अन्तर्राष्टि्रय दबु

चीनको रक्षा बजेट वृद्धिले अरु देशमाथि कुनै खतरा छैन: विज्ञ

मोहम्मद फौल (सिन्ह्वा)
    कायरो, ७ मार्च। चीनले बिहीबार आफ्नो २०१५ को राष्ट्रिय बजेटमा रक्षा बजेट १०.१ प्रतिशतले वृद्धिले गर्ने जनायो। लगत्तै चीनको रक्षा बजेट वृद्धि विश्व सुरक्षा र छिमेकी देशहरूमाथि खतरा भनी केही अमेरिकी विश्लेषकहरूले टिप्पणी गरे। तर इजिप्टका राजनीतिक र सैन्य विज्ञहरू चीनको रक्षा बजेट वृद्धिले अन्य देशहरूमाथि कुनै खतरा नभएको बताउँछन्। 
    मलाई लाग्दैन कि चीनको सैन्य खर्चमा गरिएको वृद्धि उत्तेजक छ र त्यसले अरु कसैमाथि खतरा उत्पन्न गरेको छ। त्यसले मात्र चीनको सिमाना रक्षा गर्ने लक्ष्य राखेको छ। चीनको विकासलाई कायम राख्दै विश्वव्यापी रुपमा विद्यमान आतङ्कवादसित लड्ने आवश्यक तयारी गरेको छ।'– चीनका लागि अरब लिगका भूतपूर्व राजदूत मोहम्मद अब्देल वहाब अल सकेतले सिन्ह्वासित भन्नुभयो। 
    सकेतले अगाडि भन्नुभयो–चीनको शान्तिपूर्ण विकासको नीतिलाई सैन्य सुरक्षा आवश्यक छ, विशेषगरी विश्वका विभिन्न भागमा बढ्दो तनाव र आतङ्कवादी गतिविधिका बीच विश्वका ठूला देशहरूमध्ये सबैभन्दा सानो रक्षा बजेट भएको देश चीन नै हो।'
    चीनको नयाँ रक्षा बजेट घोषणा बार्‍हौं चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको तेस्रो अधिवेशन अगाडि आएको छ, जसलाई एकदिन अगाडिमात्र राष्ट्रिय जन काङ्ग्रेसका प्रवक्ता फु यिङले पुष्टि गर्नुभएको छ। 
    चीनको रक्षा बजेटमा मात्र १० प्रतिशत वृद्धि गरिएको छ, जुन नितान्त सामान्य र संरा अमेरिका युरोपेली राष्ट्रहरू तथा नाटोको सैन्य खर्चको तुलनामा ज्यादै विवेकसम्मत हो।' इजिप्टको वैदेशिक मामला परिषद्का सदस्यसमेत रहनुभएका पूर्व कूटनीतिज्ञ सकेतले भन्नुभयो।
    'चीनको सुरक्षा त्यसका छिमेकी देशहरूको सुरक्षाका निम्ति पनि अत्यन्त महत्त्वपूर्ण छ। रसियालगायत चीनको छिमेकी देशहरूमा सुरक्षा दृष्टिले संवेदनशील क्षेत्रहरू छन्।' –उहाँले जोड दिंदै भन्नुभयो। 
    छिमेकी देशहरूसित शान्तिपूर्णत नीति अबलम्बन नगरिकन विकास हासिल गर्न नसकिनेमा चीन सचेत छ र त्यही कारण विगत कयौं वर्षदेखि चीनले आफ्ना छिमेकी राज्यहरूसित संयुक्त घोषणाहरूमा हस्ताक्षर गरेको छ र साझा संगठनहरूमा आबद्ध भएको छ।'– ती भूतपूर्व कूटनीतिज्ञले स्पष्ट पार्नुभयो। 
    ती विज्ञका अनुसार चीनको सुरक्षा विश्वको जनसङ्ख्याको झण्डै एक चौथाइ ओगट्ने चिनियाँ  जनताको सुरक्षाका लागि मात्र नभई विश्व सुरक्षाकै निम्ति महत्त्वपूर्ण छ। चीनको अर्थतन्त्र विश्वकै दोस्रो सबैभन्दा ठूलो बनिसकेको छ र अन्य देशहरूसित यसको ज्यादै ठूलो व्यापार छ। 
    चीनको २०१४ को रक्षा बजेट १२.२ प्रतिशतले बढेको  थियो जुन ८०८.२ अर्ब युआन (झण्डै १३१ अर्ब अमेरिकी डलर) पुगेको थियो। बजेटमा दोहोरो अङ्कको वृद्धि कायमै राख्दै यस वर्ष १०.१ प्रतिशत बढाइएको छ, जुन विगत ५ वर्षमा सबैभन्दा कम प्रतिशत वृद्धि हो।
    चीनको स्थल र अल सिमानामा गरी २० वटा देशसित सिमाना जोडिएको छ। रसिया, मङ्गोलिया, उज्वेकिस्तान, आफगानिस्तान, पाकिस्तान, भारत, नेपाल, भुटान, कम्बोडिया, लावस, भियटनाम, प्रजग कोरिया, दक्षिण कोरिया, जापान ती राष्ट्र हुन्। त्यसैले चीनले आफ्नो सीमा क्षेत्रमा सुरक्षा कायम गर्नुपर्ने र विशेषतः विश्वमा बढ्दो सुरक्षा खतरा र विशेषतः विश्वमा बढ्दो सुरक्षासँगै चीनको सुरक्षामा पनि खतरा उन्पन्न भएको विज्ञहरू बताउँछन्। 
    'चीनको सुरक्षा बजेटमा वृद्धि चीनको शान्तिपूर्ण विकास र देशको सुरक्षा कायम गर्ने सन्दर्भमा सामान्य विकास हो जसले अरु राज्यमाथि कुनै खतरा पुर्‍याएको छैन इजिप्टको अल–आहराम राजनीतिक तथा राणनीतिक अध्ययन केन्द्रका राजनीति विज्ञ एवं अनुसन्धानकर्ता सैयद अल लाविण्डी भन्नुहुन्छ।
    संरा अमेरिकाले विश्वमा चीनको बढ्दो प्रभावमाथि ठूलो चासो राख्दै आएको छ। यसले अङ्कल साम (संरा अमेरिका) लाई इन्तु न चिन्तु बनाएको छ। चीन एक शक्तिशाली र शान्तिप्रिय देश हो। हामीले कहिल्यै चिनियाँ आक्रमण वा कब्जाको कुरा सुनेका छैनौं।'– लाविण्डीले भन्नुभयो। 
    'अप्रिकामा चीनको व्यापक लगानीको कारण संरा अमेरिका चीनलाई शक्तिशाली विश्व शक्तिका रुपमा हेर्छ। निश्चय नै अन्तर्राष्ट्रिय नीति निर्धारणमा चीनको भूमिका बढ्दै गएको छ र चीनले विश्व मामिलामा पनि चाँडै ठूलो भूमिका खेल्ने आशा गर्न सकिन्छ।' लाविण्डीले ठोकुवासाथ भन्नुभयो। 
    इजिप्टका अवकाशप्राप्त सैनिक जनरल तथा रणनीतिक र सुरक्षाविज्ञ तलात मुसलमले संरा अमेरिकी रक्षा बजेटको तुलना गर्न नसकिने भए पनि चीनको १०.१ प्रतिशतले बढेको चीनको रक्षा बजेट सानो होइन भन्नुभयो। 
    'संरा अमेरिकाको रक्षा बजेट उसको पछि ठूलो रक्षा बजेट भएका दस देशको बजेटको कूल रकमसित बराबर छ। त्यसैले चीनले आफ्नो विद्यमान रक्षा बजेटमा १० प्रतिशत वृद्धि गर्दा त्यो संरा अमेरिकी रक्षा बजेटको हाराहारीमा पुग्ने या तुलनायोग्य हुने कुरै छैन। मलाई आश्चर्य लाग्यो, किन संरा अमेरिकालाई चीनको रक्षा बजेट धम्कीपूर्ण लाग्यो। जबकि त्यसका सैन्य आधार शिविरहरु चीनको चारैतिर जापान, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्याण्ड, अफगानिस्तान जताततै छन्।' मुसलमले भन्नुभयो। 
    अमेरिकीहरुले चीनको सैन्य बजेटबारे कोलाहल मच्चाउनुको अतिरिक्त संरा अमेरिका–चीन आर्थिक तथा सुरक्षा समीक्षा आयोगले सोमबार एक प्रतिवेदन प्रकाशित गर्दै चीनको अन्तरिक्ष प्रविधि विकासको तीव्रताले द्वन्द्वमा जीतका लागि संरा अमेरिकी सैनिक सञ्चार रोक्न र त्यसलाई ध्वस्त गर्ने लक्ष्य राखेको दाबी गर्‍यो। 
    रक्षाविज्ञ मुसलमले चीनको रक्षा बजेटको वृद्धिले अरु देशमाथि धम्की सिर्जना गर्ने तर्क अस्वीकार गर्दै चीनको प्रमुख नीति नै शान्तिपूर्णतामा आधारित भएको बताउनुभयो। 
    'मलाई लाग्छ चीनको सर्वप्रमुख नीति नै शान्तिपूर्णतामा आधारित छ। किनभने मैले कहिल्यै चीनले आफ्ना छिमेकी देशहरुलाई धम्की दिएको या आक्रमण गरेको सुनेको छैन।' उहाँले भन्नुभयो। 
    मुसलमले चीनले आफ्नो रक्षा बजेटमा गरेको समयोचित वृद्धि सही पूर्वसुरक्षा प्रक्रिया र आत्मरक्षा भएको बताउँदै चीनले आफ्नो सिमाना बाहिर सेनाको प्रयोग निश्चित स्थितिमा गर्ने उल्लेख गरेको र त्यो आत्म सुरक्षा वा संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्रमाथि भएको आक्रमणविरुद्ध अन्तर्राष्ट्रिय समुदायसँग सरसहयोगका रुपमा मात्र भएको प्रस्ट पार्नुभयो। 
९ल्भधक ब्लबथिकष्क स् ऋजष्लबुक मभाभलअभ दगमनभत ष्लअचभबकभ उयकभक लयत तजचभबत तय यतजभच कतबतभकस् भहउभचतक०
सिन्ह्वा ९ह्ष्लजगब०
प्रस्तुतिः प्रकाश 
 
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी