एकक्षण

पश्चाताप

क्रिस्चिना 

हाम्रा जित्ने दलहरु 

भासिने दलदलमा 

डुब्दैछन् उक्लिनै नसक्ने 

गरी झन् झन् तल तल 

स्वार्थको खाडलमा ! 

 

जित्ने दललाई मत दिने 

मेरा भाइ–बहिनीहरु  

त्यो खाडललाई देखेर 

भन्दैछन् – गाउँ–घरमा 

हामीले पैसा खाएर 

नर्कका व्यापारीहरुलाई यो 

मत दिएका रहेछौं ! 

 

कत्तिले भन्दैछन् – 

भो, भो, पश्चाताप नगर  

गल्ती हामीले गर्‍यौं अति 

अब खालि देश बचाउनु छ – 

ती नर्कका व्यापारीहरुबाट  

नत्र देशैलाई बेच्नेछन्  

पराईलाई ! 

 

मैले बियर खाएँ, रक्सी खाएँ 

दुईमहिना मासु–भात खाएँ, 

खाएँ पैसा दिनको सय रुपैयाँ,  

मेरो मोटरसाइकलले पेट्रोल पायो  

हरेक दिन एक–एक ट्याङ्की 

गल्ती भयो ठूलो 

म सच्चिन चाहन्छु,  

म कान समात्छु ! 

अर्कोले थप्यो – 

साथी आउ लाममा 

जहाँ व्यक्तिगत स्वार्थ हुन्न 

बरु समाजकै स्वार्थ छ, 

भ्रष्टाचारलाई मन पराउन्न  

आफैभित्र पनि, 

बरु निःस्वार्थरुपले 

जनताको सेवा गर्ने पक्षमा ! 

 

काला छन् ती भ्रष्टाचारीहरु 

जनतालाई ठग्ने कर्मचारी 

कर्तव्यच्युत पक्षपाति 

ठूला र साना मेचमा बस्ने 

गाई पाएका, मोटर पाएका, 

सुरक्षा पाएका पतितहरु 

हेर्दै जाउ तिमी नर्कमा पुग्नेछौ 

तिमी नपुगे पनि  

तिम्रो सन्तान तिम्रै पापले  

नर्कमा पुग्नेछन्। 

 

होइन, होइन, म प्रायश्चित  

गर्छु भित्रै मनले 

भन्दैछ एकजना अपराधी 

म जातिवादी भएछु 

म कर्तव्यच्युत भएछु 

म देश विखण्डनकारी, 

म सच्चिन चाहन्छु 

नत्र मेरो सन्तानले  

नेपाली भन्न पाउनेछैन 

उसको कुनै मातृभूमि 

रहनेछैन। 

भक्तपुर, दुई विचार मन्थन
भाग्य कोर्ने निर्वाचन
मेरो प्यारको सन्देश–बहिनी
मत कसलाई, बहिनी?
को कम्युनिष्ट?
झूट के हो, सत्य के हो?
कसलाई मतदान गर्ने?
निर्वाचन दलको घोषणापत्रको लडाइा
काकालाई भतिजीको गुहार



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी