अन्तर्राष्टि्रय दबु

भेनेजुयलामाथि अन्तर्राष्ट्रिय दक्षिणपन्थी हमला

 लिडिस भेनेजुयला
    यत्तिखेर भेनेजुयलाको बोलिभारियाली सरकारमाथि अन्तर्राष्ट्रिय र देशकै दक्षिणपन्थीहरूद्वारा प्रहार भइरहेको छ। यी दक्षिणपन्थी शाक्तिहरू विभाजित छन् तर संरा अमेरिकाको सहयोगले देशमा अस्थिरता मच्चाउने र क्रुर आर्थिक युद्ध, निर्वाचित नेताहरूविरुद्ध भ्रमात्मक प्रचार अभियान र गलत सूचना–सञ्चारको व्यापक हल्लाको माध्यमले बोलिभारियाली क्रान्तिलाई अपदस्थ गर्न खोज्दैछन्।
    भेनेजुयलामा के भइरहेको छ भन्ने कुरा विगतदेखि नै प्रस्ट छ। सन् १९९९ मा जब ऐतिहासिक नेता ह्युगो चाभेज राष्ट्रपतिमा निर्वाचित भएर मिराफ्लोर्स प्यालेसमा आउनुभयो, त्यतिबेलादेखि नै दक्षिणपन्थी शाक्तिहरूले उहाँले अगाडि बढाउनुभएको समाजवादीहरू माथि हमला गर्दै आएका थिए। नेता चाभेजले अगाडि बढाउनुभएका परियोजनाहरूले जनताको जीवनस्तरमा सुधार गर्ने, स्थानीय पूँजीवादी वर्गको असीमित सुविधा कटौती गर्ने उद्देश्यलाई जोड दिएको थियो, त्यसले भेनेजुयलामा राजनीतिक धु्रवीकरणलाई बढाएको थियो र जनचेतनामा उच्चतम वृद्धि गर्दै क्रान्तिकारीहरूको पक्षमा बहुमत निर्माण गरेको थियो।
    विदेशी संगठनहरूबाट सहयोग प्राप्त राष्ट्रिय सञ्चार माध्यमहरूले निरन्तर हमला गरे पनि चाभेजको निधनपछि वर्तमान राष्ट्रपति निकोलस माडुरो निर्वाचित हुनुभयो र प्रतिक्रान्तिकारी हमलाको सामना गर्दै बोलिभारियाली समाजवादी क्रान्तिको प्रक्रियालाई असामान्य ढङ्गले अगाडि बढाउँदै आएको छ।
    जनवरी २१ का दिन राष्ट्रिय सभामा आफ्नो वार्षिक सम्बोधन गर्दै राष्ट्रपति माडुरोले आफ्नो परम्परागत सम्बोधन शत्रुको मानसिक युद्धको जवाफमा अगाडि आएको स्पष्ट पार्नुभयो। राष्ट्रिय र अन्तर्राष्ट्रिय दक्षिणपन्थीहरूले २०१४ मा जस्तै पुनः सडक हिंसा निम्त्याउन चाहेको बताउनुभयो। गत वर्षको हिंसात्मक प्रदर्शनका कारण ४३ जनाले ज्यान गुमाउनुपरेको थियो। दक्षिणपन्थीहरूको सल्लाहअनुसार ठूल्ठूला आयातकर्ता र डिलरहरूले उपभोग्य वस्तु आयात नगरी र गोदाममा ठन्क्याएर कृत्रिम अभाव सिर्जना गर्ने, सर्वसाधारणको जनजीवन थप कष्टप्रद बनाउने, त्यसैको आडमा अराजकता र अन्योल फैलाउने चेष्टा त्यहाँ गरिंंदै थियो। कृत्रिम अभावका कारण उपभोग्य वस्तु पाउनुका लागि पनि सयौंको सङ्ख्यामा लाम लागेर किन्नुपर्ने अवस्था निम्त्याएको थियो।
    पुनः एकपटक सरकारविरुद्ध विपक्षी दक्षिणपन्थीहरूको जनवरी १२ का दिन राष्ट्रिय आमह्डताल गर्ने योजना विफल भएको छ। सरकारको आर्थिक कार्यक्रमले तनाव उत्पन्न हुने भनिएका कयौं ठाउँहरूलाई सामान्य अवस्थामा ल्यायो। त्यसपछि विपक्षीहरू अस्थिरता मच्चाउने आफ्नो योजनाको अर्को चरणतिर लागेका छन्।
