कृषक कुना
|
स्थानीयस्तरमै उन्नत गहुँको जातीय परीक्षण दैलेख। बराह गाविस–५ सालतडाका स्थानीय कृषकले आफ्नै बारीमा विभिन्न गहुँका जात उत्पादन गरेर जातीय परीक्षण सम्पन्न गरेका छन्। कृषि अनुसन्धान केन्द्र वागवानी दैलेखको आयोजनामा उन्नत बीउको जातीय परीक्षणका लागि विभिन्न आठवटा जातका गहुँ बालीलगायत कृषकले बिकार्ड नामको गहुँ बाली पहिलो र डब्लु. के. १२०४ दोस्रो उत्पादनका लागि सिफारिस गरेका छन्। सबै गहुँका जातले उत्पादन गरेको दाना, नल, रोग कीरालगायतका विषयमा प्रत्यक्ष रूपमै सामूहिक अध्ययनपछि दैलेखको हावापानी सुहाउने बीउ उत्पादन सुरु गरिने कृषक तेजबहादुर शाहीले बताउनुभयो। उत्पादन गरिएका बाली आफैंले हेर्दा गाँज राम्रो र फल राम्रो भएकोले बिकार्ड जातको गहुँ उत्पादन सुरु भएपछि उत्पादनमा समेत वृद्धि हुने बताइएको छ। गहुँमा विश्वमा देखापरेको यूजी ९९ नामक रोग केही वर्षपछि नेपालमा भित्रने खतरा भएको र उक्त रोग आएपछि अहिले उत्पादन गरिएको गहुँको उत्पादन नै नहुने भएपछि यूजी ९९ नामक रोगसँग लड्ने क्षमता भएका विभिन्न जातका गहुँका उन्नत बाली स्थानीयस्तरमै उत्पादन सुरु गर्न थालिएको कृषि अनुसन्धान केन्द्र दैलेखले जनाएको छ। विश्व बैङ्कको सहयोगमा गहुँको अनुसन्धानमूलक बीउ उत्पादन सुरु गरी जिल्लाभरका कृषकलाई यसको प्रचारप्रसारका लागि पहल गरिने र जिल्लाबाट कृषकले रुचाएको बीउ सिफारिसका लागि कृषि अनुसन्धान केन्द्र नार्कमा पठाइने कृषि अनुसन्धान केन्द्र दैलेखका वैज्ञानिक अनिल पोख्रेलले बताउनुभयो। सालतडाका कृषक पाँच वर्षदेखि उन्नत मकै, गहुँ, तरकारीलगायत विभिन्न मौसमी तथा बेमौसमी तरकारी र अन्नबाली उत्पादनका साथै बीउ उत्पादन गरी राम्रो आम्दानीसमेत गर्न सफल भएका छन्। बाँकि कृषक कुना
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|