एकक्षण

'अग्रजप्रति शिर त्यसै त्यसै झुक्छ'


  अनुराधा
प्रिय मित्र रवि,
धेरै धेरै सम्झना!
    दिनहरू एक झोका हावाजस्तै चालै नपाई बितिरहेका छन्। बिहान पोखिएका सूर्यका किरणहरूले सधैं नयाँ ऊर्जा छरिरहन्छ। रात निष्पट अन्धकारबीच उज्यालोलाई गर्भमा राख्दै हरेक पल कालो बादलमा चाँदीको घेरा छ भन्ने दर्शाउन आतुरतापूर्वक बिहानीको पर्खाइमा छ। जीवन यही घाम, पानी, उज्यालो–अँध्यारोबीचबाट अगाडि बढिरहन्छ अविरल।
    तिमीलाई सम्झना होला, हामी जीवनका अँध्यारा उज्याला सबै पाटाहरूका विषयमा एक अर्काका भावना सजिलै पोख्थ्यौं। हरेक अँध्यारा पाटामा उज्यालाका किरणहरू खोज्ने प्रयत्न गर्थ्यौं। जीवनमा सङ्घर्षको निम्ति सदैव आफूलाई तयार राख्दै ऊर्जाशील पनि रहन्थ्यौं। मलाई सम्झना छ कि व्यक्तिगत स्वार्थबाट माथि उठेर सामूहिक स्वार्थको निम्ति काम गर्न र बाँच्न सक्नुपर्छ भन्ने तिम्रो भनाइ कतिपय साथीहरूको लागि राजनैतिक पाइला अगाडि सार्ने प्रेरक माध्यम बनेको थियो।
    सुन्दैछु, विवाहपछि अहिले केही व्यावहारिक समस्यामा तिमी अलमलिएका छौ। आशा गर्छु, त्यो अलमल्याई तिम्रो साङ्गठनिक जीवनमा तगारो बन्ने छैन। तिमीले बिर्सेका छैनौ होला कि हामीले तिम्रो दाम्पत्य जीवन सफलताको कामनासहित साङ्गठनिक जीवनको निरन्तरताको पनि अपेक्षा सुनाएका थियौं र तिमीले पनि हामीलाई विश्वस्त बनाएका थियौ। एउटै सङ्गठनको साथीसँग तिम्रो विवाह भएकोले पनि त्यसमा हामीले सहज हुने कल्पना ढुक्कैले गरेका थियौं। यद्यपि अहिले पनि मेरो त्यो विश्वास डगमगाएको छैन।
    प्रिय मित्र, याद गर जीवनमा आउने दुःख सुख भनेको खोलाका दुई किनारजस्तै हुन्। हामी माझीजस्तै कहिल्यै खोला तदर्ैै जाँदा पारि किनार र कहिले वारि किनारमा पुग्छौं। जीवन चलिरहन्छ माझीको चालजस्तै।
    हाम्रा वरिपरिका घटना र परिघटनाले हाम्रो मानसपटलमा एक खालको विचार निर्माण गर्छ र त्यही विचारले हामीलाई सञ्चालित गर्छ। वर्ग प्रेम गजबको प्रेम हुने रहेछ। निमुखा, गरिब, उत्पीडित देख्दा मनभित्र एक तरङ्ग उत्पन्न हुन्छ। भित्रभित्रै शोषकहरूप्रति, यो पूँजीवादी समाजप्रति द्वेष जाग्छ। अनि ईश्वर छ भन्नेहरूलाई नित्सेका शब्दहरू सापटी लिएर भन्न मन लाग्छ 'ईश्वर मरिसके।' स्वर्ग लोक, मर्त्यलोकको नाममा मान्छेहरूलाई वा जनतालाई आफ्नो वर्गशत्रुको विरूद्ध लड्न नदिने र उनीहरूलाई सदैव आफ्नो मुठ्ठीमा राखी इच्छाअनुसार चल्न विवश पार्ने शोषक वर्गको एउटा चाल वा षड्यन्त्र सिवाय केही होइन भन्ने कुरा हामी विस्तारै बुझ्दैछौं।
    मित्र, मैले धेरैपटक तिमीलाई लेखिसकें। समाजवादविना कहिल्यै शोषणबाट मुक्त हुन सकिन्न। भौतिकवादी नियम नै यही हो। विचारमा दृढता नभएपछि, मान्छेले वर्गीय रूपमा भन्दा आफ्नो परिवार, सम्पत्ति, पद, पैसा, पढाइ, छात्रवृत्ति आदि कुराहरूको मोहमा फस्ने हुन्छन्। त्यसरी मोहमा फसेपछि उसले गरेका क्रान्तिकारी भाषण र परिवर्तनका कुराहरू उल्टो बाटोको हिंडाइजस्तै अनमेल देखिन्छ। 
    हामीले अनुभव गरेकै कुरा हो, कोही आफूलाई नेताको रूपमा परिचित गराउने लालसा लिएर सङ्गठनमा आए। उनीहरूमा तार्किक क्षमता थियो, अविछिन्न भाषणको कला पनि थियो। सिद्धान्तका फलाकाइले सोझा सिधा जनतालाई वैचारिक ज्यावलको रूपमा भ्रममा पार्ने काम गरे। अहिले पनि त्यस्ता व्यक्तिहरू नभेटिने होइनन्। जो आफूलाई सङ्गठनकै निम्ति जन्मेको र सङ्गठन र पार्टीको लागि जस्तोसुकै 'त्याग' गर्न पनि तयार भन्ने भ्रममा पार्दै हिड्छन्। कुनै व्यक्तिगत स्वार्थ वा जीवनसाथी प्राप्तिको लागि मात्र सङ्गठनमा त्यसरी मरिमेटेर लागेका रहेछन् भन्ने यथार्थ कालान्तरमा थाहा हुन्छ। हाम्रो साङ्गठनिक यात्राका क्रममा हामीले पनि कतिपय त्यस्ता अनुहारहरू नचिनेका होइनौं। व्यक्तिगत स्वार्थले सङ्गठन चल्दैन र चले पनि दीर्घकालीन हुँदैन भन्ने कुरा त तिमीले पनि राम्ररी बुझेका छौ।
    हाम्रा अग्रज, सोझा सिधा किसान, मजदुरहरू जसले सङ्गठन र पार्टीलाई वर्षौदेखि योगदान गरे, त्याग र बलिदान गरे, समर्पणको नमुना बने। उनीहरूले कहिल्यै प्राप्तिको चाहना राखेनन्। दसकौंसम्म दुःख र कष्टमा जीवन बिताउन विवस हुँदा पनि विश्वास र सिद्धान्तलाई कहिल्यै झुक्न दिएनन्। हो, आज ती हाम्रा अग्रजहरूप्रति आफ्नो शीर त्यसै त्यसै झुकाउन मन लागिरहेको छ।

संवाद
सन् १९५९ को क्युवाली क्रान्ति अघि र पछि महिलाहरूको स्थिति
सन् १९५९ को क्युवाली क्रान्ति अघि र पछि
सन् १९५९ को क्युवाली क्रान्ति अघि र पछि महिलाहरूको स्थिति
सैनिक तालिमको विरोधमा शासक दल ―२
सैनिक तालिमको विरोधमा शासक दल ―१
हाम्रो सुस्केरा एउटै थियो
कामदार वर्गका विचार बोक्ने महिला राष्ट्रपति पनि हुने
शासक नेतृहरुलाई सन्देश



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी