नेक्राविसङ्घको दुईदिने क्षेत्रीय प्रशिक्षण सम्पन्न

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छें (रोहित) ले विद्यार्थीहरूले समाज परिवर्तन गर्ने उद्देश्य लिएर विभिन्न पेशाको माध्यमबाट समाजको निःस्वार्थ सेवा गर्नुपर्ने बताउनुभयो।
    नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा शुक्रबार र शनिबार भएको दुईदिने उमाविस्तरीय प्रशिक्षण शिविरमा अध्यक्ष रोहितले जीवन लक्ष्य छनोटबारे प्रशिक्षण दिनुभएको थियो। 
    कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले 'नेतृत्त्व विकास र सङ्गठन', अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले 'नेपाल–भारत सीमा विवाद', नेक्राविसङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष रमेश सुवालले 'पूँजीवादको उदय', नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले 'राम्रो वक्ता कसरी बन्ने' र केन्द्रीय सदस्य राजाराम प्रजापतिले 'युवा पुस्ता र राजनीति' विषयमा प्रशिक्षण दिनुभएको थियो। 
    प्रशिक्षणमा काठमाडौं उपत्यका, काभ्रे, चितवन, रौतहटलगायतका जिल्लाका विद्यार्थीहरूको सहभागिता रहेको थियो। 
 
 
 
 
 
 

बाँकि प्रमुख समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी