अन्तर्राष्टि्रय दबु

साम्राज्यवादी युद्धका कारण विफल बन्दै सहस्राब्दी विकास लक्ष्य

अबायोमी अजिकिवे 
    यो वर्ष संरा. सङ्घीय सहस्राब्दी विकास लक्ष्यअनुसार तथाकथित विकासोन्मुख देशहरूमा गरिबी न्युनिकरण र जीवनस्तर सुधारमा निश्चित उपलब्धि हासिल गर्ने तय गरिएको थियो। 
    सन् २००० मा राष्ट्र सङ्घले आयवृद्धि, सर्वसुलभ शिक्षा, लैङ्गिक समानता र अन्य किसिमका भौतिक प्रगति हासिल गर्न एउटा कार्यक्रम तर्जुमा गरेको थियो। यो वर्षसम्ममा स्वस्थ, उन्मुक्त र खुशी जनतामार्फत सहजै मापण गरिने दिगो उपलब्धि अफ्रिका, एसिया– प्रशान्त, मध्यपूर्व र ल्याटिन अमेरिकाभरि देखिनुपर्ने थियो।
    लण्डनबाट प्रकाशन हुने गरेको 'गार्जियन' खबरपत्रिकामा छापिएको एउटा लेखमा भनिएको छः “सहस्राब्दी विकास लक्ष्यले आठ वटा प्रमुख क्षेत्रलाई लक्षित गरेको छ– गरिबी, शिक्षा, लैङ्गिक समानता, शिशु मृत्युदर, मातृस्वास्थ्य, रोगब्याधी, वातावरण र विश्वव्यापी साझेदारी। हरेक लक्ष्यलाई २१ वटा विशेष उप–लक्ष्य र ६० भन्दा बढी मापक निधारित छन्।” (जुलाई ६)
    तथ्याङ्कले घरायसी आय वुद्वि र अशिक्षा एवं शिशु मृत्युदर न्युनिकरणमा प्रगति भएको देखाएको छ। त्यस्तै अफ्रिका र ऐसिया क्षेत्रका विद्यालयहरूमा छात्रा एवं महिला हाजिरी बढेको छ। यसले अशिक्षा एवं चरम गरिबीमा प्रभाव पारेको छ।
    सन् १९९० मा झण्डै २ अर्ब मानिस प्रति दिन १.२५ अमेरिकी डलरभन्दा कम आयमा बाच्न बाध्य थिए। संरा.सङ्घका अनुसार अहिले त्यति नै आयमा जीवनयापन गर्ने मानिसको सङ्ख्या घटेको छ।
    तथापि यी तथ्याङ्कको कुनै विश्लेषण गर्दा दुरसञ्चार, साना उद्योग तथा खानी रोजगारीमा बढ्दो पहुँचबीच विभिन्न विकासोन्मुख देशहरूमा जीवयापन खर्चमा भएको वृद्धिलाई ध्यान राखिनुपर्दछ।
    ग्रामीण भेग तथा साना शहरी क्षेत्रबाट धेरै मानिस प्रमुख शहरहरूमा ओइरिरहेको अवस्थामा जीवनयापनको लागि अपरिहार्य आवश्यकता स्वभाविक रुपमा बढेका छन्। परिणामतः नाइजेरियाजस्तो देशको व्यापारिक केन्द्र लागोसमा पुलमूनि जीवनयापन गर्ने मानिसहरूको सङ्ख्या हजारौं छन्। जब कि पश्चिम अफ्रिकी देश नाइजेरिया सन् २०१४मा अफ्रिकी महादेशकै सबभन्दा ठूलो अर्थतन्त्र भएको देश हो।
    च्यानल न्युज एसियाले भनेको छ, “संरा.सङ्घीय सहस्राब्दी विकास लक्ष्य इतिहासकै सर्वाधिक सफल गरिबीविरोधी पहल भएर पनि अद्यापि झण्डै ८० करोड मानिस चरम गरिबीमा बाँचिरहेका छन् र भोकमरी पीडित छन्।” (जुलाई ६) 
    राष्ट्र सङ्घले जीवनस्तर वृद्धि प्रक्रिया असमान रहेको र कुनै पनि दिगो विकास कार्यक्रमले सामाजिक असमानता सम्बोधन गर्नुपर्छ, ताकि अति गरीव र अत्यन्त सीमान्तकृत मानिसको जीवनमा गुणात्मक प्रगति गर्न सकिने कुरा स्वीकारेको छ। 
    समयान्तरमा संरा.सङ्घीय सदस्य देशहरूले सेप्टेम्बर महिनामा हुने एउटा राष्ट्र सङ्घीय शिखर सम्मेलनमा ध्यान केन्द्रित गर्न दिगो विकास लक्ष्य भनिने नविकृत विकास लक्ष्यको क्रमावलीको मस्यौदा गर्ने र अनुमोदन गर्नुपर्नेछ। नयाँ कार्यक्रमअन्तर्गत आगामी सन् २०३० सम्ममा चरम गरिबी उन्मुलन गर्ने लक्ष्य निर्धारण गरिएको छ।
    सन् २००० देखि प्रक्रियागत आर्थिक वृद्धिका लागि उल्लेखित देशहरूमा समेत वर्गीय विभाजनको खाडल अझ गहिरिंदै गएको देखिएको छ।
    नाइजेरिया, घाना र बु्रकिना फासोजस्ता देशहरूमा तेल, प्राकृतिक ग्यास र महत्त्वपूर्ण खनिजजस्ता स्रोतहरूको व्यापक शोषण गर्न दिई कमाइएको विदेशी मुद्राका कारण आर्थिक वृद्वि उल्लेख्य मात्रामा बढेको छ। तर यी सबै देशहरूमा राष्ट्रिय पूँजीपति वर्ग र सर्वहारा, विद्यार्थी र किसान लगायतका कामदार जनताबीचको द्वन्द्वका कारण बेला–बेलामा अस्थिरता चर्किने गरेको छ।
    ५५ वर्ष अघि स्वाधिन बने यता नाइजेरियाले यतिबेला सबभन्दा खत्तम आर्थिक सङ्कट झेलिरहेको छ। उत्तरपूर्वमा बोको हराम विद्रोहीविरुद्धको युद्धका कारण आर्थिक क्रियाकलाप ठप्प छ। नाइजेरियाबाट क्यामरुन, नाइजर र चाडतर्फ निर्वाचित हुनेहरूको सङ्ख्या पनि बढिरहेको छ।         नवोदित तेल उत्पादक देश घानामा कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र पेट्रोलियम कारखानाका मजदुरहरू मुद्रास्फीतिविरुद्ध कदम चाल्न सरकारसमक्ष माग गर्दै हड्ताल र जनप्रदर्शनमा उत्रेका छन्। 
    छिमेकको बु्रकिना फासोमा गत अक्टोवर महिनामा जनविद्रोह भयो। फ्रान्स र संरा अमेरिकाको समर्थन प्राप्त नागरिक मा रुपान्तररित सैनिक तानाशाह २७ वर्षको डकैती र राजनीतिक दमनपश्चात् देश छोडेर भाग्नुपर्‍यो। अफ्रिकी महादेशमा चौथो ठूलो सुन निर्यातकर्ता भएर पनि बु्रकिना फासोमा बेरोजगारी अचाक्ली छ।
    यी सामाजिक समस्याहरू यो क्षेत्रको उत्पादनमा हावी रहेको विश्व पूँजीवादको दुष्प्रभाव हुन्। 
साम्राज्यवादी युद्ध, विश्व पूँजीवाद
    धेरै क्षेत्रमा साम्राज्यवादी युद्ध र तेल तथा वस्तु मूल्य घटेपश्चात् अवस्था थप भयावह बनेको छ। इराक, अफगानिस्तान, लिविया, सिरिया, यमन, इजिप्ट, सुडान र नाइजेरियामा युद्धका कारण निर्वासन र मृत्यु व्यापक बनेको छ। 
    सन् २०१४–२०१५ मा तेलको मूल्यमा भएको व्यापक गिरावटले नाइजेरिया, घाना, सुडान गणतन्त्र र दक्षिण सुडानजस्ता देशहरूमा थप जटिलता थपिएको छ। नाइजेरियामा हालको सरकारका राष्ट्रपति माहामाडो बुहारीले एक पैसा पनि नभएको  शासनको विरासत आफूले सम्हाल्नुपरेको बताए। सरकारी कर्मचारीहरूले महिनौंदेखि तलब पाएका छैनन्। अफ्रिकाकै सबभन्दा ठूलो तेल उत्पादक देशका सहरी क्षेत्रमा तेल पाउन घण्टौं लाइन बस्नुपर्ने अवस्था छ। अफ्रिका, मध्यपूर्व र एसियाका बालबालिका र महिलाहरू युद्ध र खाना, पानीलगायत अन्य आधारभूत सेवाको अभावबाट प्रभावित छन्। 
    संरा अमेरिकाले बुनेका ती युद्धहरूले आन्तरिक रुपमा विस्थापित मानिसहरू तथा शरणार्थीहरूमा ठूलो सङ्कट निम्त्याएको छ। यो वर्षको आरम्भ यतामात्र भू–मध्य सागर टर्ने क्रममा २ हजारभन्दा बढी मानिस मारिएको अभिलेख छ। 
    मध्यपूर्व, दक्षिण–केन्द्रीय एसिया र उत्तर अफ्रिकामा शरणार्थी र आन्तरिक रुपमा विस्थापितहरूको सङ्ख्या करोडौं छ। संरा सङ्घीय शरणार्थी नियोगबाट प्राप्त जानकारीअनुसार पछिल्ला वर्षहरूमा झण्डै ६ करोड मानिस विस्थापित भएका छन्। दोस्रो विश्वयुद्धको अन्त्य यता यो सबभन्दा खराब अवस्था हो। 
    धनी र गरिबबीचको गहिंरिदो भेदसँगै बहुमत मानव जातिको निम्ति पवित्र विकास सम्भव छैन। बहुर्राष्ट्रिय कम्पनीहरू, अन्तर्राष्ट्रिय वित्तीय पूँजी र संरा अमेरिका तथा युरोपेली सङ्घजस्ता साम्राज्यवादी शासनले आफ्नो सामाजिक अवस्था सुधार्न विकासोन्मुख देशका सरकार एवं जनताको प्रयासलाई विफल पारिदिने गरेका छन्। 
    आक्रामक कूटनीतिक तथा सैनिक हमला विकासोन्मुख देशहरूमा मात्र सीमित भने छैन। पूर्वी युक्रेनको युद्ध उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को नाकाबन्दी एवं विस्तारमार्फत रुसलाई कमजोर पार्न घेरबन्दी गर्ने संरा अमेरिकाको चासोको प्रत्यक्ष परिणाम हो। 
    जुलाई ४ मा जनवादी गणतन्त्र चीनको विदेश मन्त्रालयले एसिया प्रशान्त क्षेत्रमा वाशिङ्टनले अनावश्यक तनाव उछालिरहेको आरोप लगायो। सिन्ह्वा समाचार संस्थाले 'पेन्टागनको पछिल्लो सैनिक प्रतिवेदनको आलोचना गर्दै संरा अमेरिकालाई शीतयुद्धकालीन मानसिकता त्याग्न' आग्रह गर्‍यो। 
    'चिनियाँ खतरा' देखाएर खेल्ने आशयको संरा अमेरिकी प्रतिवेदनप्रति हामी असन्तोष व्यक्त गर्दै विरोध गर्दछौं', बेइजिङस्थित दैनिक प्रेस भेटघाटमा बोल्दै विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुङयिङले भने। 
ध्यचपभच धयचमि
९ जुलाई २०१५
प्रस्तुतिः नीरज
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी