अन्तर्राष्टि्रय दबु
|
अमेरिकी सैन्य टुकडीको परेडविरुद्ध चेक गणतन्त्रका जनताको र्याली प्राग। संरा अमेरिकी सैन्य टुकडीले योजनाबद्ध रुपमा पूर्वी युरोपेली गणतन्त्रहरूमा गरिरहेको परेडको विरोधमा चेक गणतन्त्रको राजधानी प्रागमा सयौं प्रदर्शनकारीहरूले नेटोविरोधी प्रदर्शन गरेका छन्। अमेरिकी सैन्य टुकडी १२० सैन्य सवारीका साथ त्यस देशमा प्रवेश गरेपछि प्रजग सैन्य परेडको पूर्वसन्ध्यामा शनिबार उक्त विरोध प्रदर्शन भएको हो। अमेरिकी सेनाले पश्चिमा सैन्य गठबन्धन नेटोको 'अपरेशन ड्रागन राइट' अन्तर्गत पूर्वी युरोपका ६ वटा नेटो सदस्य राष्ट्रमा परेड गरेको छ। 'यसले (सैन्य परेडले) निश्चित रुपमा युरोपको शान्तिमा पुर्याउँदैन किनभने युरोपको अवस्था अन्त्यत खतरापूर्ण छ र निकै तनावपूर्ण बनेको छ। सैन्य परेडजस्तो क्रियाकलापले शान्तिका निम्ति मद्दत नपुग्ने धारणी हामी राख्छौं।' विरोध प्रदर्शन आयोजकमध्ये एक प्रागका एक अधिवक्ता लुबोमिर लेडल भन्नुहुन्छ। प्रदर्शनकारीहरूले चेक गणतन्त्रको राष्ट्रिय झण्डा तथा 'टैङ्कस? नो थैंक्स' र 'स्टप यू एस आर्मी' आदि लेखिएका प्लेकार्ड बोकेका थिए। ती युद्धविरोधी प्रदर्शनकारीहरूले सडकको बीचमा नेटो समर्थक एक समूहसहित जम्काभेट तथा केहीबेर झडपसमेत भएको थियो। अमेरिकी सैन्य टुकडी जसमा सैन्यका तोपजडित टैङ्कमा सवार छन्, आफ्नो परेड मार्च २१ देखि सुरु गरी इस्टोनिया, पोल्याण्ड, लिथुआनिया, लाट्भिया हुँदै चेक गणतन्त्रमा प्रवेश गरेको हो। सैन्य टुकडी चेकमा अप्रिल १ सम्म रहनेछ र सीमापार गरी जर्मनीको भिलसेकमा अवस्थित सैनिक आधार शिविरमा फर्कनेछ। युरोपमा अमेरिकी सेनाको कमाण्ड ९ग्क्ब्च्भ्ग्च्० का प्रवक्ता लाफ्िटनेन्ट कोलोनेल क्रैग चाइल्डसका अनुसार उक्त सैनिक परेड युनिटको तदारुकता तथा नेतृत्व क्षमताको परीक्षणका साथै नेटो पक्षधर राष्ट्रहरूलाई संरा अमेरिकाको सुरक्षा व्यवस्थाको प्रदर्शन गर्नु हो। साथै मित्र राष्ट्रमा स्वतन्त्र तवरले आवतजावत गर्ने नेटोको क्षमता तथा सहयोग गर्न सक्ने तत्परता प्रदर्शन गर्नु हो। सैनिक परेडभरि ती पूर्वी युरोपका ६ वटै देशका सरकारहरूले आ–आफ्नो देशमा विपक्षी र जनताको सम्भाव्य विरोध प्रदर्शन र रोकावटबाट जोगाउन अमेरिकी सैनिक टुकडीको सुरक्षामा इस्कर्टिङ्ग गरेको थियो। पूर्वी युरोपमा आफ्नो सैनिक उपस्थिति बढाउने योजना अनुरुप नेटोले उक्त सैनिक परेड आयोजना गरेको हो। युक्रेन सङ्कटलाई लिएर नेटो राष्ट्र र एसियाबीच बढ्दो तनावबीच सैनिक परेड गरिएको हो। सन् २०१४ मा नेटो सेनाले पूर्वी युरोप लक्षित २ सयवटा सैनिक अभ्यास गर्यो। नेटोको महासचिव जन्स स्टोलेन वर्गले त्यस्ता सैनिक अभ्यासहरूले निरन्तरता पाउने बताए। त्यसबाहेक पनि २८ वटा नेटो सदस्य राष्ट्रका रक्षामन्त्रीहरूले गत फेब्रुअरी ५ का दिन ६ वटा नयाँ सैनिक कमाण्ड तथा कयौं नियन्त्रण पोस्टहरू स्थापना गर्ने निर्णय गरेको थिए। ती सैनिक कमाण्ड पूर्वी युरोपेली राष्ट्रहरू बुल्गेरिया, रोमानिया, इस्टोनिया, लाट्भिया, लिथुआनिया र पोल्याण्डमा रहनेछन्। एसियाली सरकारले बारम्बार नेटोको सैनिक अभ्यास र आफ्नो सीमा क्षेत्रमा सैनिक उपस्थिति बढाउने योजनाको विरोध गरेको छ। संरा अमेरिकाले अरु देशहरुमाथि हस्तक्षेप गरेर आफ्नो विस्तारवादी नीतिलाई निरन्तरता दिंदै विश्व प्रभुत्वको महत्त्वाकाङ्क्षाले अगाडि बढेको र विश्वको अशान्तिको लागि इन्धन भइरहेको आरोप पटक पटक लगाउँदै आएको छ। बढ्दो असुरक्षालाई मध्यनगर गर्दै रसियाले मार्च २१ का दिनदेखि राष्ट्रव्यापी सैनिक अध्यास सुरु गर्यो। सैनिक अभ्यास, बाल्टिक समुद्र, कृष्णसागर, आर्कटिक महासागर र सुदूरपूर्वमा केन्द्रित छन्। सैनिक अभ्यासमा १० हजार सैनिक सवारी, ६५ युद्ध विमान, १६ युद्धबेडा (जहाज), १५ पनडुब्बी र २ सय जेट युद्धविमान र तोपजडित हेलिकप्टरका साथै ८० हजार रसियाली सेनाले भाग लिएको बताइएको छ। ९ऋशभअजक चबििथ बनबष्लकत ग्क् ्कष्ष्तिबचथ अयलखयथुक एबचबमभ० प्रस्तुतिः प्रकाश
बाँकि अन्तर्राष्टि्रय दबु
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|