अन्तर्राष्टि्रय दबु

प्रजग कोरियाद्वारा साइबर हमला आरोपको खण्डन


    प्योङयाङ (सिन्ह्वा)। प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पटक–पटक विज्ञप्ति जारी गरी अमेरिकी चलचित्र निर्माण कम्पनी सोनी पिक्चर्समाथि साइबर हमला गरेको अमेरिकी आरोपको खण्डन गरेको केसीएनएले जनाएको छ। त्यस फिल्म निर्माण कम्पनीमाथि साइबर हमला गरेको आरोप संरा अमेरिकाले प्रजग कोरियामाथि लगाइरहेको सम्बन्धमा केसीएनएले राखेको प्रश्नमा प्रजग कोरियाको विदेश मन्त्रालयमा प्रवक्ताले यसरी जवाफ दिनुभयो। 
    'ओबामा, केरी र संरा अमेरिकी सरकारका उच्च तहका अधिकारीहरू होहल्ला गर्दैछन्। सोनी पिक्चर्स इन्टरटेन्टमेन्टमाथि भएको साइबर हमलाको कुनै अनुसन्धान नगरी विनाप्रमाण प्रजग कोरियामाथि आरोप लगाइरहेका छन्।'
    'तिनीहरू कुनै ठोस प्रमाणविना ओरोप लगाउँदै त्यसको अनुसन्धान प्रतिवेदनलाई 'सम्वेदनशील सूचना' भन्दै सार्वजनिक गर्नबाट तर्कदैछन्।'
    'कुनै सार्वभौम देशमाथि अपराधको आरोप लगाउन स्पष्ट प्रमाण आवश्यक हुन्छ। विगतमा भएको साइबर आक्रमणहरू पनि प्रजग कोरियासित कति पनि सम्बन्धित थिएनन्। 'समनता' र 'दोहोरिएको' भन्ने शब्दका आधारमा लगाइएको आरोपले कसैलाई विश्वस्त तुल्याउन सक्दैन।'
    'प्रजग कोरियामाथि अपराधको आरोप लगाउने अमेरिकी कदम वाहियात 'अनुसन्धान परिणाम' मा आधारित छ र त्यसले प्रजग कोरियामाथिको त्यसको शत्रुतालाई मात्र छर्लङ्ग पार्छ। संरा अमेरिकी शासक गुट क्रिसमसको दिन प्रजग कोरियाविरोधी चलचित्र प्रदर्शन गर्ने आफ्नो योजना साइबर हमलाका कारण विफल भएकोले त्यसको दोष प्रजग कोरियामाथि लगाउन भरमग्दुर कोसिस गर्दैछ।' 
    'प्रजग कोरियाको सर्वाेच्च नेतृत्वको गरिमामाथि चोट पुर्‍याउने कुनै पनि कार्यलाई हामी क्षमा दिने छैनौं। हामी त्यसको प्रतिकार गर्छांै, प्रजग कोरियाविरोधी कार्यका वास्तविक दोषी र उनीहरूका आधारलाई तारो बनाउँछौं तर सिनेमा हलको निर्दाेष दर्शकमाथि लक्षित आतङ्कवादी हमलाको पक्षमा कदापित छैनौं।' 
    'संरा अमेरिकासित कुनै पनि क्षेत्रमा कुनै खलो पनि लडाईं गर्न प्रजग कोरियाली सेनासित इच्छाशक्ति र क्षमता दुवै छ।'
    सोनी पिक्चर्सले एक कमेडी चलचित्र 'द इन्टरभ्यु' निर्माण गरी प्रजग कोरियाका सर्वाेच्च नेता किम जङ उनको हत्या गर्ने योजना सफल भएको कथा देखाएको थियो।
     यसअघि प्रजग कोरिया राष्ट्रिय प्रतिरक्षा आयोगले पनि आरोपको खण्डन गरेको छ। 'हामीलाई अमेरिकाको कुन ठाउँमा सोनी पिक्चर्स रहेको छ भन्ने ज्ञात पनि छैन। त्यसको के गल्तीका कारण साइबर हमला गरियो भन्ने पनि थाहा छैन। संरा अमेरिका र त्यसका प्रचार माध्यमहरूको प्रजग कोरियामाथिको नयाँ आरोप विगतदेखिकै बदख्वाइँको सिलसिलाकै नयाँ भाग हो।' प्रजग कोरिया राष्ट्रिय प्रतिरक्षा आयोग नीति विभागका प्रवक्ताले बताउनुभयो।
    ती प्रवक्ताले सोनी पिक्चर्सको वेभसाइट ह्याकिङमा प्योङयाङको संलग्नता अस्वीकार गरे पनि त्यो कदम प्रजग कोरियाका समर्थक र सहानुभूति राख्नेहरूको सही कदम भएको बताउनुभयो। किनभने सोनीको कथित चलचित्रले आतङ्कवादलाई प्रश्रय दिन्छ र प्रजग कोरियाको सर्वाेच्च नेताको गरिमामा चोट पुर्‍याउँछ। उहाँले सोनी पिक्चर्सको वेभसाइटमाथि ह्याक गर्ने ह्याकरहरू 'शान्तिका प्रवर्द्धक' भएको बताउनुभयो।
    नाम नखुलाइएका प्रवक्ताले जारी गरेको सो विज्ञप्तिमा साइबर हमलालाई लिएर प्रजग कोरियामाथि अनुसन्धानको लक्ष्य बनाउने संरा अमेरिकी तयारी र दक्षिण कोरियाको आधारहीन आक्षेपको कडा निन्दा गरिएको छ।
    सोनी पिक्चर्स इन्टरटेनमेन्टमाथि गतहप्ता साइबर हमला भएको बताइएको थियो। हमलामा ठूलो परिणाममा तथ्याङ्क र कम्पनीका सुरक्षित भण्डार लगिएको थियो। 
    सोही आरोपमा बदलास्वरुप संरा अमेरिकी सरकारको निर्देशनमा ह्याकरहरूले प्रजग कोरियाको इन्टरनेट सेवा बन्द हुनेखाले साइबर हमला पटक पटक दोहोर्‍याइरहेका छन्।
 
 
 
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी