विचार विश्लेषण

अरु देशको आन्तरिक मामिला हस्तक्षेप नगर्ने चिनियाँ नीति प्रशंसनीय

सरोजराज गोसाईं
    चिनियाँ लेखक तथा पत्रकारहरूलाई 'श्रमिक' साप्ताहिक र 'मजदुर' दैनिकको तर्फबाट स्वागत गर्न पाउँदा हामीलाई औधि खुसी लागेको छ। चिनियाँ प्रमण्डलको यस भ्रमणले दुई देशको साहित्य एवम् संस्कृतिको प्रबर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त 
गर्दछु।
    नेपाल र चीन परापूर्व कालदेखि नै घनिष्ट मित्रका रूपमा रहेका छन्। इतिहास जतिकै पुरानो यो मित्रतालाई दीगो बनाउन लेखक एवम् कलाकारहरूको अहम भूमिका रहेकोमा सबै अवगतै छौं। परापूर्वकालमा चीनबाट मञ्जुश्री काठमाडांै आएर यहाा रहेको पानीको निकास खोली उपत्यकालाई आवादयोग्य ठाउँ बनाएको इतिहासमा उल्लेख छ। त्यसैगरी चीनका हुयान साङले नेपालको भ्रमण गरी आफ्नो अनुभव पुस्तकमा लेखेका थिए। सो पुस्तक नेपालको इतिहास लेख्न एउटा महत्त्वपूर्ण सन्दर्भ ग्रन्थ बनेको तथ्य पनि प्रस्ट छ। सातौं शताब्दीमा भृकुटी र १३ औं शताब्दीमा कलाकार अरनिको छिमेकी देश चीन पुगी नेपाल र नेपालीको गौरव बढाएको कुरा यहाँ स्मरणयोग्य छ। यसै सन्दर्भमा केही दिनअघि चीनको सिन्च समूहले कमलादीमा सिन्च बुक सप सुरु गरेको यहाँ उल्लेखनीय छ। नेपाल–चीन सांस्कृतिक आदानप्रदानले निरन्तरता पाउनु सबै नेपालीको निम्ति खुसीको कुरा हो।
    नेपाली पत्रकारिताको कुरा गर्दा नेपालमा मूलतः दुई धारको पत्रकारिता पाउँछौं। एउटा व्यावसायिक र अर्को आस्थाको पत्रकारिता। सन् १९९० को राजनीतिक परिवर्तन पछि व्यावसायिक पत्रकारितामा तीव्र विकास भएको पाइन्छ। व्यावसायिक पत्रकारिताको नारा दिने सञ्चारमाध्यमले नाफालाई प्राथमिकतामा राखेको पाइन्छ। व्यावसायिक पत्रकारिता गर्नेले आफूलाई स्वतन्त्र र निष्पक्ष छौं भन्छन् तर तिनी व्यवहारमा स्वतन्त्र र निष्पक्ष छैनन्। 'श्रमिक' साप्ताहिक र 'मजदुर' दैनिकले आस्थाको पत्रकारिता गर्दै आएका छन्। २०५० माघ १२ गते श्रमिकको प्रथम अङ्क प्रकाशित भएको थियो भने २०५५ माघ १० गतेबाट मजदुर दैनिकको प्रकाशन प्रारम्भ भएको थियो। नेपाल मजदुर किसान पार्टीको स्थापना भएको मिति माघ १० को अवसर पारी यी दुइटै पत्रिकाको प्रकाशन आरम्भ भएको यहाँ उल्लेखनीय छ। नेमकिपाको आदर्श, सिद्धान्त, नीति तथा कार्यक्रमप्रति आस्था राख्दै श्रमिक साप्ताहिकले २१ वर्षदेखि र मजदुर दैनिकले विगत १६ वर्षदेखि समाचार तथा विचार सम्प्रेषण गर्दै आएका छन्। हामीले पूँजीवादी प्रजातन्त्रका विकृति, कमजोरी एवम् नकारात्मक पक्षलाई उदाङ्ग्याउँदै समाजवादी गणतन्त्र नै जनताको प्रजातन्त्र भएकोबारे वकालत गर्दै आएका 
छौं। विश्वका विभिन्न देशमा भएका मजदुर वर्गीय आन्दोलन र सङ््घर्षप्रति ऐक्यबद्धता जनाउँदै त्यस्ता गतिविधिसम्बन्धी समाचार र विचार प्राथमिकतासाथ प्रकाशन गर्दै आएका छौं। विश्व शान्तिको निम्ति हुने कुनै पनि कदमको हामीले समर्थन गरेका छौं। अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चिनियाँ नीतिको हामी उच्च प्रशंसा गर्दछौं। हामीले एक चीन नीतिको पक्षमा थुप्रै समाचार तथा विचार प्रकाशन गरेका छौं। हामीले मानव अधिकारको नाममा संयुक्त राज्य अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा प्रशस्त समाचार र विचार प्रकाशित गरेका छौं। चिनियाँ शैलीको समाजवादबारे सिन्ह्वा, पिपल्स डेलीलगायतका समाचार माध्यममा प्रकाशित समाचार तथा विचारलाई पनि हामीले प्राथमिकता दिई नेपाली पाठकसमक्ष पुर्‍याएका छौं। 
    अन्तमा, नेपाली जनताले चिनियाँ लेखकहरूका विभिन्न साहित्य, सैद्धान्तिक एवम् विचारधारात्मक लेख तथा रचनाहरू अध्ययन गर्न चाहना गरेको कुरा चिनियाँ प्रतिनिधि मण्डललाई अवगत गराउन चाहन्छु। यस्ता भ्रमण, गोष्ठी, छलफल एवम् अन्तरक्रियाबाट दुई देशका जनताबीचको सांस्कृतिक सम्बन्ध अझ प्रगाढ हुने आशा गर्दछु। फेरि एकपटक चिनियाँ लेखक तथा पत्रकारको प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्दछु। चिनियाँ प्रमण्डलको नेपाल बसाइ सफल एवम् उपलब्धिमूलक होस् भन्ने कामना गर्दै मन्तव्य टुङ्ग्याउने अनुमति चाहन्छु। 
 
 
 
 
 
 
 

क्युवा ऐक्यबद्धता समिति नेपालद्वारा बधाईज्ञापन
अहिले देश कतातिर?
'जनताको प्रजातन्त्र' पुस्तक समीक्षा
शासक दलहरूले पूँजीपति वर्गको हितमा काम गरेको पुष्टि
चार शासक दल निमित्त मात्रै – अध्यक्ष रोहित
शासक दलहरूको स्वार्थको चेपुवामा नयाँ संविधान
युवा बुलेटिन – युवा आवाजको प्रतिनिधि
समाजवाद नै युवाको नयाँ विचार हो
मोदीको अभिव्यक्ति नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी