कृषक कुना

सुर्खेतमा प्रवचन कार्यक्रम

सुर्खेत। नेपाल मजदुर किसान पार्टीको ३९ आंै स्थापना दिवसको अवसरमा नेक्राकिसङघ सुर्खेतको अयोजनामा किसान जागरणसम्बन्धी प्रवचन कार्यक्रम हालै सम्पन्न गरियो।
    कार्यक्रममा नेमकिपा पूर्व केन्द्रीय सदस्य उदयजङ्ग शाहीले नेपालको कम्युनिष्ट पार्टी दक्षिणपन्थी एवं संशोधनवादी भासमा फसिसकेकोले नेपालको कम्युनिष्ट आन्दोलनलाई सही दिशा निर्देश गर्न नेमकिपाको स्थापना भएको बताउनुभयो।
    नेमकिपा छैटौं जिल्ला सम्मेलन तयारी समितिका संयोजक मणिराम तिवारीले किसानहरूको अवस्था माथि उठाउन किसान आन्दोलनको आवश्यकता औंल्याउनुभयो।
    नेक्राकिसङ्घ सुर्खेतका संयोजक रत्नाराम गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेमकिपा सुर्खेतका बमबहादुर शाही, का. सुनकेशा शाही, चित्र विसी, अङ्गबहादुर शाही, पर्व कार्की नेक्राकिसङ्घका कमल कठायत, ज्ञानबहादुर रावलले पनि बोल्नुभएको थियो।
    सोही अवसरमा नेपाल क्रान्तिकारी महिला सङघ सुर्खेतको आयोजनामा लाटीकोइलीको अलायचौरमा प्रवचन कार्यक्रमको आयोजना गरियो।
    उक्त कार्यक्रममा प्रमुख अतिथि एवं नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजङ्ग शाहीले ठूला–ठूला आन्दोलनहरूमा महिलाहरूको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्दै समाज परिवर्तन गर्न महिलाहरूनै आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। नेमकिपा सुर्खेत संयोजक मणिराम तिवारीले पार्टी स्थापनादेखि नै बहुमत कामदार वर्गको हितमा काम गरी आएको बताउनुभयो।
    कार्यक्रममा नेक्राकिसङघ जिल्ला संयोजक रत्नाराम गिरीले क्रान्तिकारी भूमिसुधार गरेरमात्र बहुमत किसानको हित हुने विचार राख्नुभयो। नेक्रामसङ्घ सुर्खेतका कोषाध्यक्ष सुनकेशा शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेक्रामसङ्घका सचिव जानकी सुनारले पनि बोल्नुभएको थियो।
 

बाँकि कृषक कुना


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी