कृषक कुना

कृषि उत्पादन चीन निर्यात गरिने

काभ्रे। कृषि र गैरकृषि क्षेत्रबाट भएको उत्पादनलाई चीन निर्यात गर्न सरोकारवालाहरूले चासो देखाएका छन्। उनीहरूले यहाँ नेपाल चीन उद्योग वाणिज्य सङ्घ गठन गरेर चीनसँग गरिने व्यापारलाई अझ विस्तार गरिने बताए।  

काभ्रेबाट उत्पादन हुने दूध, अण्डा, तरकारी, अदुवा, कफी, रेशमलगायतका उत्पादनलाई चिनियाँ बजारमा लैजान सके त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेसमेत बताए। सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत योङ हउलानले नेपालमा अथाह स्रोत भएको उल्लेख गर्दै अवसरहरूको सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले त्यसका लागि नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनुभयो। 

नेपाल चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेशकाजी श्रेष्ठले चीनको ल्हासासम्म मात्रै नेपाली बजारलाई व्यवस्थित गर्नसके त्यसले सकारात्मक प्रभाव पर्ने उल्लेख गदर् क्वारेन्टाइन चेकपोस्टलाई समेत व्यवस्थित गर्नुपर्ने बताउनुभयो। 

नेपाल चीन उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष दियसरत्न शाक्यले चीनसँग गरिने व्यापारमा अरनिको राजमार्गको भूमिका अतुलनीय भएको चर्चा गर्दै काभ्रेमा गैरकृषि क्षेत्रको उद्योग विस्तार भएको बताउनुभयो।  

उहाँले काभे्रबाट आन्तरिक पर्यटनको विकासका साथै कृषिका क्षेत्रबाट चीनले सहयोग गरे थप विकास गर्न सकिने बताउनुभयो। 

बाँकि कृषक कुना


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी