देखाउन खोजिएको छ। 
    उक्त भिडियोमा उनीहरू धेरै काम गर्ने हुँदा घर फर्किने समयमा रेलभित्र कसरी आराम गर्छन् भन्ने कुरा देखाउन खोजेको छ।
    मेसिन जिन्दगी जिउने जापानी कामदारहरू काम गर्न जाँदा होस् या घर फर्कंदा होस्, प्रायः ट्रेनको झ्यालमा टाउको अड्याएर एकै मिनेट भनेपनि निदाउँछन्। कोही आँखा चिम्लिएको, कसैको टाउको तलमाथि भइरहेको र कसैको मुख उघारै राखेर निदाइरहेको देख्न पाइन्छ।
    राजधानी टोकियोमा 'एफोर्डेबल हाउजिङ' नभएकाले लामो यात्रामार्फत अफिस आउने बाध्यता रहेकाले जापानीहरू यात्रामा कसरी निदाउन बाध्य छन् भन्ने कुरा देखाउन खोजिएको सो भिडियो हाल युट्युवमा भाइरल बनेको छ।
 
 
 
 
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी