अन्तर्राष्टि्रय दबु

सिरियामाथि रुसी पखेटा (सुरक्षा)


हाम्रा अरब मामला सम्वाददाता
    रुसी जेट विमानहरूले उत्तरी सिरियामा रहेका आतङ्कवादी अखडाहरूमा हमला गरिरहेको छ। दक्षिण सिरियाका सयौं आतङ्कारीहरूले सिरियाली सरकारसमक्ष आत्मसमर्पण गरी आममाफी मागेका छन् भने अरु हजारौं जना भयानक रुसी कारबाहीबाट जोगिन जोर्डन र टर्कीतिर भागेका छन्। यसैबीच टर्कीको सिमानासँगैको प्रायः सबजसो स्वायत्त क्षेत्र  नियन्त्रण गरी बसेका कुर्दिस मिलिसियाहरूले रुसी कारबाहीको स्वागत गरेका छन् र क्रेमलिन (रुसी सरकार) सित हवाई प्रतिरक्षासहितको आत्मरक्षा युनिटहरू र हतियार सहयोग मागेका छन्। 
    रुसी जलसेनाले आतङ्कवादीहरूसित लडिरहेका शक्तिहरूलाई हातहतियार पठाउने तयारी गरिरहेको रुसी जलसेनाका पूर्व कमाण्डर र वर्तमान रुसी संसद द्युमाका रक्षा समिति प्रमुखले बताए। यसैबीच चिनियाँ युद्धबेडाहरू पनि आतङ्ककारीविरुद्धको  लडाइँमा सिरियालाई सहयोग गर्न सैनिक सल्लाहकारहरूसहित सिरियातर्फ बढिरहेको समाचार छ। 
    रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भन्छन् – सिरियामा रुसी हमलाको एउटा मुख्य उद्देश्य सिरियाको भू–खण्डताको रक्षा गर्नु हो।' सिरियाली सेनाको आक्रामक कारबाहीको निम्ति रुसको हवाई सहयोग पनि त्यस देशको भू–अखण्डता रक्षा गर्ने मुख्य लक्ष्यलाई सुनिश्चित गर्नु हो।' पुटिनले पेरिसमा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा ओल्याँसित गत हप्ता युक्रेनी सङ्कटको कुराकानीको क्रममा भने। 
    पुटिनले ओल्याँलाई बताए कि रुसी सेनाले आफ्नो कारबाही अन्तर्राष्ट्रिय कानुनबमोजिम सिरियाली नेतृत्वको अनुरोधमा मात्र गरिरहेको छ। 
    ओल्याँले पुटिनलाई हवाई हमला आईएसआईएस आतङ्ककारीहरूविरुद्ध मात्र लक्षित हुनुपर्ने र सिरियामा गतिविधि गरिरहेका अन्य आतङ्कवादी समूहविरुद्ध हुन नहुने बताए। ती आतङ्कवादीहरूलाई पश्चिमाहरूले 'मध्यम खाले विद्रोही' को संज्ञा दिएका छन्। 
    पुटिनले पछि सिरियाली सङ्कटबारे जर्मन चान्सलर एन्जेला मार्केलसित पनि छलफल गरे। 'ती नेताहरूले प्रस्ट रुपमा भने कि आईएसआईएस हामीले लडाइँ लड्नुपर्ने दुश्मन भएको हुन्।' सञ्चारकर्मीहरूले उद्धृत गरे। 
    रुसले सिरियामा रहेका आईएसआईएस अखडालाई लक्षित गरी सेप्टेम्बर ३० देखि पूर्वनिर्धारित मितिमा हवाई हमला सुरु गर्‍यो। रुसी जेट विमानहरूले आतङ्ककारीहरूको मुख्यालय विस्फोटक उद्योगहरू, टे्रनिङ्ग क्याम्पहरू र अरु रुसी सिरियाली सेनाले लक्षित गरेका आतङ्ककारी आधारहरू ध्वस्त पारे। 
    गत हप्ता जब रुसी हवाई सेनाले सिरियाली सशस्त्र बललाई सहयोग गर्न आएको समाचार आयो दमासकसका सिरियाली जनतामा ठूलो उत्साह छायो। सिरियाली सेना अमेरिकी, टर्की र अरबका तेल राजकुमारहरूको सहयोग प्राप्त आईएसआईएस र अरु आतङ्ककारी समूहहरूसित लामो समयदेखि सङ्घर्ष गरिरहेको छ। 
    रुस, इरान, इराक र सिरियाले आईएसआईएसविरुद्धको कारबाहीलाई प्रभावकारी बनाउन हालै संयुक्त सूचना केन्द्र स्थापना गरेका छन्। सिरियाली समुद्र किनारबाट उडेका रुसी हवाई सेनाका विमान चालकहरूले दिनदिनै आतङ्ककारीरुको विश्वंसको कचा बनाइरहेका छन्। सिरियाली सेनाले पनि एक वर्षदेखि उत्तरी सिरियामा आतङ्ककारीहरूलाई पछाडि धकेल्न हवाई कारबाही गर्दै आएको छ। तर त्यो त्यति प्रभावकारी देखिएको थिएन। दमासकसमा इरानी सञ्चारमाध्यमहरूसित कुराकानी गर्दै सिरियाली राष्ट्रपति बशार अल अस्सादले सिरियामा रुसको चालू आतङ्ककारीहरूविरुद्धको कारबाही सफल हुने मौका धेरै रहेका बताए। उनले रुसी गठबन्धनको यो कारबाही सफल नभएमा पूरै मध्यपूर्वको विध्वंस हुनसक्ने बताए। 
    'हामी विश्वस्त छौं कि सिरिया, रसिया, इराक र इरानबीचको गठबन्धन सफलतामै पुग्नेछ। होइन भने हामीले यस पूरै क्षेत्रको विध्वंसको सामना गर्नुपर्नेछ' राष्ट्रपति अस्सादले भने। 
सिरियालाई कमजोर पार्ने कोसिस
    सिरियाली नेता अस्सादले भनेः पश्चिमा शक्तिहरू सिरियाली राज्यलाई बदल्न चाहन्छन्। तिनीहरू सिरियालाई कमजोर पार्न र अरब क्षेत्रमा कयौं स–साना कमजोर राज्यहरू बनाउन चाहन्छन्। ती राज्यहरूले आफ्ना दैनिक समस्याहरू र आन्तरिक विवादहरू समाधान गर्दैमा विकास गर्न तथा अरब राष्ट्रियताप्रति सहयोग गर्न नसकोस् भन्ने चाहन्छन्। विशेषगरी इजरायलको सुरक्षाको सुनिश्चितताका लागि प्यालेस्टिनी उद्देश्यमा सहयोग नहोस् भन्ने चाहन्छन्। 
    गत वर्षदेखि सिरिया इराक र सिरियामा रहेका आईएसआईएसका ठेगानाहरूमा बम खसाल्दै आएका साम्राज्यवादीहरूले खासै कुनै सफलता हात पार्न सकेका थिएनन्। तर तिनीहरूले आईएसआईएसविरुद्ध रुसी कारबाहीको निन्दा गर्दै त्यो कदम प्रत्युत्पादक हुने बताए। तिनीहरूले रुसी कारबाही दमासकसको अस्साद सरकार जोगाउनमा लक्ष्यित रहेको बताए। तर बहुमत सिरियालीहरू सिरियाली सरकारको अनुरोधमा रुसी हस्तक्षेपले लामो समयदेखिको हत्या हिंसा र चारवर्षदेखि देशमा व्याप्त अराजकता अन्त्य हुनेमा आशावादी छन्। 
    एक घण्टा अगाडिको सूचनापछिको रुसी बमबारीले अमेरिकीहरूलाई ठूलो अच्चममा पारे पनि रुसी हस्तक्षेप सिरियाली र रुसी सरकारबीचको महिनौं लामो छलफल र योजनाको प्रतिफल हो। सिरियाका मध्यमखाले आतङ्ककारीहरूका निम्ति 'सुरक्षित स्वर्ग' बनाउने र सिरियाली सरकारहरूमाथि 'उडान प्रतिबन्ध क्षेत्र' घोषणा गर्ने अमेरिकी र टर्केली योजनालाई पर पुर्‍याइदिएका छन्।
९च्गककष्बल ध्ष्लनक यखभच क्थचष्ब०
त्जभ ल्भध ध्यचपभच
ढ क्भउत, द्दण्ज्ञछ
प्रस्तुति: प्रकाश
 
 
 
 
 

बाँकि अन्तर्राष्टि्रय दबु


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी