अन्तर्राष्टि्रय दबु
|
इक्वेडरमा आर्थिक प्रगति थेव रस्सेल इक्वेडरका ज्ञान तथा मानवीय प्रतिभा मन्त्री डा. गुइलेम लङ आफ्नो देशको 'नागरिक क्रान्ति' ९ऋष्तष्शलक च्भखयगितष्यल० को सफलताबारे बताउन गतहप्ता लण्डन आइपुग्नुभयो। उहाँले गतहप्ता लण्डनका पूर्वमेयर केन लिभिङस्टोनको अध्यक्षतामा भएको एक बैठकमा भाग लिनुभएको थियो। १९९० को उत्तरार्धदेखि सुरु भएको आर्थिक सङ्कटका कारण १ करोड ३० लाख जनसङ्ख्यामध्ये २० लाखभन्दा बढी इक्वेडरियाली जनता विदेश पलायन भए। सन् २००६ मा देशभक्त समाजवादी मोर्चा ९एबतचष्यतष्अ क्यअष्बष्कित ब्ििष्बलअभ–एब्क्ष्क्० का प्रमुख राफेल कोर्रेया निर्वाचन जितेर सत्तामा पुग्नुभयो। डिसेम्बर २००८ मा उहाँले ३ अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी ऋण अमान्य घोषणा गर्नुभयो। ती ऋण उहाँले बेहोसी र भ्रष्ट पूर्वअधिकारीहरूले सम्झौता गरेका आपत्तिजनक ऋण घोषणा गर्नुभयो। राष्ट्रपति कोर्रेयाले देशको कर्जा ६० प्रतिशतले घटाउन सफल हुनुभयो र जून २००९ मा इक्वेडरलाई अमेरिकाका निम्ति बोलिभारियाली मोर्चा– अल्बामा आबद्ध गराउनुभयो। पेट्रोलियम पदार्थको मूल्य उच्च रहेको बेला देशको तेलको भण्डार उपयोग गरेर देशको गरिबी सन् २००६ को तुलनामा आधामा घटाइयो र हाल त्यस देशमा ल्याटिन अमेरिकामै सबैभन्दा कम बेरोजगारी दर रहेको छ। निम्नतम ज्याला होइन 'गौरवपूर्ण ज्याला' को अवधारणा लागू गरियो र त्यसलाई प्रतिमहिना ४ सय डलरभन्दा माथि पुर्याइयो। अहिले निम्नतम ज्याला पनि त्यसकै हाराहारीमा छ। सामाजिक सुरक्षा प्राप्त जनसङ्ख्याको अनुपात एकतिहाइबाट बढाएर दुईतिहाइमा पुर्याइयो। कर छली गर्ने धनीहरूमाथि कारबारी थालेपछि राजश्व कयौं गुणाले बढेको छ र राज्यले सडकहरू पुलहरू र २२ वटा जलविद्युत् परियोजनामा पर्याप्त लगानी गरेको छ। ती परियोजना पूरा भएपछि इक्वेडर ऊर्जा (विद्युत्) निकासीका निम्ति सक्षम हुनेछ। इक्वेडरको कूल गार्हस्थ उत्पादन ९न्म्ए० को दर उच्च हुँदै गएको छ। इक्वेडरले शिक्षामा गरेको लगानी विश्वमै डेनमार्कपछि तेस्रो बढी हो। शिक्षकहरूको तलब २५० डलरबाट बढेर ८५० डलर प्रतिमहिना पुगेको छ र त्यसलाई १ हजार पाउण्ड पुर्याउने सरकारको योजना छ। मन्त्री डा. लङ्का अनुसार त्यस देशलाई तेल र केराको अर्थतन्त्रबाट उकासेर अर्काे क्षेत्रमा आधारित गराउन आवश्यक छ र इक्वेडरमाथि अहिले निरन्तर रुपमा निजीकरण र बहुराष्ट्रिय कम्पनीहरूको आर्थिक पहुँचका निम्ति सम्झौतामा हस्ताक्षर गर्न दबाब छ तर सरकार 'नागरिक क्रान्ति' को नीतिमा अडिग छ। इक्वेडरको 'नागरिक क्रान्ति' ले उलेख्य उपलब्धि हासिल गरिसकेको छ। आर्थिक वृद्धिदर ऋणात्मकबाट ४–५ प्रतिशतमा पुर्याएको छ र २००८ को विश्व आर्थिक मन्दीका बीच पनि वैदेशिक लगानी बढाउन सफल भएको छ। अहिले इक्वेडरमा जनताका निम्ति ठूलो अवसर र सुविधा छ र विदेशिएका इक्वेडरियालीहरू धमाधम फर्कंदै छन्। व्यवसाय सुरु गर्न चाहने इक्वेडरियालीका निम्ति सस्तो ब्याजदरको ऋण उपलब्ध गराइँदैछ। ९भ्अयलय्कष्अ एचयनचभकक ष्ल भ्अगबमयच० त्जभ ल्भध धयचपभच घण् व्बलगबचथ द्दण्ज्ञछ प्रस्तुति: प्रकाश
बाँकि अन्तर्राष्टि्रय दबु
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|