अन्तर्राष्टि्रय दबु

वाशिङ्टनले आफ्नो ठूलो भूराजनीतिक खेलमा युक्रेनलाई प्यादाको रुपमा प्रयोग गर्‍यो – रुसी राजनीतिज्ञ



    युक्रेनका दक्षिणपूर्वी भागहरूमा भएको द्वन्द्वले संघीयता माग गर्दैछ र किभको नयाँ प्रभुत्वलाई अस्वीकार गर्दछ। युक्रेनका दक्षिणपूर्वी भागहरूमा रुसी भाषीहरूको बहुमत छ।
    केही निश्चित सहरहरूमा स्वघोषित कायम–मुकायम राष्ट्रपति अलेक्ज्याण्डर तुर्चिनोभ ९ब्भिहबलमभच त्गचअजष्लयख० को निर्देशनमा सैन्य आक्रमक आदेशमा नागरिक सैन्य जवानहरूले प्रतिरोध गरिरहेका छन्। अलेक्ज्याण्डर तुर्चिनोभलाई नव–नाजी समूहहरूको समर्थन छ। यिनीहरूले नै जननिर्वाचित संवैधानिक राष्ट्रपति भिक्टर यानुकोभिचलाई फेब्रुअरीमा अपदस्थ गरेका थिए।
    ओडेसा र दोनेत्स्क क्षेत्रहरूमा धेरै नागरिकहरू मारिएका थिए। कोलभिले ९ऋयखिष्ििभ० ले त्यहाँ भएको हिंसात्मक कारबाहीको छिटोभन्दा छिटो र पारदर्शी अनुसन्धान थाल्न अनुरोध गर्‍यो।        त्यसैगरी उसले युक्रेनको दक्षिण पूर्वमा अखडा जमाइ बसेको विद्रोहीहरूले हतियार बिसाउनुपर्ने र सार्वजनिक भवनहरू कब्जा गर्ने काम रोक्नुपर्ने माग गर्‍यो।
    वाशिङ्टनले आफ्नो ठूलो भूराजनीतिक खेलमा युक्रनेलाई प्यादाको रुपमा प्रयोग गरेको कुरा भूतपूर्व परराष्ट्रमन्त्री र अहिले अन्तर्राष्ट्रिय मामला परिषद्का अध्यक्ष इगर इभानोभले 'रोस्सिईसकाया गजेता दैनिक' ९च्यककष्ष्कपबथब न्बशभतब मबष्थि० नामको पत्रिकाको बुधबारको अङ्कमा प्रकाशित एउटा लेखमा प्रस्ट गरे।
    'अमेरिकीहरू किभलाई साँच्चैको मद्दत र यथेष्ट खर्चहरूको भार उठाउन तयार छैनन्–' रुसी परराष्ट्रमन्त्री इभानोभले स्पष्ट बताए। त्यसैगरी उनले भने –'युक्रेन वाशिङ्टनको विषय नभइकन युक्रेनको सङ्कटबाट आफ्ना अनुकूल स्वार्थहरू प्राप्त गर्न सकिने फाइदा हो।'
    इभानोभको भनाइअनुसार, अहिले समसामयिक चरणमा वाशिङ्टनले कम्तिमा तीनओटा कुराहरूको समाधान खोज्दैछ। त्यसमा अप्रत्यक्ष रुपले युक्रेनसँग सम्बन्ध राख्नु थियो। उनले भने, 'पहिलो काम रुससँग सम्बन्ध राख्नु र रुसलाई अन्तर्राष्ट्रिय स्थिति सुदृढ बनाउन नदिनु हो। दोस्रो, अलमलिएको नाटोमा नयाँ जीवनको सञ्चार गर्नु हो र त्यसैबेला युरोपेलीहरूलाई सैन्य खर्चमा अझ उदार बन्न दिनु हो। तेस्रो कुरा, विश्वव्यापी इन्धन बजारमा आफ्नो कब्जा मजबुत बनाई राख्नु र आफ्नो स्वार्थ अनुकूल त्यसलाई पुनः आकार दिन प्रयत्न गर्नु हो।
    रुसी राजनीतिज्ञले जोड दिए, 'एकहप्ताअघि जेनेभामा सुरु भएको सम्झौतालाई निरन्तरता नदिनु घातक हुनेछ। युक्रेन आजभोलि ढिलो वा चाँडो कुनै पनि बेला विस्फोट हुनसक्ने बारुदको थुप्रो भएको कुरो एकदम प्रस्ट छ। विध्वंस नभए तापनि, सबैको लागि यसको परिणाम डरलाग्दो हुनेछ।
    'जेनेभा विज्ञप्ति सूत्रकथन र घोषणात्मक भए तापनि युक्रेन सङ्कटको समाधानमा अन्तर्राष्ट्रिय आपसी सहयोग निर्माण गर्ने आधार भएको छ'– भन्ने कुरामा उनले जोड दिए।
    उनको भनाइमा युक्रेनको सबैभन्दा जरुरी कार्यहरू भन्नाले हिंसा रोक्नु र सङ्कट निवारण गर्नु हो। त्यसदेखिबाहेक सबै सम्भावित परिणामहरूसँगै युक्रेनको आर्थिक र वित्तीय विनाशको आशङ्काबाट रुस, युरोपेली सङ्घ र संरा अमेरिकालाई थाहा हुन दिनैपर्ने र समय खेर नफालिकन अहिलेलाई अति आवश्यक आर्थिक उपायहरूको कामलाई अघि बढाउनुपर्छ र यसो नगरिकन संवैधानिक सुधार वा अन्य राजनैतिक रुपान्तरणका कुराहरू गर्नु अर्थहीन हुन्छन् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ। जेनेभा वार्ताका सहभागीहरूलाई इभानोभले आह्वान गरे – 'युक्रेनमा प्रजातन्त्रलाई कसरी सुनिश्चित गर्ने, पारदर्शी र निष्पक्ष चुनाव अनि राष्ट्रपतीय चुनावसँगै नयाँ संसदको ९ख्भचपजयखलब च्बमब० चुनाव पनि छिटो सहमति गर्नु हो।'
    उनले जोड दिए, 'सबै पक्षहरूले रणनीतिक फाइदा खोज्ने कुरामा मात्र सरोकार नराखिकन युक्रेनको सबैभन्दा संवेदनशील सङ्कटको समाधान गर्न मद्दत पुर्‍याउने कुरामा प्रतिबद्धता हुनुपर्छ।' त्यसो भए तापनि उनले जेनेभा विज्ञप्तिको हस्ताक्षरको मसी सुक्न नपाउँदै संरा अमेरिकाका राष्ट्रपतिले सार्वजनिक रुपमा उक्त विज्ञप्ति पूरा हुने कुरामा शङ्का व्यक्त गरेको कुरा स्मरण गराए। 'यसरी संयुक्त राज्य अमेरिकी राष्ट्रपतिले जानीबुझीकन वा अन्जानमा युक्रेनी सङ्कटको समाधान नचाहने र युक्रेनभित्र र बाहिर तनावलाई अझ चर्काउन इच्छुकहरूको पक्ष लिए' – इभानोभले भने।
ध्बकजष्लनतयल गकभक ग्पचबष्लभ बक उबधल ष्ल ष्तक दष्न नभयउयष्तिष्अब िनब्कभ( च्गककष्बल एयष्तिष्अष्बल 
ल्यचतजकतबच अय्कउबकक,:बथ(व्गलभ द्दण्ज्ञद्ध
उबनभ ज्ञज्ञ
– धु्रवतारा द्वैमासिकबाट
 
 
 
 
 
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी