प्रमुख समाचार

तराई अलग्ग हुने र जातीय द्वन्द्वको खतरा

भक्तपुर। नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घको तेश्रो राष्ट्रिय भेला शुक्रबार भक्तपुरमा सम्पन्न भयो।
    कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शासक दलहरू देशलाई हित हुने संविधान बनाउनेभन्दा जनताले भन्ला भन्ने डरमा हतारमा संविधान निर्माण गर्ने कुरा गरिरहेको बताउनुभयो। 
    जातजाति र भाषाभाषीको आधारमा आत्मनिर्णयको अधिकारसहितको राज्य पुनर्संरचना गरिएको खण्डमा त्यसले नेपालको तराई भू–भाग अलग्ग हुने तथा जातजातिबीच द्वन्द्वको स्थिति आउनसक्ने खतरा रहेको उहाँले औंल्याउनुभयो। 
    अहिलेको पूँजीवादी व्यवस्थामा देशको शिक्षा, स्वास्थ्य, वनक्षेत्र, उद्योगधन्दालगायत सबै क्षेत्रमा भ्रष्टाचार र बेइमानी भइरहेको चर्चा गर्दै शासक दलका मन्त्री तथा नेताहरूले विदेशीहरूको दलालीमात्र गरिरहेको उहाँले बताउनुभयो।
    संसदीय सिद्धान्तको भूमिका खेल्नुभन्दा सत्ताको स्वार्थमा सत्तापक्षका हरेक गल्ती र कमजोरीमा सम्झौता गर्ने प्रतिपक्ष भनाउँदाहरूका कारण देश आजको स्थितिमा पुगेको अध्यक्ष रोहितले बताउनुभयो। युवाहरूलाई निराश बनाउँदै 'आत्महत्या'को पाइलामा दोहोर्‍याउने प्रतिक्रियावादी साहित्यहरू नेपाली बजारमा देखिएको चर्चा गर्दै तिनीहरूको कडा आलोचना गनर्ुृपर्ने उहाँले बताउनुभयो।
    कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष उकेश कवांले राजनैतिक गतिविधिसँग सांस्कृतिक गतिविधिहरू पनि गाँसिएर आउने भएकोले युवाहरूलाई उत्साहित बनाउने साहित्यको खाँचो औंल्याउनुभयो। 
    आफ्नो राजनैतिक अधिकारलाई बन्धक राखेर श्रम बेच्न बाध्य युवाहरूले पठाएको रेमिट्न्यान्स पनि सही क्षेत्रमा उपयोग हुन नसकेको बताउँदै राजनैतिक परिवर्तनका लागि हुने हरेक आन्दोलनमा उत्रने युवाहरूले स्वदेशमै रोजगारीको लागि आन्दोलन गर्नुपर्ने उहाँले बताउनुभयो।
    नेक्राविसङ्घ ११ औं राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक निरज लवजूले लेखक–कलाकारहरूलाई नाफा नोक्सानको आधारमा व्यापारीकरण गरिरहेको बताउँदै पश्चिमा उपनिवेशवादलाई प्रश्रय दिनेखाले सांस्कृतिक अतिक्रमणहरू भइरहेको चर्चा गर्नुभयो। कार्यक्रमका सभापति एवं नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाईंले प्रथम राष्ट्रिय सम्मेलनपछिको सङ्घको गतिविधिहरूबारे जानकारी गराउनुभयो। भेलाले सुरेन्द्रराज गोसाईंको अध्यक्षतामा १८ सदस्यीय सङ्घको  दोश्रो राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको छ।

अध्यक्ष बिजुक्छें र राष्ट्रपति यादवबीच भेटघाट
नेपालको तराई टुक्र्याउने 'र' को योजनाबारे छानबिन हुनुपर्ने
स्थापना दिवसमा जनसाहित्य गोष्ठी
सिन्धुपाल्चोकमा नेमकिपा स्थापना दिवस
जमिन जोत्नेको व्यवस्था हुनुपर्छ'
अडान नछोड्दा सहमति भएन
असहमतिबारे संविधानसभामा छलफल चालू राख्नुपर्ने
नेक्राविसङ्घको ११ औं राष्ट्रिय सम्मेलनमा पूर्व कार्यकर्ता
देश बचाउन नेमकिपा सहकार्य गर्न तयार



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी