कृषक कुना

कामरेड बुढाप्रति श्रद्धाञ्जली

सुर्खेत। नेमकिपा जुम्लाका सक्रिय सदस्य स्वर्गीय भद्रवीर बुढाको स्मृति सभा उत्तरगङ्गा–८ मसुरीखेत उहाँकै निवासस्थानमा हालै एक कार्यक्रम गरी मनाइयो। 
    स्मृतिसभालाई सम्बोधन गर्दै नेमकिपा पूर्वकेन्द्रीय सदस्य उदयजङ्ग शाहीले पार्टीमा उहाँको योगदानको चर्चा गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्न आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो।
    नेमकिपा छैटांै जिल्ला समिति संयोजक मणिराम तिवारीले श्रद्धाञ्जली व्यक्त गर्दै मान्छे मरणशील प्राणी हो तर उसले लगाएको गुण बिर्सन नहुने भन्नुभयो। 
    रत्नाराम गिरीको सभापतित्वमा सम्पन्न श्रद्धाञ्जली सभामा सम्मेलन तयारी समितिका सदस्यहरू बमबहादुर शाही, पर्व कार्की, चित्र विसी, मौर्य, सुनकेशा शाही, नेमकिपा उत्तरगंगा अध्यक्ष जगबहादुर अधिकारी, नेक्राविसङघ कमल कठायतलगायतले बोल्नुभएको थियो।
    २०१६ सालमा जुम्लाको लिहि गाविसको रारा गाउँमा जन्मनुभएका भद्रवीर बुढाले २०३४ सालदेखि पार्टीमा सक्रिय कार्यकर्ताको रूपमा काम गर्दै आउनुभएको थियो। उहाँका एक श्रीमती, तीन छोरा, दुई छोरी हुनुहुन्छ।
 
 
 

बाँकि कृषक कुना


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी