भारतीय हस्तक्षेपको विरोध गर्नुपर्ने

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शनिबार नेपाल क्रान्तिकारी युवा सङ्घद्वारा आयोजित युवा भेलामा नेपालको संविधान २०७२ मा नेमकिपाको धारणाबारे प्रशिक्षण दिनुभयो। 
    सांसद सुवालले युरोपमा समाजवादी पार्टीहरू सरकारमा गएर पूँजीवादी काम गरेको हुँदा संविधानको धारा ४ मा 'समाजवादउन्मुख राज्यको' अगाडि 'वैज्ञानिक' थप्नुपर्ने संशोधन पार्टीको तर्फबाट राखेको उल्लेख गर्दै एक्काइसौं शताब्दी वैज्ञानिक समाजवादको युग हुने उल्लेख गर्नुभयो। 
    उहाँले आमा वा बुबामध्ये कुनै नेपाली नागरिक भएकाका सन्तानहरूले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने संविधानको धारा ११(२)(ख) ले विदेशी भाञ्जा–भाञ्जीहरूले वंशजको आधारमा नेपाली नागरिकता पाउने देशको हितमा नभएको उल्लेख गर्नुभयो। सांसद सुवालले संविधान घोषणाको मसी सुक्न नपाउँदै भारतले संशोधनको लागि दबाब दिएको र नाकाबन्दीसमेत गरेको नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप भएको हुँदा देशभक्त नेपालीहरूले विरोध गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा नेक्रायुसङ्घका अध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो। 
 
 
 
 

बाँकि प्रमुख समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी