अन्तर्राष्टि्रय दबु
|
शोषणविरुद्ध बङ्गलादेशका महिला कोल्लीन डेभिडसन बङ्गलादेशको राजधानी ढाकाका बजारहरूमा हिंड्ने क्रममा म धेरै किसिमका दुःख र पीडा देख्ने गर्दछु। विशेषतः त्यस्ता दुःख–पीडाबाट महिलाहरू ज्यादा पिरोलिएको पाउँछु। मानिसहरू ओहोरदोहोर गर्ने सडकको एउटा कुनामा आफ्नो नाबालक सन्तानलाई एक्लै सुताएर आफ्नो भोको पेट भर्न र सन्तानको हेरचाह गर्न यता र उता भिख माग्दै हिंडेकी महिला मैले देखेको छु। अर्काेदिन बजारमा एउटी महिला आफ्नी आमाको लासमा डाँको छोडेर रोइरहेको दृश्य पनि मैले देखें। पूँजीवादले सम्पूर्ण श्रमिक महिलालाई पीडा दिन्छ। संरा अमेरिकामा लिङ्गभेद र पुरुष सत्ता हावी छ र महिलाहरू असमान ज्याला, हिंसा, विभेद र हैरानी भोग्न बाध्य छन्। संरा अमेरिका र अन्य साम्राज्यवादी एकाधिकारसँगै स्थानीय पूँजीपति वर्गबाट चरम शोषण गरिएका बङ्गलादेशजस्ता उत्पीडित देशका महिलाको जीवन नारकीय छ। तर बङ्गलादेशमा महिलाहरू यथास्थितिविरुद्ध लडिरहेका छन्। ढाकामा मैले यो टिठलाग्दो अवस्था प्रत्यक्ष देखें। घरबार नभएको जनसङ्ख्याको बहुमत महिलाले ओगटेका छन्। ढाका बजारमा महिलाहरू आँखा झुकाएर चुपचाप छिटो छिटो डिंड्ने गर्छन्। पछि मैले थाहा पाएँ – त्यहाँका महिला बलात्कारको कोपभाजनमा परिने डरले आफ्नो घर छोडेर बजारतिर हिंड्नसमेत डराउँदा रहेछन्। ढाकामा हरेक दिन बलात्कारका घटना हुने गर्दछ। बङ्गलादेशका महिलाको निम्ति गरिबी र दुःख सामान्य बनिसकेको मैले प्रत्यक्ष देखें तर महिलाहरू निष्कृय भने छैनन्। बङ्गलादेश विद्यार्थी सङ्घका महासचिव लक्की अख्तरले बङ्गलादेशमा सबै क्षेत्रका महिलाले सङ्घर्ष गरिरहेका' बताएको सुनें। पुरुष सत्ताविरुद्धको सङ्घर्ष जीवनका सबै क्षेत्रमा भइरहेको छ। बङ्गलादेशको अर्थतन्त्रमा महिलाले योगदान गरिरहेका छन् तर अझै पनि उनीहरू दमित छन्। आजको नवउदारवादी युगमा महिलालाई वस्तुका रुपमा हेरिन्छ। पूँजीवादले महिलाप्रति झुटो सम्मान देखाउँछ। महिलाले नेतृत्व गरेका विगत र वर्तमानका आन्दोलनबारे बोल्दै उनले थपिन्ः 'महिलालाई शिक्षित बनाउनबाट रोक्ने सबै सामाजिक तथा धार्मिक मान्यताविरुद्ध हाम्रो देशका महिला शिक्षाका अगुवा बेगम रोकिय (१८८०–१९३२) ले ठूलो सङ्घर्ष गर्नुभयो। सन् १९५२ को भाषा आन्दोलन र सन् १९७१ को स्वाधिनता सङ्घर्षमा विश्वविद्यालय र कलेजका छात्राहरूले ठूलो भूमिका निभाए। हालसालै मात्र युद्ध अपराधी विरुद्धको सङ्घर्ष (२०१३) मा पनि हामी केटीहरूले मोर्चाको नेतृत्व गरेका थियौं। इतिहासका यस्ता सबै सङ्घर्ष र आन्दोलनले हाम्रो देशमा महिला सशक्तिकरणलाई गतिवान तुल्याएको छ।' बङ्गलादेशको समाजवादी विद्यार्थी मोर्चाका छात्राहरूले पनि सङ्घर्षमा ठूलो भूमिका निभाएको छ। सन् १९९८ मा एउटा उल्लेखनीय विजय प्राप्त भयो। जहानत्रिरनगर विश्वविद्यालयको मणिक नाम गरेको एक विद्यार्थी क्याम्पसमा उत्सव मनाइरहेको थियो। उसले एक सयजना महिलालाई बलात्कार गरिसकेको अवसरमा त्यो उत्सव मनाएको तथ्य स्वीकार्न गार्हो छ। मणिक त्यतिबेला सत्तासीन आवामी लिगका विद्यार्थी संगठनका नेता थिए। समाजवादी विद्यार्थी मोर्चाका छात्राहरूको नेतृत्वमा त्यो घटनाविरुद्ध विश्वविद्यालयमा आन्दोलन चर्काए। लामो र कठिन सङ्घर्षपश्चात् आन्दोलन मणिकलाई क्याम्पसबाट निष्कासित गर्न सफल भयो। तर आफ्नै सुरक्षा र सामाजिक बेइज्जतीको त्रासले एक सयजना पीडितमध्ये कसैले प्रहरीसमक्ष उजुरी दिएनन्। बङ्गलादेशका शोषण हुने कलकारखाना काम गर्ने जनशक्तिमध्ये ८५ देखि ९० प्रतिशत महिला नै छन्। महिलाहरू दिनको १० देखि १२ घण्टा र हप्ताको सातैदिन काम गर्छन्। तर उनीहरूलाई महिनाको ३ हजारदेखि ३८ सयसम्म ज्याला दिइन्छ। हरेक दिन उनीहरूले हैरानी र यौन हिंसाको धम्की सहनुपर्दछ। विशेषतः कलकारखानामा यो सामान्य भइसकेको छ। उनीहरू ज्यादै अस्वस्थ्य र साँघुरो आवास गृहमा बस्छन्। अस्वस्थ र टिठलाग्दो जीवन अवस्थाको परिणामस्वरुप उनीहरू बिरामी र घाउ चोटपटकसँग सामना गर्न बाध्य छन्। बङ्गलादेशका महिलाहरूमाथि चरम शोषण गरेर बटुलेको विशाल मुनाफाप्रति संरा अमेरिकी व्यापारिक निगमहरू हुरुक्कै हुन्छन्। ती निगमहरू बाँच्नमात्र मुस्किलले पुग्ने ज्याला अझ घटाउने प्रयास गर्छन्। सन् २०१३ मा बङ्गलादेशको एउटा कारखाना भत्किंदा १ हजारभन्दा बढी महिला मजदुर मारिए। त्यो दुःखदायी घटनापश्चात पनि वालमार्ट र ग्यापजस्ता संरा अमेरिकी कम्पनीहरू भविष्यमा यस्ता दुर्घटना नदोहोर्याउने लक्ष्यसहित सुरक्षा अवस्था सुधार गर्ने सम्झौतामा हस्ताक्षर गर्न तयार भएनन्। संरा अमेरिकी सरकार मानव अधिकार रक्षाको बारेमा खुब बखान गर्छ। दुर्भाग्यवश यो ठाडै झूट हो। मजदुरहरूलाई शोषण गर्न असम्भव भएको हुँदा मजदुर एकतालाई दबाउनेजस्ता साम्राज्यवादी हितको सन्दर्भमा मात्र उनीहरू मानव अधिकार रक्षाको अभिनय गर्छन्। बङ्गलादेशमा संरा अमेरिकी कलकारखाना स्थापना गर्न संरा अमेरिकी सरकार आफ्ना व्यापारीहरूलाई प्रोत्साहित गर्छ र छुट दिने गर्दछ। त्यसको एउटै लक्ष्य मुनाफा बढाउनु हो। बङ्गलादेशमा शोषण गर्ने कारखानामा तयार पारिएको लुगा संरा अमेरिकी केन्द्रिय सरकारले समेत प्रयोग गर्दै आएको छ। तर संरा अमेरिकी सरकारी अधिकारीहरू गरिबीको बद्ख्वाइँ गर्न भने छोड्दैन। पूँजीवाद र साम्राज्यवादले महिलालाई कसरी कष्ट दिन्छ र थप शोषण कसरी गर्छ भन्ने कुराको राम्रो उदाहरण बङ्गलादेशले दिएको छ। विश्वभरिका श्रमिक जनता एकजुट भएर हामी समाजवादको निम्ति सङ्घर्ष गर्नुपर्छ ताकि एकदिन सबै महिला मुक्त हुनेछन्। (लेखक बङ्गलादेशको समाजवादी पार्टीको क्रान्तिकारी युवा संगठन बङ्गलादेश समाजवादी विद्यार्थी मोर्चाको ३० औं स्थापना दिवसमा संरा अमेरिकी प्रगतिशील युवा आन्दोलन 'साम्राज्यवादविरुद्ध लड, एकताबद्ध बन' ९ाक्ष्क्त्० को प्रतिनिधित्व गरेर बङ्गलादेश पुगेका थिए।) ६ मार्च, २०१५ प्रस्तुतिः नीरज
बाँकि अन्तर्राष्टि्रय दबु
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|