अन्तर्राष्टि्रय दबु

'द नर्थस्टार कम्पास' को सम्पादकीय लेख वाशिङ्गटन किन रुससँग युद्धको खतरा मोल्दैछ?

 क्याटि्रना भानडेन हेउभेल र स्टेफेन एफ् कोहेन 
जुलाई ३१, २०१४
राष्ट्र ९त्जभ लबतष्यल०
    ओबामा प्रशासनको समर्थनमा डोनबासमाथि ९त्जभ म्यलदबकक० किभको कब्जाबाट पहिले नै थाहा भइसकेको थियो कि निकै खतरनाक सङ्कटलाई निम्त्याउँदै थियो।
    अमेरिकी विदेशमन्त्री जोन केरी र युक्रेनियाली विदेशमन्त्री पाभ्लो क्लिमकिन ९एबखयि प्ष््किपष्ल० ले जुलाई २९, २०१४ मा राज्य विभागको कक्षमा एक आपसमा हात मिलाए। (एपी फोटो /क्लिफ ओवेन/राष्ट्र)
    त्यस राष्ट्रले पटक–पटक चेतावनी दिइसकेको हुँदा युक्रेनमा अहिले एउटा अकल्पनीय घटना सायद छिटछिटो घट्न गइरहेको थियो: अघिबाटै नयाँ शीतयुद्धको साथसाथै संरा अमेरिकाले नेतृत्व गरेको नाटो र रुसबीच साँच्चैको युद्ध पनि भड्किरहेको छ। त्यो केन्द्रविन्दु त्यस क्षेत्रको डोनबास ९म्यलदबकक० को रुपमा चिनिन्छ। उक्त क्षेत्र युक्रेनको पूर्वी सिमाना हो। त्यस क्षेत्रमा रुसी भाषा बोल्ने युक्रेनियाली बासिन्दाहरूको बाहुल्य छ र दसकौं दसकदेखि राजनीतिक, सांस्कृतिक र पारिवारिक सम्बन्धले ठूलो छिमेकी मुलुक रुससँग त्यसको बलियो नाता गाँसिएको छ। त्यसैगरी उक्त स्थान ठूलो औद्योगिक क्षेत्र पनि हो।
    मलेसियाली जेट विमान एम एच–१७ लाई सन् २०१४, जुलाई १७ को दिन खसालेपछि पुटिनलाई संरा अमेरिकाको हात रहेको उसैको अनुकुलतामा हुने वित्तीय प्रस्तावलाई अस्वीकार गर्न बाध्य पारिएको थियो। सुरुमै गम्भीररुपले देशलाई विभाजित गरेको यस्तोखाले छनोट राष्ट्रपतिमाथि लाद्नु त अनावश्यक रुपले उत्तेजनात्मक कार्य थियो।
    सन् २०१४ को फेब्रुअरीसम्ममा यानुकोभिचको निर्णयविरुद्ध सडक आन्दोलनले हिंसा निम्त्यायो। पुटिनले समर्थन गरेको सम्झौताको सहमतिलाई युरोपेली विदेश मन्त्रीहरूले कुशलतापूर्वक विस्तारमा वर्गीकरण गरे। किभको सडक कब्जा जमाई बसेका अर्धसैनिकहरूलाई निःशस्त्र पार्ने, अर्को राष्ट्रपतीय चुनाव डिसेम्बरभित्रमा गर्ने र युक्रेनलाई आर्थिक रुपले टाट्पल्टिनबाट जोगाउन युरोप, वाशिङ्टन र मस्को मिलेर सहयोग गर्ने आधारमा यानुकोविच संयुक्त सरकार गठन गर्ने तयारीमा थिए। केही घण्टाभित्रै उग्रवादीहरूको सडक हिंसाले उक्त सहमतिको आधारलाई उल्ट्याइदियो। यानुकोविच भागे र नयाँ सरकार गठन भयो। ह्वाइट हाउसले तुरुन्तै त्यस सैनिक विद्रोहलाई समर्थन गर्‍यो।
    यदि वाशिङ्टनमा कुनै पेशेवर 'सुरक्षा सल्लाहकार' ९क्ष्लतभििष्नभलअभ० भएको भए पुटिनको आगामी प्रतिक्रियाबारे अनुमान गरिएको हुन्थ्यो।     
    दशकौं दशकदेखि रुसको सिमानामा नाटोलाई विस्तार गर्ने प्रयत्न र युक्रेनमा 'छिटोभन्दा छिटो' नाटोमा प्रवेश गराई त्यहाँ नाटोको शिविर राख्ने असफल प्रयासले उनलाई के कुरो यकिन गरायो भने संरा अमेरिकाको हात रहेको किभको नयाँ सरकारले क्रिमियाको ऐतिहासिक रुसी प्रान्तलगायत सिङ्गो युक्रेनमाथि कब्जा जमाउने नियत राख्यो। क्रिमिया रुसको सबैभन्दा महत्त्वपूर्ण जलसैनिक अखडा हो। मार्चमा पुटिनले क्रिमियालाई रुसमा गाभ्यो।
    के पनि अनुमान गर्न सकिन्छ भने दक्षिण पूर्व युक्रेनमा पनि फेब्रुअरीमा भएको सैनिक विद्रोहविरुद्ध सुरुमै भित्रभित्रै आगो सल्केको थियो। पछि त्यसले विद्रोहको रुप लियो। किभको विकसित पछिल्ला घटनाक्रमहरूबारे क्रेमलिनको प्रतिक्रियाले त्यस विद्रोहमा उभार ल्याइदियो। केही हप्ताभित्रै युक्रेनमा गृहयुद्ध सुरु भयो। उक्त गृहयुद्ध अन्तर्राष्ट्रियकरण हुने प्रवल सम्भावना देखियो।
    किभको सरकार त्यस क्षेत्रमा लामो अवधिको लागि युद्धविराम, २९८ जना मृतकहरूलाई सम्मान गर्ने उद्देश्यले नजिकैका सहरहरूमाथि हवाई आक्रमण नगर्ने र विमान खसेको क्षेत्रमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरू सुरक्षित ढङ्गले फिर्ता पठाउने र शान्तिवार्ता सुरु गर्ने घोषणाको तयारीमा थियो। यद्यपि, त्यसको ठीक उल्टो वाशिङ्टनको आर्शीवाद पाएर किभले आवासीय क्षेत्रहरूमा आफ्नो आक्रमणलाई तत्कालै तीव्रता दिंदै रुस समर्थक 'आतङ्कवादीहरू' बाट तिनीहरूलाई मुक्त गर्ने प्रतिज्ञा गर्‍यो। पूर्वी युक्रेनको प्रतिरोध गर्नेहरूलाई रुस समर्थक 'आतङ्कवादीहरू' भनी बिल्ला लगाइएको थियो। धेरै निर्दोष मान्छेहरू मारिए। त्यसको जवाफमा, मस्कोले डोनबासका 'आत्म रक्षकहरू' लाई भारी हतियारहरू पठाउन तयारी गरिरहेको भन्ने समाचार प्राप्त भयो।
    जुलाई २७ को 'द न्युयोर्क टाइम्स' को समाचारअनुसार ह्वाइट हाउसले त्यस्ता रुसी हात–हतियारमाथि सही निशाना लगाउने र ध्वस्त पार्न सक्षम संवेदनशील गुप्तचरी जानकारी किभलाई प्रदान गर्ने सम्भावना बढ्यो। यस सम्बन्धमा 'द टाइम्स' पत्रिकामा प्रकाशित एउटा लेखले पनि 'रुससँग युद्ध भड्किने' खतराको सङ्केत गर्‍यो। रुससँगको द्वन्द्वलाई अझ चर्काउन वाशिङ्टनले कुनै ठोस प्रमाणविना नै 'रुसले आफ्नो भूमिबाट युक्रेनमा दुरमारक हातहतियार पठाएको' भन्ने आरोप लगाउँदै गयो। त्यसो भए तापनि वस्तुतः रिपोर्ट नगरेको कुरो के हो भने जुलाई १३ मा रुसले आफ्नो भूमिबाट प्रदान गरेको युक्रेनियाली भारी गोला वर्षाबाट एकजना बासिन्दाको हत्या भएको आरोपलाई दोहोर्‍याउँदै गयो।
    वास्तवमा महिनौंदेखि किभ त रुस र पूर्वी युक्रेनमा रुसका 'सह–देशवासीहरू' को विरुद्ध वाशिङ्टनको सैनिक प्रतिनिधि हुँदै आएको थियो। राजनीतिक सङ्कट सुरु भएदेखिन् परराष्ट्रमन्त्री जोन केरी, सीआइए निर्देशक जोन ब्रेनान ९व्यजल द्यचभललबल० र उपराष्ट्रपति जोसेफ बिडेनले ९व्यकभउज द्यष्मभल० दुईपटक 'संरा अमेरिकी वरिष्ठ रक्षा अधिकारीहरू', अमेरिकी सैन्य हातहतियारहरू र विभिन्न वित्तीय सहयोगका पोकाहरूसँगै किभको भ्रमण गरेका थिए। अझ संरा अमेरिकी रक्षा विभागका एक उच्च अधिकारीले सिनेट समितिलाई के जानकारी दिएको थियो भने 'विभागीय सल्लाहकार' अहिले युक्रेनको रक्षा मन्त्रालयमा 'अखडा जमाई' बसिरहेका छन्।
    एकजना संरा सङ्घका पदाधिकारीले भने – यथार्थ कुरा के हो भने किभ आफैले आफ्ना नागरिकहरूको भरमा यो युद्ध सञ्चालन गर्नै सकिंदैन, झण्डै ५००० नागरिकहरूको ज्यान गइसकेको छ वा तिनीहरू घाइते भएका छन् र ओबामा प्रशासनको राजनीतिक, आर्थिक र सैन्य सहयोग नभएको भए यस्तो युद्ध त 'युद्ध' अपराधमा गनिन सक्छ। त्यस युद्धबाट हजारौं हजार नागरिकहरूलाई एक ठाउँबाट अर्को ठाउँमा भागिहिंड्नुपर्ने शरणार्थी बनायो, युक्रेनको टाट्पल्टेको छ, यसको औद्योगिक संरचना ध्वस्त भयो, राजनीतिक अस्तव्यस्तता छाएको छ, उग्रवादी अर्धसैनिकहरूलाई प्रयोग गरिएका छन् र ६० वर्ष उमेरसम्मका पुरुषहरूलाई अनिवार्य रुपमा सेनामा भर्ती गरिएका छन्।
    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आक्रमणबाट नै पूर्ण रुपले युक्रेन सङ्कट निम्तिएको हो भन्ने मुख्य साम्राज्यवादी सञ्चारमाध्यमले विश्वभरि प्रचारप्रसार गरेको वाशिङ्टनको भ्रमपूर्ण बढाई–चढाईको परिप्रेक्ष्यमा सबै यथार्थ कुरा छर्लङ्ग भइसकेको छ।
    साँच्चै भन्ने हो भने पुटिनको भूमिका सबैभन्दा प्रतिक्रियात्मक मात्र थियो –
