एकक्षण

अन्तर्राष्ट्रिय महिला दिवस र राजनीतिक संस्कार – २

कृति
    समाजवादी आन्दोलनमा योगदान पुर्‍याउने महिला नेतृहरू – क्लारा जेट्किन, रोजा, जेनी, क्रुप्सकाया, च्याङ चिङलगायतको नेतृत्वदायी भूमिकाले श्रमिक महिला आन्दोलनको इतिहास लेखिएको छ। रसियाली नेतृ अलेक्जान्द्रा कोलोन्ताइले पनि महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो। पहिलो विश्वयुद्धले ल्याएको भोकमरी, अनिकाल, चिसोले धेरै सताएपछि 
पेट्रोग्राडमा रूसी श्रमिक महिलाहरू अलेक्जान्द्राको नेतृत्वमा जारशाहीको विरोधमा बहादुरीपूर्वक उठे। श्रमिक महिलाहरू, सैनिकका श्रीमतीहरूले बच्चाहरूका लागि रोटी र आफ्ना सैनिक श्रीमान्हरू युद्ध भूमिबाट फिर्ता हुनुपर्ने माग राखी सङ्घर्ष थाले। जार शाहीविरूद्ध महिलाहरूको सङ्घर्षले आन्दोलनमा ऊर्जा प्रदान गर्‍यो। रसियाली श्रमिक महिलाहरूले सर्वहारा क्रान्तिको विगुल फुक्ने काम गरे। महिलाको पनि समान अधिकारको निम्ति श्रमिक वर्गको राज्यसत्ता एकमात्र उपाय रहेको प्रमाणको रूपमा विश्वका सम्पूर्ण श्रमिक महिलाहरूले सन् १९१७ को सोभियत सङ्घको अक्टोबर क्रान्तिलाई लिए। महिलाहरूलाई चुलोचौकाबाट बाहिर ल्याई श्रम शक्तिमा फेर्ने कामका साथै आर्थिक, सामाजिक राजनीतिक समानता समाजवादमा मात्र सम्भव हुन्छ भन्ने प्रमाणित सोभियत समाजवादी क्रान्तिले गरेको छ। 
    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको संस्थापक क्लारा जेट्किनले पनि भन्नुभएको छ –'श्रमिक वर्गको जित श्रमिक महिलाहरूको राजनीतिक सहभागिताविना कहिल्यै हुन्न।'
    'जबसम्म सामाजिक संरचनामा परिवर्तन हुन्न, तबसम्म महिलाहरूको अवस्थामा सुधार आउँदैन।' 
    'समाजवादको उदयविना नारीको मुक्ति सम्भव छैन।'
    यसर्थ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अन्तर्राष्ट्रिय श्रमिक महिलाहरूको सङ्घर्षको प्रतिफल हो। सम्पूर्ण श्रमिक वर्गको दिवस हो। 'काम गर्ने कालु मकै खाने भालु' भनेझैं यस दिवसको मर्म र भावनाविपरीत नेपालमा एनजीओ र आईएनजीओको सहयोगमा र सहयोग पाउन यस दिवसलाई आफ्नो दुनो सोझ्याउनको लागि शासक दलका महिला नेतृहरू र सम्भ्रान्त वर्गको हाली मुहाली भएको सङ्घसंस्थाहरूले नारी दिवस मनाए। कतिपय महिला नेतृहरूले महिला हिंसाको विरोधी गतिविधिलाई नै महिला आन्दोलनसँग जोडेर पनि व्याख्या गरे। त्यो व्याख्या गलत हो भनी राजनीतिक रूपले सचेत जनताले विश्लेषण पनि गर्दैछन्। हिंसा न्यूनीकरण र अन्त्यको लागि कडा कानुनको बन्दोबस्त र राजनीतिक दवावविनाको कार्यान्वयनको आवश्यकता भए पुग्छ। महिला आन्दोलनलाई रानजीतिक आन्दोलनसँग जोड्नु आवश्यक छ। महिलामाथिको विभेद, असमानता र हेर्ने दृष्टिकोण सामन्तवादी अवशेष र पूँजीवादी दृष्टिकोण अर्थात व्यवस्था जिम्मेवार हुन्छ। तर यहाँ पुरूषलाई दोषी बनाइँदैछ। सामन्तवाद र पूँजीवादमा शोषण यथावत नै हुनछ। यी दुवै व्यवस्थामा महिलालाई दास, नफाको वस्तु तथा भौतिक सम्पत्तिको रूपमा लिइन्छ। कुनै एक क्षेत्र, जात, भाषा, लिङ्ग पछाडि पर्नु वा पार्नुमा कुनै अर्को पक्ष जिम्मेवार हुन्न व्यवस्था ै जिम्मेवार हुन्छ। साथै महिला र पुरूषबीच साँचो समानता समाजवादी व्यवस्थामा मात्र हुन्छ। 
    अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको भावना विपरीतका गतिविधिको खण्डन गर्नु आवश्यक छ। १०५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी महिला सङ्घले अन्तर्राष्ट्रिय महिला आन्दोलनको इतिहासको स्मरण गर्दैै श्रमजीवी जनतालाई आफ्नो हक अधिकारको निमित्त समाजवादको  रातो झण्डा मुनी गोलबछ हुन आह्वान गर्दै मनायो। सङ्घको आयोजनामा सुर्खेतमा भएको कार्यक्रममा सहभागी हुने अवसर यो पंक्तिकारलाई पनि मिल्यो। पिपल चौतारीमा आयोजित उक्त कार्यक्रमको नजिक एउटा विद्यालय प्राङ्गणमा एनजीओ/आईएनजीओको सहयोगमा महिला विकास कार्यालयले पनि नारी दिवस मनायो। त्यो कार्यक्रममा सहभागी हुन २५० भत्ता र महिलाहरूलाई सारी वितरण पनि गरिएको रहेछ। अनुपस्थितिलाई ५० रूपैयाँ जरिवाना तोकिएको रहेछ। कतिपय महिलाहरू प्रवेश गरी फर्किएको पनि देखियो। कार्यक्रमस्थल नजिक–नजिक भएकोले दुवैतिरको हेर्ने–सुन्नेहरू पनि थिए। 
    सहभागीले कार्यक्रमको तुलना गर्दै भने –'कस्तो अचम्मको कार्यक्रम – कस्तो धैर्यर्ता – अझ अचम्म त यो कार्यक्रममा पुरषलाई गाली गरेकै सुनिएन – यहाँ त महिला पुरूष बराबर रैछन् ....।' अर्को कार्य्कत्रममा त सुरूदेखि अन्त्यसम्म पुरूषलाई गाली गरिएको रहेछ। दैलेखमा पनि त्यस्ते सुुनियो। २४ गते स्थानीय सङ्घ संथ्ाको आयोजनामा भएको कायृक्रममा पुरूषलाई गाली र सत्तोसराप गरिएछ। २६ गते नेक्रामसङ्घको जिल्ला समितिको कार्यक्रममा हजारौंको जुलुस, सभा अनि आधा पुरूष आधा महिला नारा लगाउने पुरूष पनि र्थि। यसो भन्नेहरू पनि थिए सायद राजनीतिक संस्कार यही हो, जुन नेमकिपाले आफ्ना जनवर्गीय सङ्गठनलाई सिकायो। 
    नेक्रामसङ्घको कार्यक्रमस्थलमा आउने कतिपयले कल्पनै नगरेको दृश्य र कार्यक्रम भनी आश्चर्य प्रकट गरेको पनि पाइयो। त्यो दुवै आयोजकको र्‍यालीलले पनि १० मिनेटको फरकमा बजार परिक्रमा गरेको थियो। नेक्रामसङ्घको र्‍याली व्यवस्थित स्वरूप देखेर सुरक्षकर्मीले पनि भने –'तपाईंहरूको र्‍यालीमा हाम्रो कामै रैनछ। सुरक्षा नै नचाहिने कस्तो व्यवस्थित र्‍याली '! समाप्त

बाँकि एकक्षण


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी