विचार विश्लेषण

'घाम झुल्किनुअघि' पढ्दा

अनुराधा
    कथाकार मातृका पोखरेलको दोस्रो कथा सङ्ग्रह 'घाम झुल्किनुअघि' २०६७ मा साझा प्रकाशनले प्रकाशित गरेको छ।
    समाजमा विद्यमान यथार्थलाई कथात्मक शैलीमा उजागर गर्दै नेपालमा द्वन्द्वकालीन समय र तत्कालीन अवस्थामा द्वन्द्वबाट पीडित निहत्था जनताको मनोदशालाई 'घाम झुल्किनुअघि' कथा सङ्ग्रहमार्फत् प्रस्तुत गरेका छन् कथाकार मातृका पोखरेलले। २०६१ सालदेखि २०६६ सालसम्म विभिन्न मासिक पत्रिकाहरुमा प्रकाशित १५ वटा कथाहरुको सङ्गालोको रुपमा आएको छ – घाम झल्किनुअघि। कथामा पात्रहरू आफ्नो स्वार्थपूर्तिको लागि हरेक पल षड्यन्त्रका तानाबाना बुन्न र जालफेलका नयाँ―नयाँ उपायहरु खोज्न तल्लिन रहन्छन् र राजनीतिलाई आफ्नो स्वार्थको निम्ति प्रयोग गर्नेहरुले केही इमानदारिता भएकाहरुलाई सँधै बौलाहाको संज्ञा दिन्छन्। यद्यपि राजनीतिक नैतिकता भएकाहरु क्रमशः बढ्दै छन् समाजमा भन्ने भाव कथाकारले प्रस्तुत गरेका छन्, 'धुवाँ' शीर्षकको पहिलो कथामा। जो आफ्नो लागि होइनसमाजको लागि सोच्दछ त्यो एक व्यक्तिले आफूजस्तै कयौं व्यक्तिहरुलाई जन्माउँछ। अनि त्यस्ता व्यक्तिहरु मृत्युपर्यन्त पनि समाजमा सम्मानित भएर रहन्छन् शालिककै रुपमा भए पनि भन्ने सन्देशका साथै गलत गर्नेले सजाय पाउनुपर्ने मान्यता उनको कथामा भेट्न सकिन्छ।
    माओवादी सशस्त्र द्वन्द्वमा सर्वसाधारणका राज्य (सेना प्रहरी) र माओवादी दुवै पक्षको ज्यादती र मनोमानीबाट पीडित हुनुपरेको यथार्थ प्रस्तुत गर्दै माओवादी आरोपमा अन्य परिवार र आफन्त वा निर्दोषहरुले पनि ज्यान गुमाउनुपरेको अवस्थाको चित्रण उनका कथाहरुमा पाइन्छ। नृशंस तरिकाले मान्छे मार्ने शैलीको प्रतिस्पर्धामा लागेका ती दुई पक्षको हर्कतले द्वन्द्वकालीन समयमा बाल मस्तिष्कमा पारेको प्रभावलाई 'अँध्यारो गाउँ' शीर्षकबाट प्रस्ट्याउन खोजेका छन्। यद्यपि चेतना आएको देखाउन खोजिएकोले शीर्षक अमिल्दो हो कि भन्ने लाग्यो।
    कथाकार पोखरेलको दोस्रो कथा सङ्ग्रहका रुपमा प्रकाशित 'घाम झुल्किनुअघि' मा सङ्ग्रहित पन्ध्रवटा कथाहरुमध्ये कमरेड पाताल, धुवाँ, घाम झुल्किनुअघि, मौन सङ्केत अँध्यारो गाउँ, निधो र मुक्ति एकलहरका कथा हुन्भने बाध्यता, खाली ठाउँ, धोकाको गन्ध, सपनाहरुको खोजी, देवीदत्तको चित्ता, कालो चस्मा, भरिएको घरनेर र खाडल अर्को लहरका कथा हुन्। कथाकार पोखरेलको कथाको लहरलाई माओवादी जनयुद्धको उत्कर्षमा उठान र क्रमशः विसर्जनको चरणमा राखेर पढ्दा सटिक हुन्छ। साझा प्रकाशनले २०६७ सालमा प्रकाशन गरेको कथा सङ्ग्रहमा समाविष्ट कथाहरु अझै सान्दर्भिक र अहिले घटिरहेको घटनाझैं लाग्छन्। कलात्मक आवरणसहितको कथा सङ्ग्रहको मूल्य रु. १६० मात्र छ।
 
 
 
 
 
 

माथिल्लो कर्णाली परियोजनासम्बन्धी पीडीए किन देशघाती ?
नेका र एमालेको सङ्घीयताबारे प्रस्ताव भारतीय गुप्तचर संस्था 'रअ'को योजनासँग कसरी मिल्यो ?
पार्टीको ४१ औं स्थापना दिवस भव्य रुपमा मनाऔं !
'प्रेमीको जीवनयात्रा' पढ्दा
कम्युनिष्टहरूले जातीय नभई वर्गीय मुक्ति खोज्छन्
हिमाल, पहाड, तराई समावेश चौध प्रदेशबाट नेपालीको एकता कायम हुने र देशको छिटो विकास हुने
माघ ८ गते नयाँ संविधान किन घोषणा हुँदैन?
चार दलले अडान छाडेमात्र माघ ८ मा संविधान
चराको गुँडझैं जन्मस्थल – मेरो भक्तपुर



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी