अन्तर्राष्टि्रय दबु
|
श्रीलङ्काको राष्ट्रपतिमा मैथ्रीपाला सिरिसेना विजयी कोलम्बो। श्रीलङ्कामा बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा त्यहाँका प्रमुख विपक्षी दलका नेता मैथ्रीपाला सिरिसेना विजयी हुनुभयो। निवर्तमान राष्ट्रपति महिन्दा राजापाक्ष सो निर्वाचनमा पराजित हुनुभएको छ। राजापाक्षले आफ्नो पराजय स्वीकार गर्नुभई सिरिसेनालाई बधाईसमेत दिनुभयो। निर्वाचनमा निकै नै कडा प्रतिष्पर्धा भएको थियो। निर्वाचनको परिणाम पनि त्यस्तै आयो। निवर्तमान राष्ट्रपति राजापाक्षको कार्यकालमा त्यहाँ सर्वसत्तावाद चल्न थालेको तथा व्यापक रुपमा भ्रष्टाचार बढेको बताइएको थियो। सोही कारण पनि उहाँको विजयमाथि कयौं विश्लेषकहरूले प्रश्न उठाउँदै आएका थिए। नभन्दै परिणाम पनि त्यस्तै आयो– एकजना विश्लेषकले शुक्रबार बताए। राजापाक्षका प्रेस सल्लाहकार विजयानन्द हार्थले उक्त निर्वाचनको परिणामपछि राजापाक्षले आगामी नेतृत्वलाई सत्ता हस्तान्तरण गरी सहयोग गर्ने सोच बनाएको बताएका थिए। निर्वाचनमा विजय हासिल गरेपछि सिरिसेनाले हतारमा कुनै प्रतिक्रिया दिनुभएन। निर्वाचनमा विजयपछि मात्र उहाँ आफ्नो निवास, देशको पूर्वी सहर पोलोनारुवाबाट कोलम्बो फर्किनुभयो। उहाँले आफू विजयी हुने अपेक्षा कमैमात्र गर्नुभएको उहाँका सहयोगीहरूले बताए। सिरिसेनाले ५२.४९ र राष्ट्रपति राजापाक्षले ४६.२१ प्रतिशत मत प्राप्त गर्नुभयो। यो परिणाम औपचारिक रुपमा शुक्रबार बिहानमात्र घोषणा भएको थियो। यसअघिको सन् २०१० को निर्वाचनमा निवर्तमान राष्ट्रपति राजापाक्षले प्रचण्ड बहुमत प्राप्त गर्नुभएको थियो। उहाँले त्यस समयमा लगभग दुईतिहाइ नै मत हासिल गर्नुभएको थियो। उहाँले सन् २००९ मा त्यहाँ करिब तीन दसकदेखि हिंसा जारी राखेको तामिल टाइगरसँगको लडाइँमा विजय हासिल गरेपछि लोकप्रियता कमाउनुभएको थियो। तर सो हिंसाको अन्त्यका लागि हजारौं तामिलहरू मारिएका थिए। उहाँले पछि देशमा मेलमिलाप नीति ल्याई सबैप्रति न्याय गर्ने बताउनुभएको थियो। तर त्यसो हुन नसकेको श्रीलङ्काली नागरिकहरू बताउँछन्। विश्लेषकहरूले उहाँले यस्तो नीति ल्याउन नसकेको भनी आलोचना गरेका छन्। अहिले उहाँ तेस्रो कार्यकालका लागि निर्वाचन लड्नुभएको भए पनि यो कारण उहाँको हार हुने बताइएको थियो। यस निर्वाचनमा मुख्य उहाँहरूसहित अरु १९ जना उम्मेदवार रहेका थिए। तर बढी प्रतिस्पर्धा निवर्तमान राष्ट्रपति राजापाक्ष र सिरिसेनाकाबीच हुने जनाइएको थियो। विपक्षी नेता सिरिसेनाले आफ्नो निर्वाचनको एजेण्डा सुशासन बनाउनुभएको थियो। उहाँले आफूले निर्वाचन जितेमा देशमा कानुनको शासन र सुशासन कायम गर्ने बताउनुभएको थियो। सन् २००९ मा तामिल टाइगरसँगको लडाइँका क्रममा कम्तीमा पनि ४० हजार तामिल मारिएकोले त्यस बारेमा छानबिन गरी न्याय दिनका लागि न्यायिक परिषद गठन गर्ने प्रतिबद्धता राष्ट्रपति राजापाक्षले व्यक्त गर्नुभएको थियो। तरपछि उहाँले सो परिषद गठन गर्नुभएन। साथै उक्त हत्याको छानबिनका लागि संयुक्त राष्ट्रसंघले अनुसन्धान गर्न खोजेकोमा पनि उहाँले दिनुभएको थिएन। पछिल्लो कार्यकालमा वर्तमान राष्ट्रपति राजापाक्ष विपक्षीहरूप्रति बढी कठोर बनेको र देश एकल हिसाबले चलाएको भन्दै उहाँको बढी आलोचना गर्ने गरिएको थियो। सोही कारण विपक्षी नेता मैथ्रीपालाले कानुनी शासनलाई आफ्नो एजेण्डा बनाएको बताइन्छ। त्यस्तै निवर्तमान राष्ट्रपति राजापाक्ष भने शान्ति, विकास र समृद्धिलाई आफ्नो एजेण्डाका रुपमा अघि सार्नुभएको थियो। नवनिर्वाचित राष्ट्रपति मैथ्रीपाला श्रीलङ्काको मुख्य विपक्षी पार्टी न्यु डेमोक्र्याटिक फ्रन्टका नेता हुनुहुन्छ। सिरिसेनाद्वारा श्रीलङ्काका राष्ट्रपति पदमा सपथग्रहण श्रीलङ्काका राष्ट्रपति पदको रुपमा मैत्रीपाला सिरिसेनाले शुक्रबार सपथग्रहण गर्नुभयो। स्तब्ध पार्ने रुपमा वरिष्ठ शक्तिशाली ति राष्ट्रपति महिन्दा राजापाक्षलाई पराजित हुनुभएको यस निर्वाचनमा भ्रष्टाचार र बढ्दो अधिकार विस्तारका विषय प्रमुख मुद्दाको रुपमा रहेका थिए। राष्ट्रपति सिरिसेनाले आफ्नो मुलुकले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध सुधार्ने बताउनुभयो। राष्ट्रपति सिरिसेनाले आफ्ना नयाँ प्रधानमन्त्री रणिल विक्रमसिङ्गेसँग सपथ ग्रहण गराएपछि कोलम्बोमा पटाका पड्केको सुन्नसकिन्थ्यो। प्रतिपक्षी युनाइटेड नेसनल पार्टीका प्रमुख विक्रमसिङ्गेले जनताले नयाँ राजनीतिक संस्कृति चाहेको बताउँदै कसैले पनि कानुन आफ्नो हातमा लिएको आफूले देख्न नचाहेको बताउनुभयो। पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएको राष्ट्रपति सिरिसेनाले पूर्वराष्ट्रपति राजपाक्षले निष्पक्ष निर्वाचन गराई आफूलाई राष्ट्रपति बन्न दिएकोमा धन्यवाद दिनुभयो। यसैबीच श्रीलङ्काली प्रेसले शनिबार नयाँ राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई समर्थन गर्दै कमै देखिने एकता देखाए। उहाँले यसअघि आमसञ्चारको स्वतन्त्रता पुनर्स्थापना गर्ने र वेबसाइटमा लगाइएको सेन्सर हटाउने वचन दिनुभएको थियो। ''एमआरमाथि एमएसको शानदार विजय'' आइल्यान्ड नामक समाचारपत्रले आफ्नो शीर्षकमा उल्लेख गर्यो। पत्रिकाले सिरिसेनाको निर्वतमान राष्ट्रपति महिन्दा राजापाक्षमाथिको विजयलाई सङ्केत गरेको हो। पत्रिकाले शक्तिको हस्तान्तरण सरल तथा निर्वाचनपछिको समय अनपेक्षित रूपमा शान्तिपूर्ण भएको उल्लेख गर्यो। श्रीलङ्कामा यसअघि निर्वाचन अगाडि, निर्वाचनका समयमा तथा त्यसपछिका समय हिंसात्मक हुने गरेका थिए। सरकारले सञ्चालन गरेको डेली न्युजले सिरिसेनामाथि अपमानजनक अभियानको नेतृत्व गरेको थियो। यस पत्रिकाले पनि नयाँ राष्ट्रपतिको प्रशंसा गरेको छ भने पराजित राजपक्षको सानो फोटो अघिल्लो पानाको तल्लो भागमा छापेको छ। एकदिन अगाडि मात्र डेली न्युजले सिरिसेनाको विजय विभिन्न अभिरुचि समूहको कल्पनामात्र देखिने दाबी गरेको थियो। सरकारले सञ्चालन गरेको सिंहाली भाषाको दिनामिनाले पनि सिरिसेनाको विजय शानदार भएको उल्लेख गर्यो। सिरिसेनाका नयाँ प्रधानमन्त्री रणिल विक्रमसिङ्गेले पत्रकार आफूले चाहेको कुरा त्रास नलिई र अपहरणमा नपरि प्रकाशन गर्न स्वतन्त्र भएको बताउनुभयो। उहाँले पूर्व सरकारको इन्टरनेटमा सेन्सर गर्ने कार्यक्रम पनि हटाइने बताउनुभयो। सिंहालिज लकबिमाले पूर्व राष्ट्रपति राजापाक्षले आफ्नो औपचारिक निवासबाट शुक्रबार नै फिर्ता जाने कार्यको प्रशंसा गर्यो। यसले शान्तिपूर्ण सङ्क्रमणको बाटो खुला गरेको लेख्यो। पत्रिकाले राजापाक्षले पदत्याग गर्नु नयाँ राजनीतिक संस्कृतिको राम्रो आरम्भ भएको उल्लेख गर्यो। पत्रिकाले सिरिसेना तथा उहाँको परिवारको चित्र प्रथम पृष्ठमा छाप्यो। निजी क्षेत्रबाट प्रकाशन हुने डेली मिररले सिरिसेनाको निर्वाचन अभियानमा समर्थन गरेको थियो। उसले नयाँ राष्ट्रपतिले आफ्नो वचन राख्नुहुने अपेक्षा गरेको छ। पत्रिकाले राष्ट्रपति सिरिसेनाले आफ्नो बचन राखेमा र वचन दिने काम मात्र नगरेमा ठूलो उचाइमा पुग्ने उल्लेख गर्यो। अङ्ग्रेजी भाषाको आइल्यान्डले सिरिसेनाले आफ्ना समर्थकलाई पराजितमाथि हानी गर्ने कार्य नगर्न आग्रह गर्नुभएको र यो उहाँको उदारता रहेको उल्लेख गर्यो। स्रोत– विभिन्न सञ्चारमाध्यम
बाँकि अन्तर्राष्टि्रय दबु
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|