अन्तर्राष्टि्रय दबु

ताङ्गसान भूकम्पपछि – ५


भूइँचालोलाई चुनौती दिएको रेलगाडी
    (२०७२ साल वैशाख १२ गते शनिबार बिहान ११ः५५ मा गएको विनासकारी भूकम्पले धेरै धनजनको क्षति गर्‍यो। खोजतलास र उद्धार कार्यमा लागेका सैन्य जवान, सशस्त्र प्रहरी जवान, र अन्तर्राष्ट्रिय उद्धार एवं चिकित्सक टोलीहरू र विज्ञहरूको योगदानलाई जति प्रशंसा गरे पनि पुग्दैन। छिमेकी मित्र राष्ट्रहरू चीन र भारतलगायत विभिन्न मित्र राष्ट्रहरूको सहयोग र सद्भावलाई हामीले कहिल्यै बिर्सन सक्दैनौं। यसैबीच २०७२ साल वैशाख २९ गते मङ्गलबार मध्याह्न १२ः५५ मा गएको शक्तिशाली पराकम्पनले १२ गतेको भूकम्पले पारेको घाउमा नूनचुक छर्कने काम गर्‍यो। नेपाली जनताले धेरै त्रास, दुःख–कष्ट र पीडा भोगे। यसैगरी विभिन्न सञ्चारमाध्यमहरूबाट नेपाली जनताले धेरै महत्त्वपूर्ण प्रविधि, आध्यात्मिक र व्यवहारिक ज्ञानहरू हासिल गर्ने अवसर पाएका छन्। विपद् र दुःखको बेला एकले अर्कोलाई सहयोग गर्ने, आपसी मेलमिलाप, सामूहिकताजस्ता उद्धार सामाजिक भावहरू सिकेका छन्। नेपालमा पनि विपद्को बेला सहयोग गर्न तत्पर सार्‍है असल मनका ज्ञानी, गुणी र अनुभवी भूगर्वविद्, इन्जिनियर, सैनिक, प्रहरी, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, मनोचिकित्सक, पत्रकार, कलाकार, समाजसेवी, परोपकारी, धार्मिक व्यक्तित्व र विभिन्न सङ्घ–संस्था, क्लबहरू छन् भन्ने कुरा देखायो। विभिन्न राजनीतिक पार्टीहरूका योगदानहरू आ–आफ्नै ठाउँमा छन्। 
    यसै सन्दर्भमा आजभन्दा झण्डै ४० वर्ष अगाडि अर्थात् २८ जुलाई १९७६ मा ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो। मित्र राष्ट्र चीनको होपेइ प्रान्तको ताङ्गशान क्षेत्रमा गएको शक्तिशाली भूकम्पबारे चिनियाँहरूको आफ्नै अनुभव र पीडा छ। चिनियाँहरूको अनुभव र पीडाबारे नेपालीहरूले केही कुरा थाहा पाउँदा आफ्नो धैर्य र साहससँग तुलना गर्नेछौं – सम्पादक)
    जुलाई २८ बिहान ३ः४५ बजे शक्तिशाली भूकम्पले ताङ्गशान–फेङ्गनान ९त्बलनकजबल(ाभलनलबल० क्षेत्रलाई प्रहार गर्दा पेकिङ्ग तालियन एक्सप्रेस ९एभपष्लन(त्बष्भिल भ्हउचभकक० नम्बर १२९ कुयेह ९प्गथभज० रेलगाडी स्टेशनबाट ताङ्गशान सहर हुँदै अघि बढ्दै थियो। भूकम्पको केन्द्रविन्दु ताङ्गशान थियो। एउटै शरीरको रुपमा एक ढिक्का भएको रेडगाडीमा बसेका पार्टी शाखा नेतृत्वअन्तर्गतको चालक दलले निकै साहस र कुशलतापूर्वक सङ्कटको सामना गर्‍यो। तिनीहरूले १,४०० यात्रु बोकेको रेलगाडीलाई सुरक्षित रुपमा रोक्यो। रेल गाडीका यात्रु र स्थानीय बासिन्दाले एकै स्वरमा यस कार्यलाई भूकम्पलाई चुनौती दिएको रेलगाडी भनी चिच्याए।
