अन्तर्राष्टि्रय दबु

चीन, जापान तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच वार्ता


त्रिपक्षीय शिखर बैठक गर्ने सहमति
    सोल। दक्षिण कोरियाको राजधानी सोलमा शनिबार सम्पन्न एसियाली तीन देश दक्षिण कोरिया, चीन र जापानका विदेशमन्त्रीहरूको संयुक्त बैठकले तिनै देशका नेताहरूको शिखर बैठक गर्ने निर्णय गरेको छ। 
    तीन वर्षपछि पहिलोपटक आयोजना गरिएको सो त्रिपक्षीय बैठकका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी, दक्षिण कोरियाली विदेशमन्त्री युन पुयुङ र जापानी विदेशमन्त्री फुमियो किशिदाबीच सो सहमति भएको जनाइएको हो। हालैका दिनमा यी तीन छिमेकी देशका बीचमा सीमासम्बन्धी विवादहरू उत्पन्न भएकोले सोसम्बन्धी विवाद निरुपण गर्न यो वार्ताको आयोजना गरिएको थियो।
    दोस्रो विश्वयुद्धताका भएका आपसी विवादले पनि यी तीनदेशबीचको नयाँ विवादले स्थान लिएको छ।   
    क्षेत्रीय विवादबाट सिर्जित तनाव कमगर्ने प्रयासस्वरुप यो वार्ता सुरु गरिएको बताइएको छ। 
    सो वार्तामा तीन देशका नेताको शिखर बैठक बोलाउने बारेमा सहमति भएपछि उक्त बैठक बोलाइने गरी शनिबार वार्ता सकिएको सो वार्तापछि जारी विज्ञप्तिमा जनाइएको छ।  
    पछिल्लो समययमा यी देशबीचको आपसी तनाव बढ्दै गएकोमा त्यसलाई कमगर्न परामर्श भइरहेको थियो। उनीहरूबीच समाधान कसरी गर्ने भनेर पनि कुराकानी भएको बताइएको छ। 
    लामो समयसम्म कायम विवादका कारण बेइजिङ तथा सोलले टोकियोबाट आफूलाई वर्षौंसम्म पर राखेका छन्। एसियाका यी तीन शक्तिले विश्वको कुल गार्हस्थ उत्पादनमा २० प्रतिशत स्थान ओगट्छन्। चीन विश्वको दोस्रो र जापान तेस्रो अर्थतन्त्र हो। 
    यी तीन देशको सामूहिक बैठकको प्रचलन सन् २००७ बाट सुरु भएको हो। यसअघि सन् २०१२ मा पछिल्लोपटक वार्ता भएको थियो। 
    तर नेताहरूबीचको शिखर बैठक कहिले आयोजना गरिएको हो भन्ने बारेमा पनि सो विज्ञप्तिमा खुलाइएको छैन। उक्त विज्ञप्तिमा जतिसक्यो चाँडो सो बैठक गरिने बताइएको छ। 
    उत्तरपूर्वी एसियाली यी तीन छिमेकीबीच बलियो अर्थिक सम्बन्ध रहेको छ। यसो भए पनि जापानले इतिहासमा कोरियाली प्रायःद्वीपमा कायम गरेको उपनिवेश तथा चीनको केही भागमा गरेको नियन्त्रणले उनीहरूबीच सम्बन्ध समस्याग्रस्त छ र उनीहरूबीच समाधान गर्न बाँकी विषय कायम रहेका छन्। लामो समयसम्म कायम घृणा तथा द्वीपहरूमा सार्वभौमसत्ताको विवादका कारण बेइजिङ तथा सोलले टोकियोबाट आफूलाई वर्षौंसम्म पर राखेका छन्। 
    वार्तालाई संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि–मुनले पूर्वी एसियामा शान्ति तथा स्थिरताका लागि हराएको सम्पर्क र पुनः मेलमिलापको अभावको रूपमा ब्याख्या गर्नुभएको छ। 
    दक्षिण कोरिया तथा जापानबीच विवादलाई वासिङ्टनले रणनीतिक दायित्वको रूपमा लिएको छ। उसले हाल चीनविरुद्ध यी दुई मुलुकले संयुक्त मोर्चा बनाउन् भन्ने चाहेको छ। चीन तथा दक्षिण कोरियाबीच सम्बन्ध बलियो छ र उनीहरूले जापानले आफ्नो युद्धकालीन विगतका लागि पर्याप्त रूपमा पश्चाताप नगरेको अनुभव गरेका छन्।
    सन् २०१३ को डिसेम्बरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले युद्धमा मारिएका व्यक्तिको सम्मानमा स्थापित टोकियो स्मारक जानुहुँदा यी दुवैले क्रुद्ध रूपमा प्रतिक्रिया व्यक्त गरेका थिए। त्यस स्मारकमा वरिष्ठ युद्ध अपराधीप्रति पनि सम्मान व्यक्त गरिएको थियो। 
    दक्षिण कोरियाली कूटनीतिज्ञ तथा सोल राष्ट्रिय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक ओके–ह्युनले यी तीन मुलुकबीच रहेको तनाव भुल्न नसकिने भएको बताउनुभयो। 
    शनिबारको बैठक दुई पक्षीय बैठकबाट आरम्भ भएको थियो। दक्षिण कोरियाली विदेशमन्त्री युन बाइयुङ–सेले चिनियाँ तथा जापानी समकक्षी वाङ यी तथा फुमियो किसिदासँग वार्ता गर्नुभयो। यी दुवै बैठकमा उत्तर कोरियाको पारमाणविक आकाङ्क्षा नियन्त्रण गर्न सहयोग गर्नुपर्ने आवश्यकतामा सहमति भएको सोलका विदेश मन्त्रालयले जानकारी दिए। 
    बैठकमा चीनले समर्थन गरेको बहुराष्ट्रिय लगानी बैङ्क अर्थात एसियाली आधारभूत संरचना लगानी बैङ्क (एआईआईबी) बारे छलफल भएको थियो। अमेरिकाले यसलाई वासिङटनले समर्थन गरेको विश्व बैङ्कका लागि चुनौतीको रूपमा लिएको छ।  सोलले एआईआईबीमा संलग्न हुने विषयमा सकारात्मक रूपमा सोचेको जानकारी दिएको छ भने जापानी अडान भने सावधानीपूर्ण छ। 
    अमेरिका प्रजग कोरियाको उक्साहटबाट जोगाउन दक्षिण कोरियामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापना गर्न चाहन्छ। कोरियाली प्रायःद्वीपमा थाड नाम गरिएको यो प्रणाली स्थापना गर्दा यस क्षेत्रको शान्ति र स्थायित्व प्रभावित हुने चीनले चेतावनी दिएको छ। 
एएफपी

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी