अन्तर्राष्टि्रय दबु
|
प्रजग कोरियासँग सम्बन्ध सुधार गर्न कोरियाली अमेरिकीहरूको आह्वान सन् २०१४ को डिसेम्बर १८ का दिन दक्षिण कोरियाली व्यवस्थापिकामा प्रतिनिधित्व भएको एक मात्र प्रतिपक्षी दलमाथि त्यहाँको दक्षिणपन्थी सरकारले प्रतिबन्ध लगायो। त्यो दलका सबै नेताहरूलाई गिरफ्तार गरियो। त्यसको केही समयपछि सिओलको स्वघोषित 'प्रजातान्त्रिक' सरकारले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको सरकारप्रति केही सकारात्मक अभिव्यक्ति सार्वजनिक रुपमा दिने हिम्मत गरेकी एक कोरियाली अमेरिकी महिलालाई देश निकाला गर्यो। दक्षिण कोरियामा दमन यति निकृष्ट बन्दैछ, उत्तरसँग सम्बन्ध सुधारको पक्षमा बोल्ने कसैको पनि आवाज सुनिंदैन। प्रायशः समय नृशंस सैनिक तानाशाहको पक्षपोषण गरेर कोरियाको दक्षिण भागमा विगत ७० वर्षदेखि सैनिक ढङ्गले कब्जा जमाएको संरा अमेरिकाको हकमा पनि यो सत्य हो। तर संरा अमेरिकामा अन्ततः प्रगतिशील प्रतिपक्षले आफ्नो विचार मार्च १४ को 'द न्युयोर्क टाइम्स' मा कोरियाली–अमेरिकी जनताले किनेको पूरा पृष्ठमार्फत अभिव्यक्त गरेको छ। सो आह्वानमा उनीहरूले उत्तर कोरियामाथि निर्मम नीति त्याग्न र प्रजग कोरियासँगको सम्बन्ध सुधारका लागि समाजवादी क्युवामा जस्तै नयाँ सिराबाट वार्ता थाल्न आग्रह गरेका छन्। 'राष्ट्रपति ओबामालाई खुला पत्र' मा कोरियाली–अमेरिकीहरूले पहिलो राष्ट्रपति निर्वाचन ताका ओबामाले जनाएका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्। त्यतिबेला राष्ट्रपति ओवामाले उत्तर कोरियासँग सम्बन्ध सुधार गर्न खोज्ने बताएका थिए। पत्रमा उनीहरूले चीनप्रति लक्षित गरेर दक्षिणसँग सम्बन्ध बलियो बनाउन ओवामाले ल्याएको तथाकथित एसिया किल्ला नीति ९ब्कष्ब एष्खयत एयष्अिथ० प्रति 'असन्तोष' व्यक्त गरेका छन्। सो विज्ञापन वक्तव्यमा भनिएको –'उत्तर कोरियाप्रति तपाईंको नीतिका कारण नाकाबन्दी अझ कसिलो बनेको छ, उत्तर कोरियाको आँगनमै बेला–मौकामा खतरनाक किसिमका सैन्य अभ्यास भइरहेका छन्। उत्तर कोरियाली हवाई क्षेत्र नजिक आणविक वम वर्षकहरूले उडान भरिरहेका छन्। उत्तर कोरियालीहरूसँग सम्पर्क हुने सबैखाले औपचारिक र अनौपचारिक माध्यमहरू बन्द गरिएका छन्।' सन् १९५०–५३ को कोरिया युद्ध एउटा सैनिक सम्झौतामा स्थगन मात्र गरिएको स्मरण गर्दै त्यसमा भनिएको छ– 'संरा अमेरिका र प्रजग कोरियाबीच शान्ति सन्धि र कुटनीतिक सम्बन्ध सामान्य भए प्रजग कोरियाले आफ्नो रक्षा बजेट घटाउनेछ र आर्थिक मुद्दामा केन्द्रित हुनेछ।' तथ्य तथ्याङ्कसहित सो वक्तव्यमा भनिएको छ: ''(प्रजग कोरियाको) रक्षा खर्च कटौती गरी मानवीय आवश्यकता पूर्ति गर्न अर्थतन्त्र एवं स्रोत– साधन परिचालनमा पुनर्जागरण ल्याउन विशेषतः संरा अमेरिकाबाट आइरहने धम्की रोकिनुपर्दछ।'' उत्तर कोरियाले आफ्नो कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) को झण्डै ३० प्रतिशत बजेट राष्ट्रिय सुरक्षामा विनियोजन गर्दछ। दक्षिणको तुलनामा उत्तरको जनसङ्ख्या आधा छ र अर्थतन्त्र निकै सानो छ। दक्षिण कोरियाले उत्तरको भन्दा ४ गुणा बढी बजेट रक्षामा विनियोजन गर्ने गरेको छ। वक्तव्यमा अगाडि भनिएको छ– ''प्रजग कोरिया कस्तो कसिलो आर्थिक बाध्यात्मक अवस्थामा छ र त्यसबाट राहत पाउन विगत ७० वर्षदेखि संरा अमेरिकाले थोपरेका बाह्य धम्की, नाकाबन्दी र आर्थिक निषेधबाट मुक्त हुन किन खोजिरहेको छ भन्ने कुरा यी तथ्याङ्कले प्रस्ट पार्दछ।' ''यस्ता प्रतिकूल अवस्थाबीच पनि ७० वर्षपछि प्रजग कोरियाले आफ्नो राष्ट्रिय एकता अक्षुण राखेको र आफ्नो समाजवादी राजनीतिक र आर्थिक प्रणालीलाई जोगाउन सफल छ।'' वक्तव्यमा क्युवाबारेको भाषणमा ओबामाले उपेक्षा, नाकाबन्दी, आर्थिक निषेध र सैनिक दबाबले शासन सत्ता परिवर्तन हासिल गर्न असफल भएको भनाइ स्मरण गराइएको छ। क्युवामा जस्तै उत्तर कोरियाको सन्दर्भमा पनि यो सत्य हो... उत्तर कोरियाको आजको सफलता सैनिक शक्तिबाट मात्र प्राप्त भएको होइन, कष्टकर आर्थिक प्रतिकूलता छिचोल्न र स्वीकार्न सक्ने उत्तर कोरियाली जनताको इच्छा शक्ति र दृढताबाट यो सम्भव भएको हो।' वक्तव्यमा धेरै सङ्ख्यामा कोरियाली– अमेरिकी व्यक्ति र संगठनहरूले हस्ताक्षर गरेका छन्। संरा अमेरिकी सरकार र साम्राज्यवादी सञ्चार जगतजस्तै हलिउडले समेत प्रजग कोरियालाई राक्षसीकरण गर्ने प्रयास भइरहेको अवस्थामा यो वक्तव्य सार्वजनिक गरिएको छ। दक्षिण कोरियामा कसैले यो वक्तव्यमा हस्ताक्षर गरेको पाइए कम्युनिष्टविरोधी राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत सरकारले कार्यबाही गर्न सक्दछ। राक्षसको मुखमा बसेर पनि दक्षिण कोरियाली जनता आज वीरतापूर्वक बोलिरहेका छन्। उनीहरूप्रति प्रगतिशील आन्दोलनको दरिलो समर्थनको आवश्यकता छ। त्जभ ध्यचपभच'क ध्यचमि प्रस्तुतिः नीरज
बाँकि अन्तर्राष्टि्रय दबु
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|