    सन् २०१३ नोभेम्बरमा ह्वाइट हाउसको समर्थनमा युरोपेली सङ्घले पुटिनबाट अघि सारिएको युरोपेली सङ्घ–मस्को–संरा अमेरिका ९भ्ग्(ःयकअयध(ग्क्० वित्तीय योजनाको प्रस्तावलाई अस्वीकार गर्ने कार्य गरियो र युरोप वा रुससँगको 'साझेदारी' भन्ने अनावश्यक छनोटलाई अघि सारेर निर्वाचित युक्रेनियाली राष्ट्रपति भिक्टर यानुकोविचसँगको विवादलाई चर्कायो। त्यस प्रस्तावमा कठोर वित्तीय शर्तको साथसाथै 'सैनिक र सुरक्षा' कर्तव्यबारे उल्लेख गरिएको थियो। आश्चर्यको कुरा के होइन भने पुटिन र उनको विदेशमन्त्री सर्गेइ लाभरोभले किभ र विद्रोहीहरूबीच पटक–पटक युद्धविराम र वार्ताको आह्वान गरेकोबाट अप्रिलदेखि नै यानुकोविचले अझ विशेष महत्त्वपूर्ण वार्तालाई रोजे। ओबामा प्रशासनको साथ–समर्थन पाएको किभले वार्ता गर्नलाई यथेष्ट समय पुग्ने गरी लामो अवधिसम्मको युद्ध विराम गराउन अस्वीकार गर्‍यो र यसको सट्टा त्यस क्षेत्रका बासिन्दाहरूलाई 'आतङ्कवादीहरू' भन्दै युद्धलाई चर्कायो। 'टाइम्स' पत्रिकामा छापिएको एउटा लेखअनुसार अझ डरलाग्दो परिणाम ल्याउन सक्ने थप युद्धबारे वाशिङ्गटनले रोज्दै गयो।
    यदि कोही वाशिङ्गटनसँग सावधान रहने हो भने यो पनि 'गुप्तचरी' को वा सुरक्षासँग सम्बन्धित विषय हो। ऐतिहासिक रुपले हेर्दा, घरेलु र भूराजनीतिक कारणले गर्दा पुटिन वा अरु कुनै कल्पनीय क्रेमलिनका नेतालाई किभको हातमा डोनबासलाई सुम्पिने काम असम्भव छ र मस्कोमा त्यसबारे के कुरामा दृढतापूर्वक विश्वास गरिन्छ भने किभ चाहिं वाशिङ्गटनको खेलौना हुनसक्दैन। यदि पुटिनले डोनबासका आत्मरक्षकहरूलाई भारी हात–हतियारहरूले सुसज्जित पार्छन् भने अनि मस्कोको कूटनैतिक प्रस्तावलाई अस्वीकार गरिन्छ भने प्रत्यक्ष रुसी सैन्य हस्तक्षेपको एकमात्र विकल्प हुनसक्थ्यो। प्रत्यक्ष सैनिक हस्तक्षेपको बेला किभको स्थल सेना र वायु सेनाबाट पूर्वी युक्रेनका बासिन्दाहरूको रक्षा गर्न रुसी लडाकू विमानहरू सीमित मात्रामा तैनाथ गर्न सकिन्थ्यो वा त्यसो नहुन पनि सक्थ्यो। वाशिङ्टनका विपक्षीहरूको रुपमा रहेका क्रेमलिनका सैनिक राजनीतिज्ञहरूले पुटिनलाई आज डोनबासमा वा भोलि क्रिमियामा लड्नुपर्ने हुन्छ भनिरहेका थिए। अथवा कार्नेगी मस्को केन्द्र ९त्जभ ऋबचलभनष्भ:यकअयध ऋभलतचभ० को प्रमुखको हैसियतले तिनीहरूको स्थितिबारे सङ्क्षेपीकरण गरे– 'यो युक्रेनको लागि मात्र सङ्घर्ष हुनेछैन, बरु रुसकै लागि लडाइँ हुनेछ।'
    यदि दुवै पक्षका वादी र प्रतिवादीहरू यसमा को भन्दा को कम छन् भनियो भने यसको अर्थ पूर्ण रुपमा युद्ध हुनेछ। उच्चस्तरमा विना कुनै जनविरोध वा सञ्चारमाध्यममा कुनै बहस नै नभइकन यस्तो डरलाग्दो सम्भावनाको धमिलो छायाँ देखिन्छ भने अमेरिकी प्रजातन्त्रको आधुनिक इतिहासमा अरु कुनै अवसर बाँकी रहन्छ र? त्यसो भए तापनि प्रत्येक सुसूचित अवलोकनकर्तालाई समाधानको उपायबारे प्रस्टै छ। किभमा तत्कालै युद्धविराम। यसले युक्रेनको भविष्यबारे वार्ता गर्ने सहज वातावरण सृजना गर्दछ। त्यस विनासकारी सङ्कटको घडीमा सबै सहभागीहरूलाई त्यसको सामान्य रुपरेखाबारे प्रस्टै थाहा छ। ('राष्ट्र' 'त्जभ ल्बतष्यल' पत्रिकाको सम्पादक र प्रकाशक क्याटि्रना भानदेन हाउभेल ९प्बतचष्लब ख्बलमभल ज्भगखभ०ि हुन्। तिनी ब्द्यऋ,:क्ल् द्यऋ, ऋल्ल् बलम एद्यक् का अमेरिका र अन्तर्राष्ट्रिय राजनीतिका नियमित समीक्षक हुन्। 'द वाशिङ्गटन पोष्ट' पत्रिका ९त्जभ ध्बकजष्लनतयल एयकत०, 'द लस एन्जेलस टाइम्स ९त्जभ ीयक ब्लनभभिक तष््कभक० पत्रिका, 'द न्युयोर्क टाइम्स' ९त्जभ ल्भध थ्यचप त्ष््कभक०, विदेश नीति पत्रिका ९ायचभष्नल एयष्अिथ:बनबशष्लभ० र 'द बोस्तोन ग्लोब' ९त्जभ द्ययकतयल न्यिदभ० पत्रिकाहरूमा उनका लेखहरू प्रकाशित भइरहन्छन्।
    तिनले 'द वाशिङ्गटन पोष्ट' पत्रिकामा साप्ताहिक किनारा स्तम्भमा लेख–रचना 'सम्पादकीय कुना' भनिने तीनको ब्लग ९द्ययिन० 'राष्ट्रिय कम' ९तजभ लबतष्यलब िअय्क० मा प्रकाशित हुन्छ। 'मैले विश्वास गरेको परिवर्तन: ओबामाको पालोमा नै प्रगतिको लागि सङ्घर्ष (राष्ट्रिय पुस्तकहरू – २०११– ल्बतष्यल द्यययपक (द्दण्ज्ञज्ञ कृतिका लेखिका हुन् उनी। 
    तिनी मेल्टडाउन पत्रिकाका ९ःभतिमयधल० पनि सम्पादक हुन्: हाम्रो वित्तीय प्रणालीलाई लोभ र भ्रष्टाचारले कसरी धुजाधुजा पार्‍यो र हामीले के कसरी अमेरिकालाई पहिलेकै स्थितिमा ल्याउन र सहयोग गर्नसक्छौं अनि व्यापक परिवर्तनकारी अधिकारको लागि ९त्जभ च्बमष्अब िच्ष्नजत० सम्झाउन बुझाउन सक्छौं।
    स्टेफेन एफ कोहेन ९क्तभउजभल ा। ऋयजभल० ले 'द नेसन' ९त्जभ लबतष्यल० पत्रिकाको सम्पादक भई योगदान गरिरहेका छन् र न्युयोर्क विश्वविद्यालय र प्रिन्सटन विश्वविद्यालय ९एचष्लअभतयल ग्लष्खभचकष्तथ० का अवकाश प्राप्त प्राध्यापक हुन्। उनको सोभियत भाग्य र हराएका विकल्पहरू भन्ने कृति: स्टालिनवाददेखि नयाँ शितयुद्ध र मृतकहरू फर्कन्छन्: स्टालिनपछि बाँचेका गुलामहरू' भन्ने कृति पनि राम्रो गातामा छन्।
    (सोभियत जनताको मित्र हुनाले पूर्वसोभियत सङ्घको वर्तमान अवस्थाबारे आलोचना (टीकाटिप्पणी) गर्ने हामीलाई अधिकार छ।–ध्रुवतारा)
 
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी