अन्तर्राष्टि्रय दबु

विभिन्न देशमा किम इल सुङको योगदानको प्रशंसा

प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको संस्थापक एवं राष्ट्रपति किम इल सुङको १०३ औं जन्म दिवस कोरियाभर भव्य समारोहहरू गरी मनायो भने विश्वका विभिन्न  देशमा समेत नेता किमको साम्राज्यवादविरोधी आन्दोलन र समाजवादी क्रान्तिमा दक्षिण अफ्रिका, स्विजरल्याण्ड र चीनमा विचार गोष्ठीहरू सम्पन्न भएका छन् भने इटाली र थाइल्याण्डमा पनि कोरियाली जनताका मित्रहरू सम्मिलित भेलाहरू भएका छन्।  

ती कार्यक्रमहरूमा महान नेता राष्ट्रपतिको कष्टपूर्ण जीवनसङ्घर्ष र उपलब्धि प्रदर्शन हुने तस्विरहरू, नेता किम जोङ इल र मार्शल किम जोङ उनका तस्विर तथा कृति (पुस्तक) हरू समेत प्रदर्शन गरिएका थिए। साथै सोन्गुन कोरियाको वास्तविक चित्रण गर्ने पुस्तक तथा तस्विरहरू पनि प्रदर्शन गरिएका थिए।  

सो अवसरमा दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टी एमफमालाङ्गा प्रान्तीय समितिका सचिव एवं कोरियाली जनतासित मैत्री एवं ऐक्यबद्धता संघका अध्यक्ष बोनाकेले मजुबाले राष्ट्रपति किम इल सुङ जुछे विचारधाराका संस्थापकका रुपमा एक महान चिन्तक तथा सिद्धान्तकार भएको बताउनुभयो। जुछे विचारधाराले क्रान्तिकारी जन समुदायलाई क्रान्तिको मालिक बनाउँछ र स्वाधिनताको लडाइँलाई विजयसम्म पुर्‍याउँदै बुद्धिमतापूर्वक विकास निर्माण र नेतृत्व प्रदान गर्छ।  

स्विजरल्याण्ड–कोरिया कमिटीका अध्यक्ष मार्टिन लोत्श्चरले राष्ट्रपति किम इल सुङ समय र इतिहासमा उहाँका अमर योगदानका  कारण मानव जातिको हृदयमा सदा जीवित रहने बताउनुभयो।  

चीनस्थित अरब सूचना केन्द्रका अध्यक्ष मुस्तफा अल सफारिनीले राष्ट्रपति किम एक वरिष्ठ राजनेता भएको र उहाँले कोरियाली जनतालाई स्वाधीन र क्रान्तिकारी बन्न प्रेरित गरेको बताउनुभयो। 

त्यस्तै जुछे विचारधारा अध्ययन इटालियाली समितिका महासचिव फ्रान्को कोस्टान्जीले राष्ट्रपति किमले एकै पुस्तामा जापानी र अमेरिकी साम्राज्यवादी शक्तिलाई परास्त गर्न र प्रजग कोरियालाई एक स्वाधीन र समाजवादी राष्ट्र, आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रिय प्रतिरक्षामा आत्मनिर्भरता विकास गर्नमा प्राप्त गर्नुभएको सफलताको प्रशंसा गर्दै उहाँका योगदान र विचार सदा चम्किरहने छन् भन्नुभयो।  

ती बैठकहरूबाट नेता मार्शल किम जोङ उनलाई बधाई मन्तव्य पनि पठाएका थिए।  

भेनेजुयलामा जुछे विचारधारबारे राष्ट्रिय गोष्ठी 

नेता किम इल सुङको जन्म दिवसका अवसरमा अप्रिल ११ का दिन भेनेजुयलामा एक राष्ट्रिय विचार गोष्ठी सम्पन्न भयो।  

गोष्ठीमा विभिन्न क्षेत्रका नेतृत्वदायी व्यक्तित्वहरू, जुछे विचारधारा अध्ययन समूहहरूका सदस्यहरू,  प्रजग कोरियासित मैत्री र ऐक्यबद्धता सङ्गठनका सदस्यहरू र अरु कोरियाली जनताका भेनेजुयाली मित्रहरूको उपस्थिति थियो।  

गोष्ठीको सुरुमै सहभागीहरूले राष्ट्रपति किम इल सुङ र नेता किम जोङ इलका ठूला तस्विर अगाडि पुष्पगुच्छा अर्पण गरी उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।  

सो गोष्ठीमा जुछे विचारधारा अध्ययन राष्ट्रिय समाजका उपाध्यक्षले राष्ट्रपति किम इल सुङको महान योगदानबारे चर्चा गर्नुभयो।  

उहाँले अगाडि भन्नुभयो, राष्ट्रपति किमले सशस्त्र सङ्घर्षलाई महत्त्व दिई नयाँ विचारधारा प्रतिपादन गर्नुभयो र व्यवहारमा लागू पनि गर्नुभयो, यो नै उहाँको सबैभन्दा महान योगदान हो।  

राष्ट्रपति किमको विचारधाराकै कारण प्रजग कोरिया आज एउटा बलियो सैनिक शक्ति रहेको छ र संरा अमेरिकी साम्राज्यवादी आक्रमणको प्रतिकारका निम्ति दृढ छ।  

राष्ट्रपति किम निश्चय नै क्रान्तिका अग्रदूत र महान राजनेता हुनुहुन्थ्यो। उहाँले बुद्धिमतापूर्वक देशको सार्वभौमिकता र स्वाधिनता रक्षाको लडाइँमा जनताको नेतृत्व गर्नुभयो। प्रजग कोरियालाई उन्मूलन गर्ने संरा अमेरिकाको निरन्तरको युद्ध उत्तेजनात्मक दुष्कार्य गरी रहँदा पनि नेता किमको विचारधाराले प्रजग कोरियालाई शान्ति, स्वाधिनता र समृद्धितर्फ डोर्‍याएको छ।  

भेनेजुयलाका पूर्व उपराष्ट्रपति एडिना बास्तिडासले राष्ट्रपति किम इल सुङले प्रतिपादन गर्नुभएको जुछे विचारधारा नितान्त नयाँ विचारधारा भएको बताउँदै भेनेजुयलाको धरातलमा पनि सो विचारधारा अति आवश्यक छ भन्नुभयो। उहाँले भेनेजुयालीहरूले पनि जुछे विचारधारा अपनाउनु अत्यन्त महत्त्वपूर्ण छ भन्नुभयो। 

राष्ट्रिय गोष्ठीले मार्शल किम जोड उन र बहादुर कोरियाली जनतालाई सम्बोधन गर्दै एक बधाई सन्देश पारित गरी पठाएको थियो। 

कोरियाली पुस्तक, तस्विर र हस्तकला प्रदर्शनी 

राष्ट्रपति किम इल सङको जन्म दिवसकै अवसरमा रसिया, पेरु र नाइजेरियालगायत देशहरूमा कोरियाली पुस्तक, तस्विर र हस्तकला प्रदर्शनी भएका छन्।  

सो अवसरमा रसियाली जुछे विचारधारा, प्रजग कोरियाको इतिहास र संस्कृति अध्ययन समूहका अध्यक्षलगायत अरु वक्ताहरूले मार्शल किम जोङ उनले नेतृत्व गर्नुभएको प्रजग कोरिया निश्चित रुपमा समृद्ध समाजवादी राष्ट्र बन्ने ठोकुवा गर्नुभयो। वक्ताहरूले प्रजग कोरियाली जनताले क्रान्तिकारी जुछे विचारधारा अङ्गाली आफ्ना नेताहरूमाथि गहिरो विश्वास जाहेर गर्दै प्रगतिपथमा लम्किरहेकोमा बधाई पनि दिनुभयो।  

पेरुभियाली विश्वविद्यालयका रेक्टरले त्यस्ता प्रदर्शनीले दुई देशका जनताबीच मित्रता अभिवृद्धि, सांस्कृतिक र सहयोग आदानप्रदानमा ठूलो योगदान पुग्ने बताउनुभयो।  

नाइजेरियाली योबे राज्यका निम्ति श्रम मन्त्रालयका स्थायी सचिवले मार्शल किम जोङ उनको बुद्धिमतापूर्ण नेतृत्वमा कोरियाली जनताले निश्चित रुपमा राष्ट्रिय पुनर्एकीकरण गरेरै छाड्नेछन् भन्नुभयो।  

९प्ष््क क्ष् िक्गलनुक भ्हउयिष्तक उचबष्कभम ष्ल ायचभष्नल ऋयगलतचष्भक० 

प्यचभबल ऋभलतचब िल्भधक ब्नभलअथ ९प्ऋल्ब्०  

प्रस्तुतिः  प्रकाश  

 

 

 

 

 

 

 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी