अन्तर्राष्टि्रय दबु

फिडेल जन्म दिनको शुभकामना


    क्युवाली क्रान्तिका महानायक फिडेल क्याष्ट्रोको जन्म दिन १३ अगष्टका दिन पर्छ। तर १३ अगष्ट आउनुभन्दा महिना दिन अघिदेखि नै क्युवाली जनता र ल्याटिन अमेरिकी देशमा फिडेललाई जन्म दिनको शुभकामना दिने र फिडेलबारे चर्चा चलिरहेको छ। 
    हुन त फिडेल क्याष्ट्रो अहिले क्युवाको कुनै राजकीय पदमा र पार्टीको कार्यकारी पदमा हुनुहुन्न। उहाँले क्युवाको राष्ट्रपति पदबाट राजीनामा गर्नुभएको पनि झण्डै एक दसक हुन लाग्यो। फेरि पनि उहाँका हरेक गतिविधि, भेटघाट र लेखन आफै पनि समाचार र धेरैको जिज्ञासाको विषय बन्ने गरेको छ। 
    यो तथ्य क्युवाली सहर सान्टियागो डे क्युवाको पाँच सयऔं वर्षगाँठ समारोहका क्रममा पनि देखियो र जुलाई २६ तारिखका दिन ऐतिहासिक मोन्काडा ब्यारेकमाथि आक्रमणको ६२ औं वार्षिक दिवसका क्रममा पनि देखियो। २६ जुलाईको उक्त आक्रमणले नै क्युवाली स्वाधिनता र क्युवाली जनताको मुक्तिको राँको बालेको थियो। 
    जुलाई २६ समारोहको केही दिनपछि नै ऐतिहासिक नेता (फिडेल) ले बीसौं शताब्दीको बोलिभियाको राष्ट्रिय विश्वविद्यालय ९ल्बतष्यलब िग्लष्खभचकष्तथ या  त्धभलतष्भतज ऋभलतगचथ या  द्ययष्खिष्ब० बाट डाक्टर ओनोरिस काउसा ९म्यअतयच ज्यलयचष्क ऋबगकब० सम्मान प्राप्त गर्नुभयो। त्यस विश्वविद्यालयका रेक्टर जोसे गुइलेर्याे डिलेन्सले फिडेल क्याष्ट्रो क्युवाली समाजवादी क्रानितका मुख्य खम्बा थिए, छन् र रहनेछन् भनी स्पष्ट पार्नुभयो। निश्चय नै फिडेल क्युवाली संविधान र मातृभूमिका मुख्य संरक्षक र मानवताको हितका निम्ति सङ्घर्षका उदाहरण रहनुभएको छ। 
    फिडेल क्याष्ट्रोलाई प्रदान गरिएको उपाधिसँगैको अभिनन्दन पत्रमा त्यस बोलिभियाली विश्वविद्यालयले फिडेलको साम्रज्यवादविरोधी विरासत, उहाँको विनम्र देशहरूप्रति र विश्वका जनताप्रतिको ऐक्यबद्धताकै कारण 'डक्टर ओनोरिस  काउसा' उपाधि कमाउनुभएको उल्लेख गरेको छ। 
    हामीलाई सबै क्युवालीहरूका सबभन्दा आदरणीय व्यक्तित्व जोसे मार्टिले लेख्नुभएको कविताका स्मरण हुन्छ। उहाँ लेख्नुहुन्छ:पृथ्वीको विनम्रतासित म आफ्नो भाग्य बाँड्न चाहन्छु। '
    फिडेलका अनुसार मोन्काडा ब्यारेकमाथि आक्रमण गर्न सुझाउने बुद्धिजीवी लेखक जोसे मार्टि नै थिए। जुन आक्रमणले बाटिष्टा तानाशाहीविरुद्ध विद्रोहको राँको सल्काएको थियो। 
    फिडेल क्याष्ट्रोको जन्म दिनको सङ्घारमा सञ्चार व्यापक क्षेत्रमा समाचारहरू छाएका छन्। विश्वप्रख्यात टिभी समाचार च्यानल डिस्कभरीले चाँडै नै फिडेलबारे एक घण्टा लामो एक वृतचित्र प्रशारण गर्ने घोषणा गरेको। त्यस वृतचित्रमा फिडेल क्याष्ट्रोलाई अमेरिकी गुप्तचर विभागहरूद्वारा सबैभन्दा बढी गुप्तचरी गरिएका व्यक्तिका रुपमा प्रस्तुत गर्ने बताइएको छ। 
    डिस्कभरीका अनुसार त्यसको वृत्तचित्रको अमेरिकी गुप्तचर विभागहरू सीआईए, एफबीआईका घोषणासँगै सँगै सीआईए र तत्कालीन सोभियत गुप्तचर संस्था–केजीबीका दस्तावेजहरू समावेश गरिएका छन्। 
    डिस्कभरीको घोषणाले फिडेल क्याष्ट्रोबारेका पहिले कहिल्यै खुलासा नभएका गुप्तचरी दस्तावेजहरू खुलासा गर्ने वाचा गरेको छ। 
    यी समाचारहरू पनि क्युवाली क्रान्तिनायक फिडेलका निम्ति जन्म दिनको नयाँ उपहार भएका छन्। जो संरा अमेरिकी गुप्तचर विभागहरूको खुलासा भएका ६३८ पटक हत्या प्रयासबाट बच्न सक्नुभएको छ। ती हत्या प्रयासमा कयौं भाडाका सिपाहीहरू र हत्याराहरूको साथ रहेको थियो। उदाहरणका निम्ति भेनेजुयाली न्याय प्रणालीका भगौडा (फरार अपराधी) लुइस पोसाडा क्यारिल्स, जो मियामीमा बसोबास गर्छ र क्युवा, क्युवाली जनता र जसले नेताहरूविरुद्ध कयौं पनि आतङ्कवादी आक्रमण योजना कार्यान्वयन गरिसकेको छ। 
    यस्ता कयौं हत्या प्रयास र आतङ्कवादी षड्यन्त्रका बाबजुद फिडेल क्याष्ट्रो जिवीत हुनुहुन्छ र सही हुनुहुन्छ र उहाँको जन्म दिनको अवसरमा क्युवाली र विश्वका जनताले हृदयदेखि नै उहाँको प्रशंसा गर्दैछन्। 
९ज्बउउथ द्यष्चतजमबथ, ाष्मभ०ि
च्बमष्य ज्बखबलब ऋगदब
प्रस्तुतिः प्रकाश

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी