अन्तर्राष्टि्रय दबु

संरा अमेरिकासँग कूटनीतिक सम्बन्धबारे क्युवाको पछिल्लो वक्तव्य


नाकाबन्दी अन्त्य, ग्वान्टानामो फिर्ता, हस्तक्षेपकारी गतिविधिको अन्त्य, क्युवाको सार्वभौमिकता एवं सामाजिक बन्दोबस्तप्रति सम्मान
(क्युवाको क्रान्तिकारी सरकारद्वारा १ जुलाईमा जारी वक्तव्य)
    संरा अमेरिकासँग कुटनीतिक सम्बन्ध पुनर्स्थापनापश्चात् द्विपक्षीय सम्बन्ध सामान्यकरण गर्न आवश्यक अन्य धेरै बुँदाहरूमा पनि क्युवामाथिको नाकाबन्दी अन्त्य अग्र महत्त्वको विषय हो। १ जुलाई सन् २०१५ मा गणतन्त्र क्युवाको राज्य परिषद् एवं मन्त्रीमण्डलका सभापति तथा सेनाका परमाधिपति राउल क्याष्ट्रो रुज र संरा अमेरिकाका राष्ट्रपति बाराक ओबामाबीच चिठी आदानप्रदान भयो, जसमार्फत् उहाँहरूले दुई देशबीच कूटनीतिक सम्बन्ध पुनःर्स्थापना गर्ने आफ्नो निर्णय पुष्टि गर्नुका साथै २० जुलाई २०१५ बाट एक अर्काको राजधानीमा स्थायी कूटनीतिक नियोग खोल्ने घोषणा गर्नुभयो। 
    त्यो दिन (२० जुलाई) वाशिङ्टनमा आयोजना गरिने क्युवाली दूतावासको औपचारिक उद्घाटन समारोहमा क्युवाका परराष्ट्रमन्त्री ब्रुनो रोड्रिग्युज पारिल्ला नेतृत्वको क्युवाली प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ। प्रतिनिधिमण्डलमा क्युवाली समाजका विभिन्न क्षेत्र र विषयका प्रतिनिधिहरू समावेश गरिनेछन्। 
    क्युवा र संरा अमेरिकाले यो औपचारिक कदम चालेर दुई देशले विशेषतः कूटनीतिक सम्बन्धबारे भियना समझदारीलगायत संरा सङ्घीय वडापत्र र अन्तर्राष्ट्रिय कानुनका सिद्धान्त एवं मान्यतामा आधारित रहेर जनता तथा सरकारी तहमा सम्मानित एवं सहकार्यमूलक सम्बन्ध विकास गर्ने दुवै पक्षको मनसाय अनुमोदन गरेका छन्। 
    क्युवा सरकारले आफ्नो सार्वभौमिकताको पूरा अभ्यास गर्दै संरा अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्ने निर्णय गरेको हो। यस क्रममा क्युवा स्वाधिनता र सामाजिक न्यायप्रतिको आफ्नो  आदर्शप्रति दृढ रहनेछ। संसारका न्यायपूर्ण विषयप्रतिको ऐक्यबद्धताप्रति क्युवा पछि हट्नेछैन। क्युवा हाम्रा जनताले रगत बलिदान दिएका प्रत्येक सिद्धान्तप्रति कटिबद्ध रहनेछ। क्युवाली क्रान्तिका ऐतिहासिक नेता फिडेल क्याष्ट्रो रुजको नेतृत्वमा हरेक किसिमका खतरा छिचोल्दै अघि बढ्नेछ।
    कूटनीतिक सम्बन्ध पुनर्स्थापना र दुतावास स्थापनासँगै द्विपक्षीय सम्बन्ध सामान्यकरणतर्फको लामो र जटिल प्रक्रियाको पहिलो चरण सकिनेछ। विगतमा कार्यान्वयनमा ल्याइएका र अझै पनि क्युवा र क्युवाली जनताबीच प्रभाव पारिरहेका र थोपरिएका नीतिहरूबाट उठेका धेरै प्रश्नहरूको समाधान गर्न अझै बाँकी छ। 
    क्युवाली जनताबीच क्षति र अभाव पुर्‍याइरहेका आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी जबसम्म चालू रहन्छन्, क्युवा र संरा अमेरिकाबीच सम्बन्ध सामान्य हुनै सक्दैन। हाम्रो अर्थतन्त्र विकासको सबभन्दा ठूलो तगारो नै नाकाबन्दी हो।  नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो र संरा अमेरिकालगायत  धेरै देशको हितमा यसले ठेस पुर्‍याइरहेको छ। 
    सम्बन्ध सामान्यकरणको लागि संरा अमेरिकी सरकारले अवैधानिक रुपमा कब्जा जमाइरहेको ग्वान्टानामो सैनिक आधार पनि क्युवालाई फिर्ता गर्नु अत्यावश्यक छ। अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गर्ने र हाम्रो सार्वभौमिकतामा आँच पुर्‍याउने रेडियो र टेलिभिजन बन्द गराइनुपर्छ, हस्तक्षेप र अस्थिरतालाई प्रोत्साहित गर्ने लक्ष्यसहित कार्यान्वयन गरिएका कार्यक्रम बन्द गरिनुपर्छ र संरा अमेरिकी नीतिका कारण भएका सबै मानवीय तथा आर्थिक क्षतिको क्युवाली जनतालाई क्षतिपूर्ति दिइनुपर्छ। 
    क्युवा सरकारले दुई देशबीच समाधान गर्न बाँकी विषयहरू  सम्झाइरहेका बेला अन्तर्राष्ट्रिय आतङ्कवादलाई प्रायोजन गर्ने देशहरूको नामावलीबाट क्युवाको नाम हटाउने, आफ्ना संसद सदस्यहरूलाई नाकाबन्दी अन्त्यको लागि उत्साहित गर्ने र आफ्नो कार्यकारी अधिकार प्रयोग गरी नाकाबन्दीको नीति कार्यान्वयनमा खुकुलोपना ल्याउने राष्ट्रपति ओबामाको पहलको स्वागत गर्दछ। 
    त्यस्तै गरी सम्बन्ध सामान्यकरणको प्रक्रियाको अंशका रुपमा दुई देशबीचको सम्बन्धको आधार इतिहासमा कहिल्यै नभएजस्तो विशेषतः १ सय १७ वर्षअघिको संरा अमेरिकी सैनिक हस्तक्षेप पछिको जस्तो नहुन जरुरी छ। त्यतिबेला स्पेनी उपनिवेशवादविरुद्ध क्युवामा झण्डै तीन दसक लामो स्वाधिनता युद्ध भएको थियो। 
    दुई देशबीचको सम्बन्ध पूर्णतः आपसी स्वाधिनता र सार्वभौमिकताको पूर्ण सम्मानमा आधारित हुनुपर्दछ। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणाली छनौटमा दुवै देशको अनुल्लंघनीय अधिकार हुनेछ। कुनै हस्तक्षेप हुनुहुँदैन। सार्वभौम समानता र आदानप्रदानको प्रचलित अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तमा खेलाँची गर्न पाइनेछैन। 
    क्युवा सरकार संरा अमेरिकी सरकारसँग सम्मानजनक संवाद कायम राख्ने चाहनामा जोड दिन्छ। दुवै सरकारबीच कायम भिन्नता र आपसी हितका क्षेत्रमा सहकार्यप्रति सम्मानमा आधारित रहेर सभ्य सहअस्तित्वपूर्ण सम्बन्धको विकासमा क्युवा जोड दिन्छ। 
    समृद्ध र दिगो समाजवाद निर्माण गर्न, देशको विकासमा अघि बढ्न र क्रान्तिका उपलब्धि जोगाउन आफ्नो आर्थिक तथा सामाजिक ढाँचा समयानुकूल गर्ने प्रक्रियामा क्युवा अघि बढिरहनेछ। 
हवाना, जुलाई १, २०१५
ऋगदबल क्तबतझभलत यल मष्उयि्कबतष्अ चभबितष्यलक धष्तज ग्क्। ध्यचपभचक' ध्यचमि
जुलाई २, २०१५
प्रस्तुतिः नीरज
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी