अन्तर्राष्टि्रय दबु
|
बार्हौं चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको तेस्रो अधिवेशन सम्पन्न पैचिङ। बाह्रौं राष्ट्रिय चिनियाँ जनकङ्ग्रेसको तेस्रो अधिवेशन आइतबार बिहान पैचिङस्थित जनबृहत् सभा भवनमा सम्पन्न भएको छ। अधिवेशनको अन्तमा चौथो पूर्ण बैठक आयोजना गरिएको छ। गत मार्च छ तारिख सुरु भएर एघारौं दिनमा बाह्रौं राष्ट्रिय जनकाङ्ग्रेसको तेस्रो अधिवेशनले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। अधिवेशनका अध्यक्षमण्डलका स्थायी अध्यक्ष एवं कार्यकारी अध्यक्ष चाङ दच्याङले उक्त समापन अधिवेशनको अध्यक्षता गर्नुभएको हो। सि चिन फिङ, ली ख छ्याङ, यु चङ शङ, लिउ युन शान, वाङ छि शान तथा चाङ काउलीजस्ता उच्च चिनियाँ नेताहरू उक्त सम्मेलनमा उपस्थित हुनुभएको थियो। सम्मेलनको अवधिमा लगभग तीन हजार प्रतिनिधिहरूले संविधान तथा कानुनद्वारा दिइएको कर्तव्य निष्ठापूर्वक लागू गर्दै सरकारी कार्य–प्रतिवेदन तथा अरु प्रतिवेदनको लेखाजोखा तथा अनुमोदन गरेको, गत एक वर्षमा चीनका विभिन्न पक्षमा हासिल गरिएको उपलब्धि तथा अनुभव सारांश गरेको र यस वर्षको मुख्य कार्यभार तथा कार्य बन्दोबस्त कार्यस्पष्ट रुपमा प्रस्तुत गरेको छ। यसैबीच चीनका प्रधानमन्त्री लि ख छ्याङले चीनको अर्थतन्त्र र्हासोन्मुख गतिमा जाने समस्या रहेको र धेरै जोखिम भएको कुरा स्वीकार गर्दै सबैजनाले हातमा हात मिलाएर चीनको आधारभूत आर्थिक स्थिति निरन्तर उन्नतिशील बनाउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले आइतबार पैचिङमा बाह्रौं राष्ट्रिय जनकाङ्ग्रेसको तेस्रो अधिवेशन समापन भएपछि चिनियाा तथा विदेशी पत्रकारको प्रश्नको जवाफ दिंदै उक्त कुरा बताउनुभएको हो। प्रधानमन्त्री लि ख छ्याङले औंल्याउनुभएअनुसार, गुणस्तर तथा कार्यकुशलतालाई महत्त्व दिंदै चीनको अर्थतन्त्रलाई निम्न मध्यम स्तरबाट मध्यम–उच्च स्तरतर्फ पुर्याउन अपेक्षाकृत लामो समयको अवधिमा चीनको अर्थतन्त्र मध्यम–उच्च स्तरमा वृद्धि हुनेछ। वातावरण प्रदूषणको व्यवस्थापनबारे चर्चा गर्दै प्रधानमन्त्री लि ख छ्याङले हालै सार्वजनिक गरेको वातावरणको संरक्षणबारेको नयाँ कानुनलाई गम्भीर रुपमा व्यवहारमा उतार्ने कुरालाई यस वर्षमा ध्यान दिने दृढता व्यक्त गर्नुभएको छ। कानुन तथा नियमविपरीत भएको जुनसुकै व्यवसायलाई सजाय दिने कुरामा उहाँले जोड दिनुभएको छ। चीन–अमेरिका सम्बन्धबारे चर्चा गर्दै प्रधामन्त्री लि ख छ्याङले पारस्परिक सम्मान, सहयोग, संयुक्त हित तथा पारस्परिक विरोध नगर्ने नयाँ ठूला मुलुकबीचको सम्बन्ध स्थापना गर्न चीन इच्छुक रहेको कुरा व्यक्त गर्नुभएको छ। चीन–जापान सम्बन्धबारे चर्चा गर्दै प्रधानमन्त्री लि ख छ्याङले जापानी नेताले सही दृष्टिमा इतिहासको अवलोकन गरेर मूल्याङ्कन गरेमा चीन–जापान सम्बन्ध सुधार तथा विकास गर्ने नयाँ अवसर देखापर्ने बताउनुभयो। चीन–म्यान्मार सिमा क्षेत्रमा हाल देखा परेको दुर्घटनाबारे चर्चा गर्दै प्रधानमन्त्री लि ख छ्याङले चीन सरकार, परराष्ट्र मन्त्रालय, सैनिक पक्षले म्यान्मार पक्षसित गम्भीरताका साथ कुराकानी गरिसकेको बताउनुभयो। चीनसित चीन–म्यान्मार सिमा क्षेत्रको सुरक्षा तथा स्थिरताको संरक्षण गर्ने जिम्मेवारी र क्षमता रहेको भन्दै चिनियाँ जनताको जनधनको सुरक्षा दृढताका साथ गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। चिनियाँ जनकङ्ग्रेसमा चार कार्ययोजनाबारे छलफल यसअघि चीनका राष्ट्राध्यक्ष सि चिन पिङले चीनको राष्ट्रिय जन काङ्ग्रेसको अधिवेशनमा चार वटा राजनैतिक कार्ययोजना प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। कार्ययोजनामा पूर्ण रूपमा सम्पन्न समाजको स्थापना गर्नुपर्ने, सुधारको नीतिलाई पूर्ण रूपमा ग्रहण पार्नुपर्ने, मुलुकलाई कानुनबमोजिम पूर्ण शासित गर्ने–गराउने र पार्टीलाई पूर्ण कडाइका साथ सञ्चालन गर्ने विषयहरू रहेका छन्। राष्ट्राध्यक्ष सिबाट सो कार्ययोजना प्रस्तुत गरेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले महत्त्वका साथ चर्चा परिचर्चा गर्दै आएका छन्। जापानको 'कूटनीतिक विद्वान' नामक पत्रिकाले 'चीनको राष्ट्राध्यक्ष सि चिन पिङले चिनियाँ सपना साकार तुल्याउन राष्ट्रिय कार्ययोजना बनाएको' शीर्षकमा लेख प्रकाशित गर्दै उहाँको यी चार वटा पूर्ण राजनैतिक कार्ययोजनाको ठोस जानकारी दियो। अमेरिकाको “अन्तर्राष्ट्रिय राजनीति' नामक पत्रिकामा 'चीनका राष्ट्राध्यक्ष सि चिन पिङले प्रस्तुत गरेको राजनैतिक कार्ययोजनाबाट हेर्दा चीन परिपक्व देखिएको' शीर्षकमा लेखसहित सो चार वटा पूर्ण राजनैतिक कार्ययोजनाका विषय पनि प्रकाशित गरेको छ। जर्मनीको 'विश्व पत्रिका' नामक पत्रिकाले चीनका राष्ट्राध्यक्ष सि चिन पिङले प्रस्तुत गरेका चारवटा पूर्ण राजनैतिक कार्ययोजनाले चीनका सम्पूर्ण जाति तथा जनतालाई सक्रिय प्रोत्साहन दिने र चीनलाई विश्वमा एउटा सबल मुलुक बनाउने विषयमा केन्द्रित रहेको उल्लेख गर्यो। यसबाहेक दक्षिण कोरिया, स्पेन, सिङ्गापुर तथा मलेशियालगायतका विभिन्न विदेशी मुलुकका सञ्चारमाध्यमले पनि राष्ट्राध्यक्ष सी चिन पिङले प्रस्तुत गर्नुभएको चार वटा पूर्ण राजनैतिक कार्ययोजनाको जानकारीसहितको समाचार प्रकाशित गरेका थिए। चीनद्वारा रसियालाई सहयोग गर्ने दृढता व्यक्त युक्रेनसँग द्वन्द्वका लागि पश्चिमी मुलुकले मस्कोमाथि प्रतिबन्ध लगाए पनि चीनले रसियासँग आर्थिक तथा कूटनीतिक सम्बन्ध अगाडि बढाउने बताउँदै उनीहरूको सम्बन्ध आपसी आवश्यकतामा आधारित भएको बताएको छ। पेचिङमा विदेशमन्त्री वाङ यीले चीन तथा रसियाबीच व्यवहारिक सहयोग आपसी आवश्यकतामा आधारित भएको बताउनुभयो। उहाँले यस सम्बन्धले दुवै पक्षका लागि लाभ खोजेको र यसको ठूलो आन्तरिक प्रेरणा रहेको तथा त्यसमा विस्तारको पर्याप्त स्थान रहेको बताउनुभयो। पश्चिमी मुलुकले लगाएको प्रतिबन्धका साथमा रुसी रुबलको मुद्राको मूल्य निकै घटेको छ। साथै तेलको मूल्य व्यापक रूपमा झर्दा उसको आर्थिक वृद्धि अझै प्रभावित भएको छ। यी दुवै मुलुक संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्का सदस्य हुन्। यी दुवै मुलुकले यसअघि पश्चिमी मुलुकले सिरियामा गृहयुद्धजस्ता विषयमा अगाडि बढाएका पाइलालाई निषेधाज्ञा प्रयोग गरी असफल बनाइदिएका थिए। चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसको बैठकका समयमा विदेशमन्त्री वाङले पत्रकारहरूलाई पेचिङ तथा मस्कोले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न रणनीतिक समन्वय र सहयोग निरन्तर राख्ने बताउनुभयो। रसियाले क्राइमियालाई आफ्नो नियन्त्रणमा राखेपछि तथा युक्रेनको पूर्वी भागमा निरन्तर द्वन्द्वपछि पश्चिमी मुलुकको आक्रमण र प्रतिबन्ध भोग्नुभएका रसियाली राष्ट्रपति पुटिनले चिनियाँ विदेशमन्त्रीको टिप्पणीबाट चिनियाँ आर्थिक तथा कूटनीतिक समर्थन निरन्तर रहने विश्वास गर्नसक्ने बताइएको छ। यसअघि चीनको बार्हौं राष्ट्रिय जनकङ्ग्रेसको तेस्रो अधिवेशन जनबृहत् सभाभवनमा मार्च ६ तारिख (फागुन–२२) गतेबाट सुरु भएको थियो। अधिवेशनको कार्यसूचीबमोजिम राज्य परिषदको तर्फबाट प्रधानमन्त्री लि ख छ्याङ्गले सरकारी प्रतिवेदन प्रस्तुत गर्नुभयो। छ भागमा विभाजित यस प्रतिवेदनमा सन् २०१४ को कार्यको पुनरावलोकन, सन् २०१५ को कार्यको समष्टिगत बन्दोबस्ती, सुधार तथा खुलापनको गहन प्रवर्द्धन, अर्थतन्त्रको स्थिर वृद्धि र आर्थिक बनौटको सुव्यवस्थापन, नागरिक जीवन सुधार र सामाजिक निर्माणको निरन्तर विकास, सरकारी कार्यशैली प्रवर्द्धन भन्ने विषय समेटिएका थिए। सरकारी कार्यको समष्टिगत बन्दोबस्त सम्बन्धका अनुसार मध्य–उच्च गतिको वृद्धिलाई कायम राख्दै नीति तथा पूर्वानुमानलाई स्थिर पार्नुका साथै सुधार तथा बनौटको सुव्यवस्थापनको प्रवर्द्धनलाई कायम राख्नुपर्नेजाति, धर्म तथा प्रवासी मामिलामा जातिय स्वायत्तता प्रणालीलाई कायम राख्दै अविकसित र अल्पसङ्ख्यक जातीय क्षेत्रको विकास समर्थनलाई बढाउनुपर्नेर कूटनैतिक क्षेत्रमा प्रतिवेदनले राष्ट्रिय सार्वभौमिकताको सुरक्षाप्रति दृढता कायम गर्दै सहयोग तथा साझा फाइदालाई केन्द्रको रुपमा लिइने नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माणलाई प्रवर्द्धन गर्नु नै उल्लेख छ। अधिवेशनको कार्यसूचिबमोजिम जनकाङ्ग्रेसले राज्य परिषद्को सन् २०१४ नागरिक अर्थतन्त्र र सामाजिक विकास योजनाको कार्यान्वयन अवस्था, सन् २०१५ नागरिक अर्थ तथा सामाजिक विकास योजना मस्यौदा प्रतिवेदन, सन् २०१४ को सरकारी तथा स्थानीय क्षेत्रीय बजेटको कार्यान्वयन अवस्था, सन् २०१५ सरकारी तथा स्थानीय क्षेत्र बजेट योजना मस्यौदा प्रतिवेदन जाँचबुझ गरेको छ।
बाँकि अन्तर्राष्टि्रय दबु
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|