    राष्ट्रपति माडुरोले भन्नुभएको छ–'भेनेजुयाली दक्षिणपन्थीहरूको निष्कर्ष छ कि आर्थिक युद्ध र तेलको मूल्यको गिरावटका कारण सिर्जित अप्थ्यारो परिस्थितिका कारण सरकारसामु अब कुनै बाटो छैन।' तर, ठूलो मुद्रा स्पि्कतिसँगै नवउदारवादी नीतिको पोकोसहित जनताको जीवनस्तरमा नकारात्मक असर पारेर सत्तामा आफ्नो पुनरागमनको स्थिति तयार पार्ने र क्रान्तिकारी प्रक्रियालाई पछाडि फर्काउने तिनीहरूको योजना असफल भएको छ।
    संरा अमेरिकाले अन्तर्राष्ट्रिय बजारलाई नियन्त्रणमा राख्ने नियतले तेलको मूल्यमा गराएको गिरावटले रुस र भेनेजुयाली जस्ता देशलाई असर पारेको छ। संरा अमेरिकाको उक्त कदम भेनेजुयाली सरकारको उद्योगहरू राष्ट्रियकरण गर्ने, तेलमाथिको निर्भरता कम गर्दै उत्पादनशील उद्योगहरू सिर्जना गर्ने, कालोबजारी र कृत्रिम अभावविरुद्ध कारबाही गर्ने र वस्तुहरू सुपथ मूल्यमा अविलम्ब बिक्री वितरण गर्ने भेनेजुयाली सरकारको कदमको विरोधमा आएको हो।
    यसै सन्दर्भमा चर्चित भेनेजुयाली पत्रकार, अल्टिमास नोटिसियास समाचारपत्रका निर्देशक इलियाजार डियाज रान्गेल ९भ्भिबशबच म्ष्बश च्बलनभ०ि ले आफ्नो नियमित स्तम्भमा लेख्नुहुन्छ– '१९७० को दसकमा चिलिमा समाजवादी राष्ट्रपति साल्भाडोर एलेण्डेको सरकार अपदस्थ गर्न लागू गरिएकै हतियार वासिङ्टन भेनेजुयालामा लागू गर्न खोज्दैछ।'
    आफ्नो लेखमा उहाँले तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरले सीआईएको तत्कालीन निर्देशक रिचार्ड हेल्म्सलाई पठाएको सन्देश उल्लेख गर्नुभएको छ। 'एक अचानकको विध्वंशक आर्थिक परिस्थिति सैनिक 'क' का लागि सबभन्दा तर्कपूर्ण स्थिति हुनेछ।.......'
    क्रान्तिकारी प्रतिरोधको मध्यमा भेनेजुयलाका दक्षिणपन्थीहरूले ल्याटिन अमेरिकी देशका तीन जना भूतपूर्व राष्ट्रपतिलाई भेनेजुयला आमन्त्रण गरेर सञ्चारमाध्यम अगाडि उभ्याउने चेष्टा गरे। ती नवउदारवादी सरकार चलाएर आ–आफ्नो देशलाई बर्बाद पार्नमा नाम कमाएका कोलम्बियाका आन्डे्रज पास्ट्राना, मेक्सिकोका फेलिपे काल्डेरोन र चिलिका सेवास्टियन पिनेरा थिए। तिनीहरूले सरकारको स्वीकृतिविना भेनेजुयला आएर र प्रतिक्रान्तिकारी नेता लियोपोल्डो लेापेजसित भेटवार्ता र पत्रकार सम्मेलन गरेर आफ्नो भेनेजुयला भ्रमणको नियत प्रस्ट पारे।
    लियोपोल्डो लोपेज भेनेजुयलामा गत वर्ष भएको हिंसात्मक सडक व्यारिकेड बनाउने अभियान गारिम्बास ९न्गबचष््कदबक० निम्ति जिम्मेवार नेताहरूमध्ये एक हुन्। उनीमाथीको मुद्धा उनी अदालतमा उपस्थित नभएका कारण एक वर्षदेखि रोकिइएको छ। जब कि पीडितका परिवारजनले न्याय माग गर्दै षड्यन्त्रकारीहरूमाथि कारबाही गर्न माग गरिरहेका छन्। एक पूर्ण इजलासको अदालतले हालै गरेको फैसलाले लोपेज फैसलाबाट भागेका भगुवा भएको भन्दै यस महिनादेखि उनीमाथिको अभियोगमाथि सुनुवाइ सुरु गर्ने जनाएको छ।
    ती पूर्व राष्ट्रपतिहरू आफ्ना नवउदारवादी नीतिले आ–आफ्ना देशका जनताले अनाहकमा दुःख पाएको तथ्य बिर्सदैं 'नवउदारवाद र मानवअधिकार' सम्बन्धी एक मञ्चमा भाग लिन जनवरी २६ मा काराकस आएका थिए। भूतपूर्व संासद एवं दक्षिणपन्थी राष्ट्रपतीय उम्मेदवार मारिया कोरिना माचाडो, काराकसका मेयर एन्टोनियो लोडेज्मा र मिरान्डा राज्यका गभर्नर हेनरिक क्याप्रिल्सले नेतृत्व गरेको प्रजातान्त्रिक एकता गोलमेच ९म्झयअचबतष्अ ग्लष्तथ च्यगलमतबदभि(ःग्म्० मा भाग लिन तिनीहरू आएका थिए।
    ती दक्षिणपन्थी राजनीतिज्ञहरूको भ्रमण अन्य योजनाहरूजस्तै असफलतामा टुङि्गयो। तिनीहरूको भ्रमणले क्रान्तिविरोधी अर्को कुनै रणनीति अघि बढ्न सकेन। तिनीहरूले विनाप्रमाण भेनेजुयाली संसदका अध्यक्ष डायस्डाडो क्याबेलोलगायत सरकारी अधिकारीहरूको अन्तर्राष्ट्रिय लागू औषध तस्करहरूसित सम्बन्ध रहेको विश्वव्यापी प्रचार अभियान चलाउने कुरा गरे।
    टेलेसुर टेलिभिजनसित कुरा गर्दै बारिनास राज्यका गभर्नर अडान चाभेज फ्रियाजले राष्ट्रिय सरकारले कयौं अन्तर्राष्ट्रिय सञ्चारमाध्यमविरुद्ध कानुनी कदम चलाउने घोषणा गर्नुभयो। उहाँले बोलिभारियाली क्रान्तिलाई भत्काउन गम्भीर षड्यन्त्रको अभियानमा सामेलहरूविरुद्धमात्र कारबाही हुने बताउनुभयो। भेनेजुयाली अधिकारीहरूले विभिन्न विदेशी सञ्चारमाध्यमहरूको गलत आरोपहरूको एक–एक दाबीलाई तर्कपूर्ण खण्डन गर्दै बोलिभारियाली क्रान्तिका नेताहरू विरुद्धको बद्ख्वाईं सह्य नभएको जनाउनुभयो।
    खुबै चर्चा गरिएको एबीसी समाचारपत्रको समाचार आफै पनि भूतपूर्व राष्ट्रपति ह्युगो चाभेजका एक अङ्गरक्षक लिमसे सालाजारको कथित बयानमा आधारित थियो। अहिले संरा अमेरिकामा बसोबास गर्ने सालाजार चुपचाप छन् या उनी कतै बन्दी छन्।
    बारिनासका गभर्नरले ती आरोपहरूलाई 'झूट' भन्दै खण्डन गर्नुभयो र एबीसीलगायतका सञ्चारमाध्यमहरूलाई नेता क्याबेलो र दिवंगत पूर्व राष्ट्रपतिका आफन्तहरूको लागू औषध तस्करहरूसितको सम्बन्धको कुनै प्रमाण पेश गर्न चुनौती दिनुभयो।
    सेना र त्यसको नेतृत्वको बदनाम गर्ने उद्देश्यले विपक्षी समूहहरूले भेनेजुयाली रक्षामन्त्री भ्लादिमिर पेड्रिनोमाथि पनि आक्रमण गरेका छन्। विपक्षीहरूले हालै बोलिभारियाली राष्ट्रिय सुरक्षा बल (एफएएनबी) विरुद्ध गरिएको दुष्प्रचारप्रति रक्षामन्त्री पेड्रिनोले निन्दा गर्नुभएको थियो। पेड्रिनोले आफ्नो विज्ञप्तिमा उल्लेख गर्नुभएको थियो – गणतन्त्रको एक आधारस्तम्भका रूपमा बोलिभारियाली राष्ट्रिय सुरक्षा बलको सेना मानवअधिकारप्रति सम्मान गर्छ र आफ्नो ऐतिहासिक भूमिकाप्रति सचेत छ। कयौं प्रतिक्रान्तिकारी योजना हुँदाहुँदै पनि बोलिभारियाली क्रान्ति यत्तिकै अन्त्य हुने छैन। सन् २०१५ का लागि पनि क्रान्तिले नयाँ लक्ष्यहरू निर्धारण गरेको छ। अन्तर्राष्ट्रिय आर्थिक परिस्थिति अनुकूल नभए पनि कुनै नराम्रो असर नपार्ने गरी राष्ट्रपति माडुरोले गृहभूमि योजना ९ज्य्कभबिलम उबिल० अन्तर्गत सामाजिक समावेशीताका कयौं योजनाहरू अगाडि सार्नुभएको छ। ती योजना दिवंगत राष्ट्रपति चाभेजले छाडेर जानुभएको विरासतका रूपमा वर्तमान सरकारले लिएको छ।
९क्ष्लतभचलबतष्यलब िच्ष्नजत ध्ष्लन बततबअपक ख्भलभशगभबि०
न्चबल्कब क्ष्लतभचलबतष्यलब ि
प्रस्तुति: प्रकाश

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी