३५ औं नेपालभाषा साहित्य तःमुंज्याको अपिल

यही कार्तिक ७ र ८ गते भक्तपुरको लिवाली क्षेत्रमा हुने ३५ औं नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिको कार्यालय शनिबार एक समारोहबीच उद्घाटन गरियो। तःमुंज्याको विषयमा सञ्चारकर्मीहरुलाई जानकारी दिने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा तःमुंज्या मुगुठी (केन्द्रीय समिति) का सल्लाहकार चन्द्रबहादुर उलकले राजनैतिक रुपले दबाइएका कामदार जनताले आफ्नो हक अधिकारको मागसँगै आफ्नो आवाज बुलन्द गर्ने डबलीको रुपमा तःमुंज्या स्थापना भएको बताउनुभयो।  
    कार्यक्रममा तःमुंज्या मुगुठीका अध्यक्ष कान्छा बासुकलाले तत्कालीन पञ्चायत कालमा राजनैतिक प्रतिबन्ध भए तापनि निरंकुशताविरुद्ध जनतालाई सचेत पार्न तःमुंज्याले महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो। 
    त्यस्तै मुगुठीका सचिव सुरेन्द्रराज गोसाईले भारतीय विस्तारवादको हस्तक्षेपको विरुद्ध तथा भूकम्पका कारण आहत जनतालाई साहित्यमार्फत ऊर्जा थप्न यसपालिको तःमुंज्या सफल हुने विश्वास व्यक्त गर्नुभयो। 
    ३५ औं तःमुंज्या ग्वसाखलः(आयोजक समिति) का अध्यक्ष कृष्णप्रसाद धन्छाले विशेष परिस्थितिमा यस वर्ष लिवाली क्षेत्रमा तःमुंज्या गर्न गरिन लागेको उल्लेख गर्दै आर्थिक, भौतिक र नैतिक सहयोगका लागि स्थानीय जनताहरुलाई आग्रह गर्नुभयो। 
    तःमुंज्या ग्वसाखलःको तर्फबाट सञ्चारकर्मीहरुलाई जानकारीका लागि प्रेस विज्ञप्ति पनि जारी गरेको छ। 
प्रेस विज्ञप्तिमा भनिएको –
    नेपालसंवत ११३५ कौलाथ्व द्वादशी र त्रयोदशी अर्थात् कार्तिक ७ र ८ गते भक्तपुरमा लिवाली क्षेत्रमा ३५ औं नेपालभाषा साहित्य सम्मेलन हुँदैछ। विगत वर्षहरुमा जस्तै यो वर्षमा पनि विभिन्न क्षेत्रहरुबाट आवश्यक सहयोग तथा समर्थन पाउने विश्वास छ। विगतमा यस वर्ष पनि पत्रकारिता क्षेत्रमा आवश्यक सहयोग गरिदिनहुन पत्रकार मित्रहरुलाई नेपालभाषा साहित्य तःमुंज्या हार्दिक अनुरोध गर्दछ। 
    नेपालका विभिन्न शासक वर्गहरुले पञ्चायती शासन कालसम्म राज्यको भाषा नीति एक पक्षीय थियो। अल्पसङ्ख्यक जातिहरुका भाषा र संस्कृति उत्थान गर्न र जोगाउने राज्यको नीति थिएन। देशका विभिन्न भाषा भाषीहरुको अधिकारलाई कुण्ठित पार्दै लगेका थिए। जसले गर्दा बहुभाषिक र बहुधार्मिक राज्यमा एउटै मात्र भाषाको बोलावाला हुनु जाति जनजातिहरुको भाषा र संस्कृति लोप हुने अवस्था सृजना हुँदै थियो। यसरी देश भित्रको भाषा तथा संस्कृति लोप हुनबाट जोगाउनुपर्छ भन्ने  भावनालाई अङ्गालेर हामी नेवार समुदाय भाषा जोगाउन र उत्थान गर्न नेपाल सम्वत ११०० मा नेपालभाषा साहित्य तःमुंज्या स्थापना भएको हो। स्थापनाकालदेखि निरन्तर रुपमा नेपालभाषा साहित्य तःमुंज्या सञ्चालन हुँदै आएको छ। साहित्य तःमुंज्या सफलतामा टुङ्ग्याउन नेपालका विभिन्न वर्गहरुले आवश्यक सहयोग र समर्थन प्राप्त हुँदै आएको छ।
    देशको साहित्यिक क्षेत्रमा साहित्य साहित्यको लागि हो, साहित्य राजनीतिबाट अलग हुनुपर्छ भन्ने भावना समाजमा जग बसाल्न खोजेकोमा माथिको धारणाहरु गलत हो भन्नका लागि छुट्टै साहित्यिक दबुको आवश्यकता थियो। त्यसकारण नेपालभाषा साहित्य तःमुंज्याको स्थापना भयो। 
    क्रान्तिकारीहरुले नलेखेसम्म क्रान्तिकारी साहित्य हुँदैन भन्ने भावनालाई अँगालेर तःमुंज्या अगाडि बढेको छ। साहित्य र राजनीति अलग अलग विषय होइन, साहित्य वर्गीय हुन्छ। साहित्यले बहुमत कामदार जनताको सेवा गर्नुपर्छ भन्ने भावना बोक्दै यो अगाडि बढेको छ। 
    विनासङ्घर्ष कुनै पनि अधिकार सजिलै नपाउने हुँदा भाषिक अधिकारको लागि राजनीतिक आन्दोलनले भाषिक आन्दोलनलाई सँगै लानुपर्छ भन्ने हाम्रो ठम्याई हो। त्यसकारण हामीले जनता म्वासा, भाषा म्वाइ भन्ने नारा दियौं।
    ३५ वर्षभित्र नेपालभाषा साहित्य सम्मेलनले कामदार जनताका छोराछोरीहरुलाई साहित्यिक क्षेत्रमा अगाडि बढाउने कार्यमा निरन्तरता दिएको छ। त्यस्तै भाषिक आन्दोलनलाई जनताको आँगन आँगनमा पुर्‍याउने निरन्तरता दिएको छ। 
 
 
 

बाँकि प्रमुख समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी