अन्तर्राष्टि्रय दबु

जुलाई २६ को दिन मायामीमा दुई क्युवाबारे निजात्मक अनुभूति

 फ्रान्सिस्को पिना–अरियट
    संरा अमेरिकाको मायामी सहर, अधिकांश क्युवाली शरणार्थीहरूका लागि आश्रयस्थल हो। सन् १९६० र १९७० दसकका क्रान्ति र क्युवाली जनतामाथि थोपरिएको संरा–अमेरिकी नाकाबन्दीबाट निम्तिएको आर्थिक दुरावस्थाका कारण आफ्नो देश छोडेका अधिकांश क्युवालीहरू मायामीमा छन्।
    विगत २० वर्षदेखि मैले पनि मायामीलाई आफ्नो घर भन्दै आएको छु। म मायामीको क्युवाली शरणार्थी समुदायबीच नै हुर्कें, अझै भनांै– मलाई उनीहरूले नै हुर्काए। मेरो हजुरबुवा क्युवाबाट मायामी सन् १९६१ मा आउनुभयो। पछि परिवारका अरु सदस्यहरू पनि यतै बसाइ सरे। 
    मेरो हजुरबुवाले क्युवा छोड्नुभयो किनभने उहाँ युद्धको बीचमा आफ्ना केटाकेटी हुर्कियोस् भन्ने चाहनु हुन्नथ्यो। बे अफ पिग्स हमला ९त्जभ द्यबथ या एष्नक ष्लखबकष्बल० हेरिसकेपछि उहाँ आफ्ना केटाकेटीले थप युद्ध हेर्न नपरोस् भन्ने चाहनुहुन्थ्यो।
    त्यसकारण म यहाँ (मायामीमा) क्रान्तिबारे नराम्रा कुरा सुनेर हुर्कंे। १३ वर्षका उमेरमा मैले क्युवाली क्रान्तिबारे सोधखोज नगरुञ्जेल त्यस्तै रह्यो। त्यतिबेला मैले मेरो बुवालाई क्रान्ति अघि क्युवाको अवस्थाबारे तीखो प्रश्न गरें। त्यस विषयमा मैले केही सत्यतथ्य पत्ता लगाइसकेको थिएँ। 
    क्युवामा क्रान्तिको अपरिहार्यता थियो र फिडेल क्याष्ट्रो एवं २६ जुलाई आन्दोलनले अघि सारेका नीतिहरू वास्तवमा क्युवाली जनताको लागि लाभदायक थिए। क्रान्तिले शिक्षालाई धनीमानीका पेवामा सीमित राखेन, शिक्षामा सबै क्युवालीको सहज पहुँचमा पुर्‍यायो। सबै क्युवाली जनता क्युवाका चिकित्सक र अस्पतालमा उपचारका लागि जाने भए। औषधि, स्वास्थ्य, शिक्षा र स्वतन्त्रता अब सुविधा होइन, अधिकार बने !
    मैले पश्चिम भर्जिनियामा पढ्न जाने सिलसिलामा चार वर्षअघि मायामी छोडंे। पश्चिम भर्जिनियाका आदिवासी जनताबीच मैले आफ्नै घरजस्तो महसुस गरें, तापनि आफ्नो घर भनेको आफ्नै र आफ्नो परिवार भनेको आफ्नै हुने रहेछ। यो ग्रीष्ममा म मेरो बाजेकी बहिनीलाई भेट्न घर फर्कंे। मेरी ताय ९त्ष्ब० मेराका लागि आफ्नो आमा जतिकै प्यारी छिन्।
    जुलाई २५ मा मायामी पुगें र मैले छोडेर गएका झुपडपट्टी र विपन्न बस्ती हुँदै अघि बढें। अघि पछिभन्दा त्यहाँको दृश्य मलाई थप कहालीलाग्दो लाग्यो। म त्यहीं बिग्रे–भत्केका बाटाहरू छिचोल्दै उहीं भीडभाडमा अघि लागें। म उही परित्यक्त घरहरू हेर्दै थिएँ। सँगसँगै मैले धेरै घरबारविहिन मानिस बाहिर सुतिरहेका देखें।
    मैले रेडियो खोलें र स्थानीय रेडियो प्रसारण लगाएँ। ती प्रसारणहरूमा महिलालाई  वस्तुकरण गरिदै थियो। महिलालाई फगत यौन खेलौनाको रुपमा प्रस्तुत गरिरहेका थिएँ। यी सबै छिचोल्दै म मेरी टायको सानो एक कोठे टहरामा पुगें। त्यो टहरा ठीक सानो हवाना ९ीष्ततभि ज्बखबलब० को माझ नै छ जहाँ अपराध अचाक्ली बढी छ। जस्तै भए पनि मेरी टायलाई त्यो टहराको साहुले महिनाको ७ सय ५० डलर डेरा भाडा लिएरै छोड्छ। सामाजिक सुरक्षा भत्तास्वरुप उनले महिनाको जम्मा ८ सय डलर थप्छिन्। तर उनले त्यस क्षेत्रमा भेटाएको यो सबभन्दा सस्तो टहरा हो।
    आफ्नो पेट पाल्न र खर्च धान्न मेरी हजुरबुवाकी बहिनीले सधैं आफ्नो परिवासँग हात फैलाउनुपर्छ, तथापि उनले हामी पुग्न नपाउँदै हामीलाई खाजा र कफी खान दिइन्। अर्काे बिहान सूर्याेदय भयो। त्यो दिन जुलाई महिनाको २६ तारिख। मायामीमा यो दिनको कुनै अर्थ छैन। मेरो निम्ति त्यो दिन नयाँ क्युवा र क्युवाको वास्तविक स्वाधिनताको सुरुवात हो, तर मायामीको शरणार्थीहरूले भने यो दिन बेवास्ता गर्दै आएका छन्।
    म मायामीका विभिन्न ठाउँहरू जस्तै नरिवल धारी र पन्ना खानी घुमें जहँा क्युवाली शरणार्थीहरूले वर्षाैं–वर्षदेखि आफ्नो उपस्थिति स्थापित गर्दै आएका छन् र क्युवाली–अमेरिकी सम्पतिको केन्द्र बनेका छन्। ती ठाउँहरू सुव्यवस्थिति र सुन्दर छन् सँगै ज्यादै महङ्गो पनि जहाँ न मेरी टाय न मैले नै बस्ने आशा गर्न सक्छु। 
    यो सबैको मेरो अर्थ के हो? अर्थात्ःमायामी सानो हवाना र क्युवा हो तर त्यो हवाना र क्युवा सन् १९५८ अघिको हो, त्यो फल्गनसिओ बाटिस्टाको क्युवा हो। यो राजनीतिमा मात्र भ्रष्टाचार हुनेे सहर होइन, प्रहरी प्रशासन र शिक्षामा समेत भ्रष्टाचार जरा गाडेको सहर हो। 
    म मैले सुनेको बढ्दो ठगीका घटनाबारे सम्झन्छु, क्युवाली शरणार्थीहरूले गरेका बद्मासी सम्झन्छु। त्यस्ता ठगी र बद्मासी गर्ने अधिकांश क्युवाली शरणार्थीहरूको राजनीतिक सम्बन्ध 'फ्रि क्युवा' समूहहरूसँग हुने गरेको छ। काला वर्णका मानिस बस्दै आएका मायामीका सानो हाइटी र लिबर्टी सिटीमा हिंड्दै गर्दा त्यहाँको दरिद्रता देखें र सम्झें यिनीहरू सधैं यस्तै दरिद्र छन्। मध्य वर्गको विकाससँगै यी समुदायहरूमाथि थप खतरा बढिरहेका छन्। सहरमा हिंड्ने हुल्लडबाज र गुण्डाहरूले भन्दा त्यसले यी समुदायमा विखण्डन निम्त्याउँदैछ। 
    मायामीका पर्यटकीय क्षेत्र र ग्लोरिया इस्टिफान र एन्डी गार्सियाजस्ता धनाद्य र चर्चित क्युवालीहरू बस्ने ठाउँहरू मात्र चहकिला छन्। यी मानिसहरू आफूलाई क्युवाली जनताका प्रवक्ता पनि ठान्छन्। 
    सन् १९५९ जनवरी १ मा २६ जुलाई आन्दोलनले विजय प्राप्त गर्नुअघि क्युवा ठ्याक्कै यस्तै थियो। पर्यटकहरू आउने ठाउँहरूमात्र सफा र सुन्दर राखिन्थ्यो। महिलाहरूलाई वेश्याका रुपमा व्यवहार गरिन्थ्यो र आवासको कुनै सुनिश्चिता थिएन।
    समुद्र किनारका ठाउँहरू सुन्दर थिए र आज जसरी मायामीको गरिबीबारे कसैले अड्कल गर्दैनन्, त्यसरी नै त्यतिबेला क्युवाको गरिबीबारे पनि कसैले अनुमानसम्म गर्न सक्दैनथ्यो। सत्तासीनहरू भ्रष्ट थिए र प्रहरी प्रशासन तिनै भ्रष्ट राजनीतिज्ञहरूका हातमा थियो जो साम्राज्यवादीहरूलाई आफ्नो देश बेच्थे। मायामीका अधिकांश ठाउँ आज डोनाल्ड ट्रम्प र अन्य ठेकेदारहरूले किनिसके जसकारण धेरै मानिसले घरबार गुमाउनुपरेको छ। गरिब बस्तीमा बस्ने जनताबीच कोको सोलो, कायो ह्युसो र जेसस मारिया भनेर विभेद गरिन्थ्यो।
    म २६ जुलाईको दिन इतिहासको क्युवामा थिएँ। त्यो क्युवा जहाँ बाटिस्टा अझै भगवान थियो। जहाँ शासक वर्गको मानिस नभए उसको कुनै पर्वाह गरिनन्थ्यो। त्यसैको विरासत आज मायामीको शरणार्थी शिविरमा प्रतिविम्बित भएको छ। उनीहरूले आफ्नो व्यवस्था सँगै बोकेर ल्याए। आफ्नो 'क्युवा' लाई टापुबाट मायामीमा बोकेर ल्याए।त्यो सँगै उनीहरूले भ्रष्टाचारको रोग बोकेर ल्याए। यदि उनीहरूले क्युवालाई किन क्रान्ति चहियो भनेर प्रश्न गर्ने दुस्साहस गरे, उनीहरूले आफ्नो अनुहार ऐनामा हेरोस् र थाहा पाउन्। जे समस्या क्युवामा पहिले थियो आज ती मेरो हृदयमा प्यारो बनी बास गरेको र धेरैले आफ्नो घर भन्ने गरेको सहर मायामीमा विद्यमान छ।
    क्युवाली जनताप्रति र यहाँ साम्राज्यवादी, पूँजीवादी तानाशाही भोगिरिहेका सबै जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै म भन्छु– ''अन्तिम विजयसम्म !'' 'समाजवाद वा मृत्यु !''
ध्यचपभचक ध्यचमि
७ अगस्ट २०१५ 
 
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी