सर्लाही। उखुको मूल्य निर्धारणको माग गर्दै आन्दोलनरत किसानले बिहीबार फेरि आन्दोलनलाई निरन्तरता दिने भएका छन्। नेपाल उखु उत्पादक महासङ्घको आह्वानमा आन्दोलनरत किसानले आन्दोलनलाई निरन्तरता दिन लागेका हुन्। मध्यान्ह १२ बजेदेखि १ बजेसम्म मिलगेटमा धर्ना दिनुको साथै निकासी पैठारी बन्द गरिने किसानहरूले बताएका छन्।
|
|