    जुलाई २७ मा मात्र नम्बर १२९ एक्सप्रेस २३ः४४ बजे पेकिङ रेल्वे स्टेसनबाट छुटेको थियो। युवा इन्जिन चालकहरू चाङ्ग याओ–ऊ ९ऋजबलन थ्बय(ध्ग० र लिउ चेन–पाङ्ग ९ीष्ग ऋजभलन(एबल० ले रेलगाडी हाँकेका थिए। भोलिपल्ट (बिहान) ३ः४१ बजे प्रतिघण्टा ९३ किलोमिटरको हिसाबले रेलगाडी सामान्य गतिमा कुयेहतिर सोझिंदै पूर्वतर्फ अघि बढिरहेको बेला चालकहरूले आकासमा बिजुली चम्केजस्तै पर अचानक निस्केका तीनओटा आँखै तिर्मिराउने ज्वालाहरू देखे। बिजुली चम्कँदा उज्यालो देखिएजत्तिकै छिटो उज्यालो गइहाल्यो। च्याउको आकारमा तीनओटा धुवाँको छायाँ आकासको माथितिर गएको देखियो। चालकहरूले यी सब तत्कालै शक्तिशाली भूकम्प जाने सङ्केतहरू थिए भन्ने कुरा बुझिहाले। अगाडि रेलगाडी गुड््ने पुल थियो। वेग गतिमा गुडिरहेको रेल्वे त्यसलाई ३० सेकेन्डमा पार गर्नुपर्थ्यो। एकक्षण पनि नहडबडाइकन चाङ्ग याओ–ऊले सङ्कटकालीन ब्रेक लगाए। रेल गाडी विस्तारै गुडिरहँदा, भूकम्पले धक्का दियो, रेलका डिब्बाहरू दायाँ–बायाँ नराम्ररी हल्लिए र एक आपसमा बेस्सरी ठोक्किए। रेलगाडी पल्टिने खतरालाई घटाउन, दोस्रो ब्रेक लगाउनुको सट्टा चाङ्ग याओ – ऊले विस्तारै मुख्य ब्रेकलाई छोडिदिए र त्यसलाई ताने। हल्लिरहेको रेलगाडी छिट्टै रोक्यो। रेलको पटरीबाट रेलगाडी बाहिर हुत्तिनबाट जोगियो र सबै यात्रुहरू सुरक्षित भए।
    के भएको हो बुझेर सबै यात्रुहरू रेलगाडीबाट ओर्ले र चाङ्ग याओ–ऊसँग प्रेमपूर्वक हात मिलाए र उनको कुशलता र साहस अनि जनता र क्रान्तिप्रति उनको उच्च जिम्मेवारीको भावनालाई मुक्तकण्ठले प्रशंसा गरे।
    इन्जिन चालकहरू र मर्मत सम्भार गर्ने मजदुरहरूले तुरुन्तै रेलगाडीको इन्जिन र डिब्बाहरू जाँचे र सबै ठीकठाक भएको पाए। तर, रेलगाडी अघि बढ्न सकेन किनभने रेल बाटो भाँचकुच भएको थियो।
    पार्टी शाखा समितिले तत्कालै सङ्कटकालीन बैठक बोलायो। एउटा नारा तय गरियो: मुख्य रुपमा वर्गसङ्घर्षलाई लिनु, प्रत्येक यात्रुको सुरक्षाको प्रत्याभूति गर्नु र उपकरणको प्रत्येक भागको सुरक्षा गर्नु। भूकम्पपछिको विनाससँग जुझ्न पार्टी शाखा सचिव लाङ्ग यु–हुआन ९ीबलन थ्ग(ज्गबल० ले नेतृत्व गरेको कमाण्ड पोष्ट र यात्रुहरूको तर्फबाट मित्रवत् प्रतिनिधिहरू रहेको एउटा संयुक्त टोली गठन भयो। रेलमा यात्रा गर्ने कम्युनिष्ट पार्टी, कम्युनिष्ट युवा सङ्घका सदस्यहरू, क्रान्तिकारी पार्टी कार्यकर्ताहरू र जनमुक्ति सेनाका कमाण्डर र योद्धाहरूलाई सर्वहारा क्रान्तिकारी भावना, कठोर परिश्रम, एकता र एकले अर्कोलाई सघाउने कार्यको प्रदर्शन गर्न, सबै गार्‍होफारोमाथि पार पाउनलाई यात्रुहरूको नेतृत्व गर्नलाई सबथोक गर्न अनुरोध गरिए।
    पार्टी शाखाको आह्वानलाई चालक दल र यात्रुहरूले सहृदयपूर्वक समर्थन जनाए। हाइचेङ्ग ९ज्बष्अजभलन०, लियाओनिङ्ग ९ीष्बयलष्लन० प्रान्तको विद्युत मिटर कारखानाको एक मजदुर अनि कम्युनिष्ट पार्टी सदस्य लिउ चिउ–लिन ९ीष्ग ऋजष्ग ीष्ल० उद्धार कार्यमा लाग्ने पहिलो स्वयम्सेवक थिए र उनले भने:'गतवर्ष हाइचिङ्ग ९ज्बष्अजभलन० मा गएको शक्तिशाली भूकम्पमा काम गरेको मलाई अनुभव छ। डराउनुपर्ने कुरा केही छैन। म पार्टी सदस्य हुँ। कृपया मलाई काम गर्न सघाउनुस्।' सवारी डिब्बा नम्बर ११ को हवाई सेना समूहका सदस्यहरूले सङ्कटकालीन पार्टी समूहको बैठक बोलायो। त्यस बैठकको अध्यक्षता त्यस समूहको कमाण्डर ऊ सिन–तिङ्ग ९ध्ग ज्कष्ल(त्ष्लन० ले गरेका थिए। तिनीहरूले भने:'हामी जनताका सेना हौं। भूकम्पपछिको विनासविरुद्ध लड्न हामी अग्रभागमा उभिनुपर्छ।' तिनीहरूले पार्टी शाखालाई सबैभन्दा गार्‍हो काम जिम्मा दिन आग्रह गरे। सवारी डिब्बा नम्बर ८ को अठ्चालिस जना पार्टी कार्यकर्ताहरू र लियाओनिङ्ग ९ीष्बयलष्लन० प्रान्तको तिअहेलिङ्ग ९त्ष्भजष्लिन० काउन्टीमा अवस्थित चेनसिपाओ ९ऋजभजकष्उबय० जनकम्युनका सुशिक्षित युवाहरूको आफैलाई आपत्कालीन वाहिनी ९क्जयअप द्यचष्नबमभ० मा फेरे। पार्टी समिति सचिव तियन चि–चुङ्ग ९त्ष्भल ऋजष्(ऋजगलन० ले त्यस वाहिनीको नेतृत्व गरेका थिए। तियन चि–चुङ्गहरू शानसी प्रान्तमा अवस्थित 'ताचि उत्पादन वाहिनी' को स्थलगत भ्रमण सकाएर भूकम्प आउनुभन्दा केही घण्टा अघि आ–आफ्नो घर फर्कन रेल यात्रा गर्दै थिए।
    भूकम्पपछिको सङ्कटकाल जुझ्नको लागि लडाकू एकाइ गठन गर्न रेलगाडी पार्टी शाखाको नेतृत्वमा १४०० यात्रु चालक दलका सदस्यहरूले भिन्न–भिन्न सैनिक टुकडीहरूलाई एउटै बनाए।
    जुलाई २९ बिहान भूकम्प प्रभावित क्षेत्रका पीडितहरूको नाममा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सहानुभूति र संवेदना सन्देश रेलगाडीबाट ढ्वाङ्ग फुकेर प्रसारित भयो। अध्यक्ष माओ र पार्टी केन्द्रीय समितिको चिन्ताबाट यात्रु र चालक दलका सदस्यहरूको हृदयमा उत्साह सञ्चार भयो र भूकम्पपछिको सङ्कटकाल र विनासमाथि पार पाउन तिनीहरूले थप विश्वास र बल प्राप्त गरे।
    यात्रुहरूको लागि पिउने पानी आपूर्ति सुनिश्चित गर्न हवाई सेनाका दशजना कामरेडहरूले केही परबाट १०० ग्राम बाल्टिन ९ज्ञयय पन तगद० पानी ल्याउन स्वेच्छाले त्यसतर्फ गए। बेला बेलामा गइरहने पराकम्पहरूले गर्दा तिनीहरूको खुट्टा लरवराए तापनि पानी पोख्नबाट बचाउन बाल्टिनलाई होसियारीपूर्वक समाए। चालक दल र यात्रुहरू मिलेर कठोरतापूर्वक काम गर्दै प्रत्येक यात्रुलाई खानेपानी आपूर्ति गर्नुका साथै भूकम्पले प्रभावित वस्तीको वरपर पानीको मुहान पनि फेला पारे। भूकम्पले त्यस क्षेत्र आफै गम्भीर रुपमा क्षतविक्षत भए तापनि कुहे ९प्गथभज० पार्टी समितिले २.५ टन चामल र १०० किलो ग्राम पीठो प्रदान गर्‍यो। रेलगाडीको चुल्हो काममा नआउने भएपछि चालक दलले रेलको बाटोमा ओछ्याएका डण्डीहरूबाट काम चलाउ चुल्हो बनाए। त्यसपछि तिनीहरूले यात्रुहरूलाई तात्तातो खाना खुवाए।
    सामूहिक बलबाट गार्‍हो फारोमाथि पार पाउन कमाण्ड नेतृत्वमा यात्रुहरूले एकता र आपसी सहयोगको कम्युनिष्ट भावना प्रदर्शन गरे। खानेकुरा भएका यात्रुहरूले आफूलाई केही बाँकी नराखीकन अघिपछि कहिल्यै नदेखेका पीडितहरूलाई खानेकुरा बाँडे। खानेपानी बहुमूल्य थियो। यद्यपि, धेरै यात्रुहरूले वृद्ध–वृद्धा, केटाकेटी र बिरामीहरूलाई खानेपानी दिए।
    जुलाई २९ को बेलुकी १० बजेतिर आफ्नो साथमा रहेको स्वास्थ्यलाभ गरिरहेकी मानसिक बिमारले ग्रस्त एक महिला हराएको खबर गर्न एकजना यात्रु हस्याङफस्याङ गर्दै गार्ड भएको ठाउँतिर गए। कमाण्ड पोस्टका कामरेडहरूलाई यसको खबर दिएपछि तिनीहरूले तिनलाई खोज्न जाने प्रतिज्ञा गरे। तिनीहरूले भने, 'हाम्रो नाराले प्रत्येक यात्रुका सुरक्षाको प्रत्याभूति गर्छ।' बाक्लो कुहिरो लाग्नाले स्पष्ट केही देखिएको थिएन। तिनीहरूले तिनलाई कसरी भेटाउन सक्थे र? तिनीहरूले रेलगाडीको नजिकै तिनलाई खोजे। रेलगाडीको प्रमुख उपनिर्देशक चाङ्ग सिऊ–लान ९ऋजबलन ज्कष्ग ीबल० ले एकजना गार्ड र चालक दलका ३–४ जना सदस्यहरू साथमा लिएर तिनलाई खोज्न ताङ्गशानतर्फ हिंडे। त्यहाँ तिनीहरूले तिनलाई भेट्टाए। ३–४ किलोमिटर परसम्म पानीमा रुझोर हिंडेपछि अन्ततः तिनीहरूले तिनलाई भेट्टाइ छाडे।
    हरेक यात्रु र रेलगाडीको सुरक्षा सुनिश्चित गर्न बत्तीस जना यात्रु र तीनजना गार्डहरूले स्वयम्स्फूर्त रुपमा एउटा सुरक्षा समूह गठन गरे। हुरी–बतास र वर्षामा पनि तिनीहरू पालैपालो पहरा बसे र २४ सै घण्टा गस्ती गरे। कमाण्ड पोस्टको आयोजनामा रेलमा यात्रा गरेका डाक्टर र नर्सहरू स–साना समूहमा विभाजित भएर पालैपालो काममा खटे। त्यसदेखि बाहेक यात्रुहरूको औषधि उपचार गर्नुको साथै स्थानीय वस्तीका घाइतेहरूको उपचार र सेवा सुश्रूवा गरे।
    रेलगाडीको पार्टी शाखाले नजिकैको नगरमा उद्धार कार्यमा लागिरहेका जनमुक्ति सेनाका एकाइहरूसँग सम्पर्क गर्‍यो। जुलाई ३० को बिहान जनमुक्ति सेनाले तीसओटा गाडीहरू (ट्रकहरू) पठायो र सबै यात्रुहरूलाई सुरक्षित ठाउँमा राखिए। गाडी चढ्दा तिनीहरू हार्दिकतापूर्वक चिच्याए: 'अध्यक्ष माओ जिन्दावाद !' 'कम्युनिष्ट पार्टी जिन्दावाद !' धेरै जनाले आँखाभरि कृतज्ञताको आँसु राख्दै चालक दलका सदस्यहरूलाई बिदाइको हात हल्लाए।
    पछि यात्रुहरूलाई सुरक्षित स्थानमा लगिए, स्थानीय भूकम्प पछिको विध्वंससँग भिड्न र राहत कार्यलाई अघि बढाउने कार्यमा चालक दलका सदस्यहरूलाई नेतृत्व गर्दै तत्कालै पार्टी शाखा लडाइँमा फर्क्यौं।
९द्यययप स् ब्ातभच त्बलनकजबल भ्बचतजत्रगबपभ 
त्जभ तचबष्ल तजबत मभाष्भम तजभ त्रगबपभ।०

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी