एकक्षण

मृतकहरूसँग अन्तर्वार्ता – १

  क्रिश्चिना 

'नमस्ते, सञ्चै हुनुहुन्छ?' 

हो, सञ्चै छु, हिजोजस्तै 

मनमा अनेक खुल्दुली 

आक्रोश, पश्चाताप, 

सन्तोष र सुखानुभूति 

तारिफमा आफू फसेको 

हामफाल्ने हिसाब नगरी 

बहादुर र वीर भए 

आफ्नो निम्ति कहिल्यै सोचिनँ।' 

 

'प्रधानमन्त्री हुने अवसरमा 

पदमा नजानु नै पश्चाताप हो 

अथवा राजनीतिमा लाग्नु नै?' 

'होइन, होइन, कदापि 

राजनीतिमा लाग्नु  

त्याग र बलिदान सन्तोष 

अनि सुखानन्द हो आज पनि 

बहादुर र वीरको पगरीले 

मलाई बनायो अन्धो 

स्वार्थीहरूबाट म प्रयोग गरिएँ 

पश्चाताप र आक्रोश आज 

आत्म–समीक्षा गर्दैछु।' 

 

'राणाविरोधी आन्दोलनमा 

हाम फाल्नुभयो 

राणाहरूले गुन्टा कसे, 

के तपाईंको उद्देश्य 

भएन पूरा?' 

'आएको खोई प्रजातन्त्र? 

आज पनि शाह वंश चल्यो 

अनि कोइराला ....... आदि ! 

 

'तपाईं त सत्यवादी 

तीतो भए पनि बोल्ने 

अरु त घुसघुसे थिए 

जीवनको अन्तमा  

पार्टीबाटै निस्कनु पर्‍यो 

कहाँ भयो गल्ति, कता चुक्नु भो 

जीवनका गम्भीर क्षणमा? 

 

'त्यही मेरो व्यक्तित्व हो 

पत्रकार भाइ, 

त्यही स्पष्टवादीता अरुको निम्ति 

श्राप र मैले रोपेको शत्रुता ! 

तीतो औषधिले 

पार्टी र नेताहरू जोगिए 

प्रजातन्त्र र देशलाई भयो 

सजिलो कहिलेकाहीं 

तर आफूमाथि  

गुणका वैरीहरूले मलाई  

लिए बदला 

जोगाएँ मेरो शिर 

निहुराइनँ मेरो आत्मा 

पद र पैसामा आफूलाई 

सुरक्षित राखें अन्तसम्म 

गङ्गा आए गङ्गाराम 

जमुना आए जमुनारामहरूसँग 

राजदूत र भतिजा त  

एक निहूँ हो, समानुपातिकता 

नै मेरो दोष सावित भयो 

आज सबैले बुझे 

सच्चाइ के हो?' 

प्रजातान्त्रिक आन्दोलनमा तपाईँ 

कमाण्डर एकमात्र 

नत्र प्रजातन्त्र नफर्कने होला 

मेरो जिज्ञासा– नेताहरूको  

छोरा–छोरी कस्तो हुनुपर्छ?' 

 

'म प्रस्ट भनूँ – भाइ पत्रकार !? 

प्रजातन्त्र फर्कन्थ्यो ढीलो वा चाँडो 

मेरो भूमिका नभए पनि ! 

जनताले प्रजातन्त्र चाहेकैले 

परिवर्तन भयो, तर बाजी  

एउटा अर्कै परिवारको गयो 

हातमा ! तयारी  अरुको थियो 

हामीमात्र सामेल भयौं 

कमाण्डर बनाइयौं 

अरुकै बुद्धिचालको 

सिपाही वा प्यादा भयौं। 

छोरा–छोरी त फरक फरकका 

हुन्छन् जहाँ पनि – 

कोही बाबुको कमाइबाट चलाउने 

पुस्ताका पुस्ता, 

कोही बाबुको उल्टो गर्ने 

अरुको भड्काइमा लाग्ने 

पहिले नै नियोजित बुद्धिचालमा 

फसाउने र फसाइने 

जस्तो मेरा छोरा–छोरी 

जहानसमेत 

पद र पैसाको निम्ति 

मेरै इच्छामा गए नबुझेर 

वा अल्पदृष्टिबाट 

विचार र संस्कृतिको निर्णय 

जीवशास्त्रले गर्दैन 

मुसाको छोरो मुसा अनि 

बिरालोको छोरो बिराला भनी। 

सङ्गत हो, परिवेश हो 

अध्ययन हो संस्कृतिको 

निर्माणमा–जीवशास्त्रभन्दा फरक !' 

 

'अन्तिम प्रश्न गर्न पाऊँ 

त्यागका प्रतिमूर्ति तपाईं 

प्रधानमन्त्री पद ग्रहण 

गर्दा के देश अगाडि  

बढ्दैनथ्योे? सबै भन्छन् त्यही !?' 

 

'सरल मानिसको सरल भावना  

त्यो ठिक्कै हो, तर व्यवहार फरक ! 

मैले त्यो पद लिएको भए – 

नेपाल भारतबाटै नाकाबन्दीमा 

पर्थ्यो – फेरि फेरि, 

भ्रष्टाचारीहरू सधैं एक हुन्थे 

देशलाई अझ अधोगतिमा  

पुर्‍याउँथे, पुर्‍याउँथे, किन 

 थाहा छ? भाइ पत्रकार? 

सबै मित्रैबाट हुन्थ्यो 

मित्र आफ्नै मानिस चाहन्छ  

कहिले पनि निरन्तर 

आफूले नखाने तर मित्रलाई 

ख्वाउने, घरेलु कामदारसरह 

बन्नै नै आफ्नो भनी ! 

आत्मगौरव र स्वाधीनता 

मित्रको शत्रु हो बुझिराख 

मेरो अनुभव यही हो, बस !' 

को ठूलो? को सानो?
नेता र प्रमहरू होसियार !
कस्तो कस्तो सपना !
विश्वविद्यालय? यमराजको दरवार !
बहिनीलाई चिठी
दिदीलाई विदेशको चिठी
पद र पदको दुरूपयोग
कोरिया र 'आम आदमी'
दुई कविता



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी