अन्तर्राष्टि्रय दबु

यमनमाथि साउदी बमबारी रोक्न जनदबाब आवश्यक

अबायोमी अजिकिवे
    गत मार्च २६ देखि साउदी अरब र खाडी सहकार्य परिषद्ले यमनमाथि हवाई हमला गर्दै आएको छ। हमलालाई पेन्टागनले सहयोग गर्र्दै आएको छ। वमबारीको निम्ति ऊसित पनि समन्वय भइरहेको छ। हमलामा परी हजारौं मानिस मारिए भने हजारौं हजार घाइते छन्। रियाद (साउदी अरब) नेतृत्वको मोर्चालाई पेन्टागन (संरा.अमेरिकी रक्षा विभाग)ले गुप्तचरी, तेल भर्ने प्रविधि र कूटनीतिक रक्षामा सहायता गरिरहेको छ।
    मोर्चाले यमनको राजधानी सानास्थित पूर्वराष्ट्रपति अली मुख्यालयमा अब्दुल्लाह सालेहको जनरल पिपुल्स काङ्ग्रेसका मुख्यालय हमला गर्‍यो। सो दलका कार्यकर्ता फेयक अल सायेदले 'हमलामा परी कर्मचारी सुरक्षाकर्मीहरू मारिनुका साथै भवनहरू ध्वस्त भएको बताए। हमला भएको बखत राजधानीको कुनै ठाउँमा संरा सङ्घका दूत इस्माइल अल चियख अहमदसँग बैठक भइरहेको थियो। जनरल पिपुल्स काङ्ग्रेसका वेभसाइट ब्कियतब्कबच।लभत मा सो जानकारी दिइएको छ। 
    अल सायेदले राष्ट्र सङ्घीय दूतको मिसन असफल पार्ने प्रयास स्वरुपमा सो बमबारी गरिएको बताए। राष्ट्र सङ्घीय दूत अहमद यथाशक्य चाँडो मानवीय युद्धविरामको अवस्था सृजना गरी शान्ति वार्ता गराउने लक्ष्य बोकेर त्यहाँ पुगेका थिए। 
    जनरल पिपुल्स काङ्ग्रेस र अनलसुरल्लाह (हुथी) बीचको गठबन्धन सत्ताच्युत राष्ट्रपति अबेद राब्बो मनसुर हादी पक्षधर शक्तिसँग लडिरहेको छ। हादी रियाधमा छन्। 
    हादीले आफू पुनःसत्तामा आउने सम्झौतामा नहुञ्जेल कुनै युद्धविराम हुन नसक्ने बताउँदै आएका छन्। हालै जेनेभामा भएको वार्ता पनि विफल भयो। संरा अमेरिकाको आडप्राप्त साउदी सरकारले राजनीतिक सङ्कट समाधाना गर्ने लक्ष्यसहित छलफल गर्न नचाहनु नै वार्ता विफलको कारण थियो। 
    त्यसमाथि हावी पक्षधर साउदी खाडी सहकार्य परिषद् मोर्चाले हुथी र जनरल पिपुल्स काङ्ग्रेको गठबन्धन शक्तिले आफ्नो  नियन्त्रणमा रहेका विशाल भूभाग छोडे मात्र मानवीय सहायता गर्न संयुक्त राष्ट्र सङ्घसमक्ष अपिल गरेको छ। 
संरा अमेरिकी आड प्राप्त लडाकू विमानद्वारा दक्षिणमा बमबारी
    मानव अधिकार पर्यवेक्षकले जुन ३० मा अप्रिल ६ देखि मे ११ को बीचमा हुनु नियन्त्रणमा रहेको साडा सहरमा पटक–पटक हवाई हमला गरेको खबर सार्वजनिक गर्‍यो। 
    बजार, आवास, क्षेत्र, विद्यालय र पेट्रोल पम्पहरूमा बमबारी गरियो। कम्तीमा ५९ जना मानिस मारिए। यो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन हो। मे ५ का दिन आवास क्षेत्रमा गरिएको हमलामा अल–इब्बी परिवारका २७ जना सदस्य मारिए। तीमध्ये १७ जना केटाकेटी थिए। युद्धका लागि संरा अमेरिकाले प्रदान गर्दै आएको प्राविधिक एवं राजनीतिक समर्थनका कारण त्यस्ता नृशंसताको लागि जति उसका क्षेत्रीय सहयोगीहरू दोषी छन्, त्यति नै वाशिङ्टन पनि। 
    जुलाई ६ मा साउदी खाडी सहकार्य परिषद् मोर्चाले बजार क्षेत्रमै बमबारी गर्‍यो। दक्षिण यमनमा भएको हमलामा धेरै सर्वसाधारण नागरिक मारिए। त्यो दिन द  एसोसियट प्रेसले लेख्यो–' विद्रोहीहरूलाई लक्षित गरी साउदी नेतृत्वको मोर्चाले गरेको हमलामा परी यमनको स्थानीय बजारमा ४५ जनाभन्दा बढी सर्वसाधारण मारिए...दक्षिण खाडी सहर एडेनको उत्तरी फायोस सहरमा गरिएको हमलामा ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भए।'
    अबु–अली अल अजिक्वे नामको एक प्रत्यक्षदर्शीले 'दर्जनौं लास यत्रतत्र छरिएका र रगतको समुद्र देखिन्छ भने घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको' बताए। 
    बन्दरगाहजस्ता नागरिक क्षेत्र र पूर्वाधारहरूमा बमबारी गर्नाले लाखौं जनता खाद्य सङ्कट झेलिरहेका छन्, मृत्युवरण गरिरहेका छन्। अल्पविकसित मध्य–पूर्वी देशहरूबाट कुनै पनि सामान ल्याउन रोक थोपरिनाले पनि स्थिति भयावह बनेको छ। 
    बमबारी भएयता २ करोड यमनका जनता सफा खानेपानीबाट बञ्चित छन्। १० लाखभन्दा बढी मानिस घर छोड्न बाध्य छन्। संयुक्त राष्ट्र सङ्घले यमनमा उच्च स्तरको मानवीय सङ्कट घोषणा गरेको छ जहाँ ८० प्रतिशतभन्दा बढी जनतालाई  सहयोगको अपरिहार्यता छ। 
    संरा अमेरिकी सहायताप्राप्त खाडी सहयर्का परिषद्मा राष्ट्र सङ्घीय नाकाबन्दी छैन। 
    यो युद्धलाई इस्लामिक गणराज्य इरान र वाशिङ्टन र वालस्ट्रिटसँग चोचोमोचो मिलेका मध्यपूर्वी देशहरूबीचको अप्रत्यक्ष द्वन्द्वका रुपमा व्याख्या गरिएको छ। तथापि मानवीय सहायता प्रदान गर्ने वा शान्तिपूर्ण समाधानका लागि तेहरानको पहलकदमीलाई साउदी अरब र संरा अमेरिकाले लत्याएका छन्। 
    अरब र अफ्रिकी मामिलाका लागि इरानी उपनिवेशमन्त्री हुस्सेन अमिल अब्दुल्लाहले यो युद्धको एउटै समाधान युद्धविराम र विभिन्न पक्षबीच संवादको लागि खाका बनाउनुभएको बताए। 
    अमिर–अब्दुल्लाहको भनाइ उर्द्धृत गर्दै प्रेस टिभीले लेखेको छ–'यमनमाथि विदेशी सैनिक हमलाको आरम्भदेखि नै इरानले एक स्वरमा साउदी सैनिक हमला रणनीतिक गल्ती भएको र यसले यमनी जनताको हत्या तथा संवेदनशील पर्सियाली खाडी क्षेत्रमा आतङ्कवादी र असुरक्षा फैलाउने बताउँदै आएको छ।' (जुलाई ६)
    तेहरानको कूटनीतिक सक्रियताबीच संरा सङ्घले साउडी खाडी  सहकार्य परिषद् मोर्चा भाडाको विद्रोही शक्ति र संरा अमेरिकी समर्थकहरूमाथि नाकाबन्दी लगाउन र अरु कुनै कार्यबाही गर्न अस्वीकार गर्‍यो। 
    साउदी नियन्त्रित अल अरबिया टीभीले सैनिक सल्लाहकारहरूमार्फत तेहरानले यमनमा हुने सैनिक गतिविधि परिचालन गरिरहेको र केही इरानी सल्लाहकारहरू यमनमा इरानी सैनिक सल्लाहकार भएको अस्वीकार गरेका छन्। उनले जोडका साथ भने, 'निर्दाेष यमनी जनतामाथि रियाधको युद्ध अपराध कुनै मूल्यमा न्यायोचित हुन सक्दैन।'
(प्रेस टीभी जुलाई ४)
    विनासकारी र नरसंहारकारी यो युद्ध मध्यपूर्व र उत्तर अफ्रिकी क्षेत्रमा नियन्त्रण जमाउने संरा अमेरिकी साम्राज्यवादको बृहत रणनीतिको हिस्सा हो। यमनको विकसित परिस्थितिलाई वाशिङ्टनको हमलाले विनास, निर्वासन र हत्याका दोब छोडेका इराक, सिरिया र इजिप्टको परिस्थितिबाट निरपेक्ष रुपमा हेर्न सकिंदैन। 
ध्यचपभच'क  धयचमि
९ जुलाई २०१५
प्रस्तुतिः नीरज

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी